राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंककाअनुसार बुधबार मध्यान्ह २ बजेबाट बोलकबोलको माध्यमबाट निक्षेप खिच्ने भएको हो । उक्त निक्षेप पुस २३ गतेसम्म रहेने राष्ट्र बैंकले जनाएको छ ।

घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्नुपर्नेछ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख, र ग, वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *