ज्ञानको अभावमा पर्दैनन् उजुरी
वालिङ । करिब ३० वर्ष कतारमा रोजगारी गर्दै आउनुभएका वालिङ १४ हुल्काङका ५० वर्षीय पिताम्बर डुम्रे कतारमै अकस्मात बिरामी हुनुभयो । मुटुसम्बन्धी समस्या देखिएपछि विदेशमै मुटुको शल्यक्रिया गरी आठ महिनाअघि घर आउनुभयो । लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका कारण पनि बिरामी पर्दा उपचारका लागि आर्थिक सहायता पाइन्छ भन्ने केही जानकारी भएकाले विदेशमा उपचारमा लागेको खर्च तथा कागजातहरु लिएर आएको उहाँ बताउनुहुन्छ । “उपचारका लागि आर्थिक सहायता पाइन्छ भन्ने केही जानकारी भएका कारण पनि कागजातहरु लिएर आएको थिएँ” उहाँले भन्नुभयो, “सोही कागजातहरुका आधारमा आप्रवासी स्रोत उपकेन्द्र वालिङमा उजुरी दिएको हुँ ।”
उपकेन्द्रमा उपचारमा आर्थिक सहायताका लागि पहल गरिदिन उजुरी गरेपछि त्यहाँबाट वैदेशिक रोजगार बोर्डमा सिफारिस भई कागजातका आधारमा उहाँले रु। दुई लाख ४५ हजार प्राप्त गर्नुभयो । “वैदेशिक रोजगारीमा रहेको कम्पनीले मुटुको शल्यक्रियाका लागि सहयोग ग¥यो” उहाँले भन्नुभयो, “साथसाथै त्यहाँका सबै कागजातहरु नेपाल लगेर आर्थिक सहायताका लागि उजुरी गर्नुस् भन्ने सुझाव दिएकाले कागजातहरु ल्याएर उजुरी दिएको र उपचारका लागि आर्थिक सहायता पाएको हुँ ।”
कतिपय ब्यक्तिहरु प्रक्रियाका बारेमा नजानेकै कारण घर आउन नसकेर विदेशमै विचल्लीमा रहेका उहाँले बताउनुभयो । श्रम स्वीकृतिको अवधिमा विदेशमा घातक रोगहरुका कारण उपचार गर्न पर्ने वा घरमा रहेका परिवारका सदस्यहरुलाई उपचारका लागि आर्थिक सहायता पाइन्छ भन्ने ज्ञान धेरैलाई नभएको उहाँले दाबी गर्नुभयो ।
वैदेशिक रोजगारीका शिलाशिलामा संयुक्त अरब इमिरेट्स ९दुबई० मा रहनुभएका वालिङ–९ का चुडामणि गैह«ेको हृदयघातका कारण मृत्युभयो । गत कात्तिक २ गते श्रीमान्को विदेशमै मृत्यु भएसँगै घर परिवारलाई आर्थिक सहायता पाईन्छ भन्ने अलिकति ज्ञान र अरुसँग सोधखोज गरेर क्षतिपूर्तिस्वरुप रु २१ लाख श्रीमती धर्कमाया गैह«ेले प्राप्त गर्नुभयो ।
वैदेशिक रोजगार बोर्डबाट रु। सात लाख र बीमा कम्पनीबाट रु। १४ लाख गरी कूल रु। २१ लाख प्राप्त गरेको उहाँले बताउनुभयो । “पढ्दै गरेका विद्यार्थीका लागि १८ वर्ष उमेरसम्म छात्रवृत्ति पनि पाइने रैछ” उहाँले भन्नुभयो, “छात्रवृत्तिका लागि कागजातहरु पेश गरेर प्रक्रियामा रहेको छ ।” आफू पनि विदेश बसेर आएकाले यसबारेमा थोरै जानेको र धेरै कुरा अरुसँग बुझेर उजुरी गरेसँगै क्षतिपूर्तिबापतको रकम प्राप्त गरेको उहाँ बताउनुहुन्छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जामा सुरक्षित आप्रवासन परियोजना ९सामी० आप्रवासी स्रोत केन्द्र रहेको छ भने इलाका प्रशासन कार्यालय वालिङमा आप्रवासी स्रोत उपकेन्द्र रहेको छ । यस आप्रवासी स्रोत उपकेन्द्रमा आवश्यक सबै कागजातहरुसहित उजुरी गरेपछि सोही केन्द्रको पहलमा वालिङमै क्षतिपूर्ति रकम प्राप्त गरेको उहाँले बताउनुभयो । वालिङबाटै सेवा पाइने भएपछि अन्यत्र जानु परेन सबै काम यहीँबाट भएकाले सहज भयो ।
