हराउने होइन, सुधार्नेतिर लागौं
काठमाडौँ । बिश्वमा नै सामाजिक सन्जालमा राखिएका विचार र दृश्टीकोणलाई आज भोलि निकै महत्वका साथ हेरिन्छ ।सामाजिक सन्जालको एक पोस्टले ठुला-ठुला बिषयलाई प्रभावित बनाएको धेरै उदाहरण रहेका छन् । नेपाली राजनैतिक परिदृश्यमा पनि सामाजिक सन्जालले निकै प्रभाव पारिरहेको छ । यसैबिच प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभातति शेरबहादुर देउवासंगै पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल हुँदै बाबुराम भट्टराईसम्मको तस्वीर अंकित पोष्ट केही दिन यता सामाजिक सञ्जालमा भाइरल छ । पोष्टमा जेजति गर्यौ, धन्यवाद अव पालो अरु कसैको । नो नट अगेन स-सम्मान बिदावारी निर्वाचन २०७९ लेखिएको छ । अभियानको सुरुवात कसरी भयो एकिन छैन तर सभ्य भाषा प्रयोग गरिएको पोष्टले जसरी सामाजिक सन्जाल रंगियो त्यसको अन्तर्य नाम लेखिएका पात्रहरुमा मात्र लक्षित नभई पुराना अझ भनौ परिक्षण भैइसकेर जन नजरमा फेल भएका नेताहरु प्रतिको बितृष्णा हो भनेर ठम्याउन कुनै राजनिती शास्त्रको डिग्री चाहिन्न । नेताहरुको भ्रष्टपन ,असक्षमता ,परिवारवाद, पदलोलुपबाद, नालयकिपन जस्ता जनविरोधी हर्कत बिरुद्धको बिद्रोह भन्न पनि राजनितिकको पगरी गुतिरहन नपर्ला । यो पोष्ट यसरी भाइरल हुनु भनेको लामो समय सम्म विभिन्न नामधारी पार्टी र विभिन्न नेताहरुलाई अवसर दिएर धैर्यतापुर्वक पर्खदा पनि जनताले खोजेको सु-शासन को अंश समेत नभेटेपछिको आक्रोस हो ।
पोष्ट भाइरल भएपछी यसको पक्षमा र बिपक्षमा कलम चलाउनेहरु पनि प्रसस्त छन । यसैक्रममा अभियानको उद्देश्य राजनितीलाई नयाँ ढंगले अगाडी बढोस् भन्ने प्रतीत हुन्छ भन्दै (अनलाइनखबर)मा गणेश कार्की लेख्छन्, “कसैलेपनी यो अभियानलाई काँचो राजनीति ,आवेग वा भाइरल हुने मेलोको रुपमा मात्र बुझनु हतारो हुन सक्छ” । यस अगाडि उही अनलाईनमा सम्पादक वसन्तले लेखेका छन्, “हामिले देशमा यस्तो किसिमको शासकीय प्रशासकिय संरचना खडा गरेका छौ जसलाई हाँक्न गगन थापा,शंकर पोखरेल या बालेन ,रवि र हर्क साम्पाङ जो कोहिलाई सिंहदरबार पठाइदिने हो भने पनि उसले बीसको उन्नाईस या बीसको सोर्ह सत्र मात्र फरक पार्न सक्छ । बीसको दस फरक पार्न सक्ने संरचना बनाउन यश अघि मिहेनत गरिएको छैन । कुनै चमत्कारको आशा गर्नु फेरि दुई बर्षपछी निराश बन्नु हो ।”
दुवै जनाको लेखले यस अगाडिको नेतृत्वले केही गर्ने प्रयास समेत नगरेको कुरालाई स्विकार गरेको पाइन्छ तर यो अभियान सुःबिचारित हो वा लहड हो भन्नेमा उनुहरु विच विभाजित देखिन्छन् । अभियान काँचो होला वा चमतकारको अभिलाषाले युक्त, अझ भनौ यसको अभिस्ट जे होला तर यसले पाका र तन्नेरी कसको नेतृत्व ठिक हुन्छ भन्ने एउटा बहस पनि सिर्जना गरेको छ । उमेर भनेको मात्र सँख्यात्मक वृद्धि हो । परिस्कृत बिचार, समकालीन एजेन्डाहरु प्रतिको दृष्टिकोण र कार्यशैलीले नेतृत्वको मापन हुने हो । उमेरको वृदिले शारीरिक रुपमा कमजोर भएपनी विचारको नविनताले त्यसलाई ओझेलमा पार्छ र नेतृत्व सक्षम सावित हुन सक्छ भन्ने मान्यता पनि छ ।
