सुजुकी भी–स्ट्रोम एसएक्सका दुई भेरियन्ट सार्वजनिक
काठमाण्डौं । सुजुकी मोटरसाइकल नेपालले लोकप्रिय एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम एसएक्सका दुई नयाँ रङ भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले पर्ल फ्रेस ब्लु ग्लास स्पार्कल ब्ल्याक र पर्ल ग्लेसियर ह्वाइट मेटालिक म्याट स्टेलर ब्लु नामका आकर्षक नयाँ मोडल सार्वजनिक गरेको छ। नेपालमा सबैभन्दा किफायती २५० सिसी जापानी एड्भेन्चर मोटरसाइकल मानिने भी–स्ट्रोम एसएक्सले मिश्रित सडक अवस्थामा करिब ४० किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने दाबी गरेको छ। बहुउपयोगिता लक्षित गरी तयार गरिएको यो मोडलले हल्का अफ–रोड, ग्राभेल सडक तथा असमान भेगमा सहज रूपमा सञ्चालन गर्न सकिने विशेषता बोकेको छ। यसले शहरदेखि लामो यात्रासम्म उत्कृष्ट स्थिरता र आराम प्रदान गर्ने भएकाले नेपालका विविध सडक अवस्थाका लागि यो मोडल उपयुक्त विकल्प बनेको कम्पनीले जनाएको छ।
