आप्रवासी स्रोत उपकेन्द्र वालिङबाट स्याङ्जाका वालिङ, भीरकोट, चापाकोट, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकासहित दक्षिण पर्वत र पाल्पाको रामपुरको केही भेगका मानिसले सेवा लिने गरेका छन् । उपकेन्द्रमार्फत रोजगारीका सिलसिलामा विदेशमा मृत्यु भएको व्यक्तिको शवलाई नेपाल ल्याई पु¥याउनका लागि पहलसहित आवश्यक समन्वय गर्दै आएको छ ।
वैदेशिक रोजगारीमा गई समस्यामा परेका अझैपनि धेरै व्यक्ति तथा परिवारले विभिन्न खालका सहयोग पाउने भएपनि उजुरी नगरेकै कारण बञ्चित हुने गरेका छन् । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई भिसा अवधिभर काम गर्ने सिलसिलामा मृत्यु भएको, अङ्गभङ्ग भएको, ठगिएको, बेपत्ता भएको, बिरामी भएको लगायतका घटनाहरुमा उजुरी गरेको खण्डमा वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता र ठगी, बेपत्ताहरुको खोजी तथा उद्दारको कार्यकालागि आप्रवासी स्रोत उपकेन्द्रले पहल गर्दै आएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वालिङ नगरपालिकाले सञ्चालन गरेको छ । हरेक टोल टोलमा वैदेशिक रोजगारसम्बन्धी समस्या हुनसक्ने तर समाधानका लागि सम्बन्धित निकाय तथा प्रक्रियाका बारेमा ज्ञान नहुँदा उजुरीहरु कम पर्ने गरेको वालिङस्थित इलाका प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत उपकेन्द्र वालिङका सूचना तथा परामर्शकर्ता कोपिल भुसालले बताउनुभयो ।
“श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गइसकेपछि भिसा अवधिभर रोजगारीमा गएको व्यक्ति स्वयं वा परिवारको सदस्य कसैलाई कुनै समस्या भएमा उजुरी गर्न सक्नुहुन्छ” उहाँले भन्नुभयो, “श्रम अवधिभित्र उपकेन्द्रमा उजुरी गरेमा आर्थिक सहायताका लागि पहल गर्न सकिन्छ ।” आर्थिक सहायता पाइन्छ भन्ने विषय नै कतिपयलाई थाहा नभएकै कारण उजुरी नगरेको वा श्रम अवधि सकिएपछि ९हदम्याद नाघेपछि० मात्रै उजुरी गर्न आउने गरेका छन् ।
“वैदेशिक रोजगारीमा गएको ब्यक्तिको घर परिवारमा कुनै घातक रोग ९मिर्गौला, मुटु, क्यान्सर, अल्जाइमर लगायत० लाग्दा पनि परिवारलाई आर्थिक उपचार सहायता प्राप्त हुन्छ” उहाँले भन्नुभयो, “केही व्यक्तिहरुलाई जानकारी भएपनि धेरैजसो व्यक्तिहरु यो विषयका बारेमा अनभिज्ञ रहेका छन् ।”
वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि सोसम्बन्धी समस्याहरुका बारेमा उपकेन्द्रमार्फत दैनिक ४०–५० जनालाई आवश्यक परामर्श दिने गरिएको उहाँले बताउनुभयो । दुई वर्षअघि स्थापना भएको उपकेन्द्रले हालसम्म छ हजार ९४५ जनालाई परामर्श सेवा दिएको छ । उपकेन्द्र सञ्चालनमा आएसँगै हालसम्म विभिन्न २५ वटा उजुरी सहजीकरणका लागि दर्ता भएका छन् । यसमा बिरामी सात, मृत्यु पाँच, ठगी छ, बेपत्ता दुई र अन्य पाँच वटा रहेका छन् । कूल २५ वटा उजुरीमध्ये हालसम्म १५ वटा समाधान भइसकेका छन् भने १० वटा प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।