पाका र तन्नेरी नेतृत्व को चै उपयुक्त होला भन्नेमा विभिन्न अध्यन-अनुसन्धान भएका छन । ती अनुसन्धानले फरक फरक निस्कर्स दिएको पाइन्छ । अध्यनहरु भन्दछन् स्-समग्रमा तन्नेरी वा युवा नेतृत्वले ताजा र समकालीन विचारको पक्षपोषण गर्दछ भन्ने पाका वा वृद्ध नेतृत्व आफ्नो अनुभवलाई विचारसङ जोड्न कोसिस गर्दछ । युवा नेतृत्व आर्थिक लगायत समृद्धिको अभिभारालाई जोड दिन्छ । पाको नेतृत्वले स्थिरता मा जोड दिन्छ । युवामा आवश्यक आक्रोश पाइन्छ भन्ने पाकामा कुटनैतिक दक्षता हुन्छ तर उनिहरु उर्जावान र उत्प्रेरित हुदैनन ।कतिपयले सार्वजनिक निति निर्माणमा उमेरको महत्व हुने कुरालाई स्विकार गरेका छन । पाको नेतृत्व नितिनिर्माणमा सफल मान्ने मत पनि पाहिन्छ । युवा नेतृत्व परिवर्तनकारी हुन्छन र उनिहरु परिवर्तन प्रती निकै नै आशावादी पनि हुन्छन । उनिहरु परिवर्तनलाई आत्मासाथ गर्न र अरुहरुलाई उत्साह भर्न र प्रेरित गर्न पाका नेतृत्व भन्दा अब्बल मानिन्छन । युवा नेतृत्व पाका नेतृत्वको तुलनामा प्रतिकृयाप्रती बढी खुल्ला पाइएको अध्यनहरुले उल्लेख गरेका छन । पाका नेतृत्वको सबल पक्ष भनेको उनिहरुको अनुभव ,सीप र समयको महत्वलाई बुझ्ने क्षमाता नै हो । उनिहरु आफ्ना कुराहरुलाई सञ्चार गर्न सक्षम हुन्छन । यसरी के निस्कर्स निकाल्न सकिन्छ भने नेतृत्व मा युवा र पाका दुबै को प्रतिनिधित्व आवाश्यक छ । तन्नेरी जोसमा पाको होसले राम्रो नतिजा निकाल्न सक्छ ।
त्यसैविच स्थानिय निर्वाचनमा केहि महत्वपूर्ण जित हाँसिल गर्न सफल स्वतन्त्र उम्मेदवारहरुका कारण स्वतन्त्र प्रतिको आकर्षण देखिन थालेको छ । स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु बालेन हर्क र हमालहरुको जितमा उनिहरु प्रतिको भरोसा र विश्वास ले काम गर्यो कि दलीय उम्मेदवारहरु वा दलहरूप्रतिको वितृष्णाले काम गर्यो यकिन गर्न गाह्रो छ । दुवैको समिश्रण नै उनीहरू जित्नाको बलियो आधार भन्नेहरु पनि छन् । त्यस्ता जितहरु दलप्रतीको अविस्वास र वितृष्णा थियो । विकल्प सकिएपछिको निर्विकल्प हुदैन थाहा थियो । फेरि पनि दलहरुलाई सचेत गराउने जन-पत्र थियो । आशाको केन्द्र भन्दा निराशाको छट्पटी थियो ।
सामाजिक सन्जाल मा ब्यापत बालेन हर्क जुवारीले यति चाडै उनिहरुको राजनितिक काँचोपन उजागर गरिरहेको छ तै पनि पालिका निर्वाचन को परिस्थितीमा तात्विक परिवर्तन नभइकन संसदिय निर्वाचन हुन गइरहेकोले आफूलाई स्वतंत्र कितामा राखेर उम्मेदवारको रूपमा प्रस्तुत हुनेहरु, हौसिएका पाइन्छन भलै उनीहरू आफूले पौडिनु पर्ने पानीको आयतनमा नै भ्रमित देखिन्छन् । स्वतन्त्रप्रतिको आकर्षणले एककिसिमको तरंग पैदा भएकै छ । राजनैतिक रूपमा दलहरुले जुन किसिमको क्रियाकलाप दो-याइरहे त्यसले जनतामा उनीहरु प्रतिको दृष्टिकोणमा नकरात्मकता मात्र विद्यमान छ । यसलाई चिर्न दलिय नेतृत्व सक्षम होला रनहोला अहिले अनुमान गर्न हतारो हुन्छ । राजनीतिलाई नेताहरुले आफ्नो स्वार्थ अनुकूल बनाइरहने जुन विकृत व्यवहार र निकृष्ट सोच देखाए यसको दन्ड उनिहरुले पाउने नै छन् ।
लेखक अधिवक्ता हुन् ।