वैदेशिक रोजगार बोर्डमार्फत वैदेशिक रोजगारीमा गई मृत्यु भएकाको परिवारलाई बीमा र बोर्डबाट गरी रु २२ लाखभन्दा बढी परिवारले आर्थिक सहायता पाउने गरेका छन् । बिरामी तथा अङ्गभङ्ग भएकाहरुका लागि आर्थिक उपचार सहायता, ठगीका लागि निशुल्क कानूनी सहायता, बेपत्ताका लागि खोजी तथा उद्दार, विदेशमा जेलमा परेमा रु १५ लाखसम्म कानूनी उपचारका लागि सहायता गर्ने, विद्यार्थीका लागि छात्रवृत्ति र मृत्यु भएकाका लागि क्षतिपूर्ति गरी कुल रु एक करोड १९ लाख ४७ हजार उपलब्ध गराउन उपकेन्द्रमार्फत सहजीकरण गरिएको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारमा गई अभिभावक गुमाएका परिवारका छोराछोरी दुई जनाले १८ वर्ष नपुग्दासम्म छात्रवृत्ति पाउने गरेका छन् । गत आर्थिक वर्ष २०७८÷७९ मा चार जना विद्यार्थीले रु। आठ हजारका दरले छात्रवृत्ति प्राप्त गरेका छन् । दश जनालाई सीप तथा तालीमका लागि सिफारिस गरिएकामा तालीम लिई दक्ष भएका छन् ।
सम्बन्धित स्थानीय तहको सिफारिसमा कागजात अध्ययन गरी वैदेशिक रोजगार बोर्डमा सिफारिस गरिने भएकाले कोही पनि जानु पर्दैन । पीडितको बैंक खातामा आर्थिक सहायता बापत रकम भुक्तानी हुने गरेको छ । “वैदेशिक रोजगारीमा जाने स्वयं व्यक्ति वा परिवारको कुनै सदस्य समस्यामा परेमा क्षतिपूर्ति वा आर्थिक सहायता पाउने व्यवस्था छ” उहाँले भन्नुभयो, “हदम्याद नाघेकै कारण कतिपय पीडितहरु क्षतिपूर्ति लिनबाट बञ्चित हुनु भएको छ ।”
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनका लागि आप्रवासी स्रोत उपकेन्द्रले सहजीकरण गर्दै आएको उपकेन्द्र व्यवस्थापन समितिका सदस्य एवं वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो । वैदेशिक रोजगारीमा जानेहरुका लागि सुरुआतमा राहदानी बुझाउनेदेखि घर फर्कुञ्जेलसम्मको सावधानीका बारेमा परामर्श दिइने गरेको छ । “जहाँ राहदानी बन्छ, त्यही ठाउँमा केन्द्र स्थापना गरी वैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेका÷गएकाहरुका लागि कानूनी सहजीकरण, परामर्श तथा सूचनाहरु दिने गरिन्छ” सदस्य भट्टराईले भन्नुभयो, “उपकेन्द्रमा परेका उजुरीहरुको नगरपालिकामार्फत सम्बन्धित निकायहरुमा सिफारिस गरी उद्दार, राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सहजीकरण गर्दै आएका छौं ।”
वैदेशिक रोजगारमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने, गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप र परामर्शलगायतको सहयोग गर्ने, वैदेशिक रोजगारमा सम्बद्ध निकायहरुको क्षमता अभिवृद्धि गरी वैदेशिक रोजगारलाई थप उपलब्धीमूलक बनाउने उद्देश्य उपकेन्द्रको रहेको छ । उपकेन्द्रमार्फत विशेषगरी सूचना तथा परामर्श दिने, सीप विकास तालीमहरु सञ्चालन गर्ने, न्यायमा पहुँच विस्तार गर्ने, मनो–सामाजिक परामर्श दिने र वित्तीय साक्षरताका बारेमा जानकारी गराउने कार्य गर्ने समिति सदस्य भट्टराईले बताउनुभयो ।
उपकेन्द्रमार्फत वैदेशिक रोजगारमा रहेका कामदारका परिवार तथा फर्केका कामदारको सञ्जाल निर्माण गर्ने, कार्यक्रम साझेदारहरुबीच समन्वय गर्ने, संयन्त्र निर्माण र समुदायसँगको सहकार्यमा कामदारको समस्या समाधानका लागि सहजीकरण प्रणालीको विकास गर्न विभिन्न कार्यहरु गर्ने रहेका छन् । त्यस्तै कार्यक्रमका सेवालाई दिगोरुपमा सञ्चालन गर्न प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक नीति, कार्यविधि, योजना तर्जुमा तथा कार्यान्वयनकालागि आवश्यक सहयोग पु¥याउने रहेको सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन मार्गदर्शन २०७९ मा उल्लेख गरिएको छ ।
“सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्श सेवा उपलब्ध गराउनुका साथै निःशुल्क सीप तालीमको जानकारी तथा सिफारिस गर्दै आएका छौं” समिति सदस्य भट्टराईले भन्नुभयो, “रोजगारीको क्रममा ठगी तथा समस्यामा परेका व्यक्ति तथा तिनका परिवारहरुलाई कानूनी उपचारका लागि सहजीकरण र देखिएका समस्या र उपलब्धीहरुको विवरण तयार पारी तोकिएको निकायमा पठाउने गरिएको छ ।”
श्रम र रोजगारीको सम्बन्धमा समन्वय तथा सहकार्य गर्ने, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता तथा कल्याणकारी सेवा सम्बन्धमा सूचना प्रदान गर्ने र सहजीकरण गर्ने, स्वदेश फर्किएका व्यक्तिहरुलाई सामाजिक तथा आर्थिक पुनः एकीकरणसम्बन्धी सूचना प्रदान गरी सोसँग सम्बन्धित निकाय तथा कार्यक्रममा सिफारिस गर्ने कार्य उपकेन्द्रले गर्दै आएको छ ।
त्यस्तैगरी उल्लेख्य सङ्ख्यामा वैदेशिक रोजगारीमा गएका ठाउँका सीमान्तकृत समुदाय तथा विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरुलाई लक्षित गरी समुदाय अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्ति तथा तिनका परिवारलाई सूचना प्रदान गर्न वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई रिटर्नी स्वयंसेवकको रुपमा परिचालन गर्न सकिने व्यवस्था समेत रहेको छ । वैदेशिक रोजगारबाट प्राप्त हुने विप्रेषणको उचित व्यवस्थापन तथा उत्पादनमूलक क्षेत्रमा उपयोग गरी आय आर्जन बृद्धि गर्नुका साथै रोजगारीको अवसर सिर्जना गर्नतर्फ अभिप्रेरित गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो । समिति सदस्य भट्टराईले भन्नुभयो, “घरपरिवारलाई लक्षित गरी समुदायस्तरमा सामूहिकरुपमा वित्तीय साक्षरता कक्षा सञ्चालनले विप्रेषणको सही सदुपयोग गरी आम्दानी र उत्पादनसँग जोड्न सकिन्छ ।”
श्रम स्वीकृति लिएर वालिङ नगरपालिकाभित्रका हाल आठ हजारको हाराहारीमा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका छन् । उनीहरुबाट वालिङ नगरपालिकाभित्र रु एक अर्ब ११ करोड विप्रेषण भित्रिएको समिति सदस्य भट्टराईले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा गएकाहरुबाट सबैभन्दा धेरै बिरामी तथा ठगीका उजुरीहरु आएका छन् ।
यहाँबाट वैदेशिक रोजगारीमा गएका दुई सय जना स्वदेश फर्केर व्यवसाय सञ्चालनमा लागेका छन् । “वैदेशिक रोजगारसँगै पारिवारिक विचलन, घरेलु हिंसा, सीपको अभावका कारण उत्पन्न हुने समस्याहरुका बारेमा सहजीकरण गर्ने गरी वडा÷वडामा कार्यक्रमहरु सञ्चालन गर्छौं” समिति सदस्य भट्टराईले भन्नुभयो, “यसले गर्दा वैदेशिक रोजगारीमा जान चाहनेहरु सीप सिकेर जाने हुँदा सीप अनुसारको काम र पारिश्रमिक पाउँछन् भने कुनै समस्याहरु भएमा उजुरी गर्ने र फर्किसकेपछि विप्रेषणको उचित व्यवस्थापनका बारेमा जानकार हुन्छन् ।”