४ महिनामा बैंकहरुले दिए जम्मा ४७ अर्ब कर्जा, कुन बैंकले कति दिए ?
काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले थप ४७ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरेका छन् । असार मसान्तसम्म यी बैंकहरुले कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा कात्तिक मसान्तसम्म ४२ खर्ब २२ अर्ब प्रवाह भएको छ ।
चालु आर्थिक वर्ष राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२.६ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य भेटाउन वाणिज्य बैंकहरुले मात्रै सवा ५ खर्ब रुपैयाँ प्रवाह गर्नुपर्छ । तर सुरुवाती ४ महिनामा जम्मा ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुले लक्ष्य भेटाउन नसक्ने देखिएको छ । लक्ष्य भेटाउन ४ महिनामा औसत १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्छ ।
बैंकहरुको निक्षेप संकलनमा आएको सुस्तताको असर कर्जा प्रवाहमा देखिएको छ । ४ महिनामा जम्मा २२ अर्ब रुपैयाँ मात्रै निक्षेप थपिएको छ । असार मसान्तसम्म कुल निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रहेकोमा कात्तिक मसान्तसम्म आउँदा ४५ खर्ब ६३ अर्ब रुपैयाँ कायम भएको छ ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार यो ४ महिनाको अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेको छ । सो बैंकले मात्रै ४ महिनाको अवधिमा ११ अर्ब १७ करोड रुपैयाँ कर्जा वृद्धि गरेको हो । केही बैंकको कर्जा प्रवाह असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म आउँदा घटेको छ । सो अवधिमा एनसीसी बैंकको कर्जा सबैभन्दा धेरै ९ अर्ब ४२ करोडले घटेको छ ।
कुन बैंकले कति बढाए कर्जा ?
बैंक | कर्जा असार मसान्त | कर्जा कात्तिक मसान्त | फरक रकम |
कृषि विकास | १ खर्ब ७८ अर्ब ५५ करोड | १ खर्ब ७७ अर्ब ९३ करोड | –६२ करोड |
बीओके | १ खर्ब ६ अर्ब ७२ करोड | १ खर्ब ५ अर्ब १२ करोड | –१ अर्ब ६० करोड |
सेन्चुरी | ९१ अर्ब ४७ करोड | ८७ अर्ब ६१ करोड | –३ अर्ब ८६ करोड |
सिटिजन्स | १ खर्ब ३५ अर्ब ७७ करोड | १ खर्ब ४० अर्ब २० करोड | ४ अर्ब ४३ करोड |
सिभिल | ८७ अर्ब १८ करोड | ८७ अर्ब ३३ करोड | १५ करोड |
एभरेस्ट | १ खर्ब ५४ अर्ब ५५ करोड | १ खर्ब ५८ अर्ब ३ करोड | ३ अर्ब ४८ करोड |
ग्लोबल | २ खर्ब ७२ र्ब २१ करोड | २ खर्ब ७३ अर्ब ५५ करोड | १ अर्ब ३४ करोड |
हिमालयन | १ खर्ब ५६ अर्ब ४५ करोड | १ खर्ब ६२ अर्ब २२ करोड | ५ अर्ब ७७ करोड |
कुमारी | १ खर्ब ५९ अर्ब ४४ करोड | १ खर्ब ६१ अर्ब ३१ करोड | १ अर्ब ८७ करोड |
लक्ष्मी | १ खर्ब ३२ अर्ब ५७ करोड | १ खर्ब ३१ अर्ब ६२ करोड | –९५ करोड |
माछापुच्छ्रे | १ खर्ब २९ अर्ब ६१ करोड | १ खर्ब ३४ अर्ब ५४ करोड | ४ अर्ब ९३ करोड |
मेगा | १ खर्ब ५० अर्ब ४ करोड | १ खर्ब ५३ अर्ब ४ करोड | ३ अर्ब |
नबिल | ३ खर्ब ९ अर्ब ६ करोड | ३ खर्ब १५ अर्ब ८२ करोड | ६ अर्ब ७६ करोड |
नेपाल | १ खर्ब ८० अर्ब ८२ करोड | १ खर्ब ७८ अर्ब ६ करोड | –२ अर्ब ७६ करोड |
एनसीसी | १ खर्ब २६ अर्ब ९३ करोड | १ खर्ब १७ अर्ब ५१ करोड | –९ अर्ब ४२ करोड |
इन्भेस्टमेन्ट | १ खर्ब ६८ अर्ब १६ करोड | १ खर्ब ७९ अर्ब ३३ करोड | ११ अर्ब १७ करोड |
एनआईसी | २ खर्ब ६८ अर्ब २४ करोड | २ खर्ब ७० अर्ब ९३ करोड | २ अर्ब ६९ करोड |
एनएमबी | १ खर्ब ८२ अर्ब ९ करोड | १ खर्ब ८८ अर्ब ३८ करोड | ६ अर्ब २९ करोड |
एसबीआई | १ खर्ब १० अर्ब ६९ करोड | १ खर्ब १७ अर्ब ६३ करोड | ६ अर्ब ९४ करोड |
प्रभु | १ खर्ब ५० अर्ब ४१ करोड | १ खर्ब ५५ अर्ब ८१ करोड | ५ अर्ब ४० करोड |
प्राइम | १ खर्ब ५४ अर्ब ९५ करोड | १ खर्ब ५४ अर्ब २० करोड | –७५ करोड |
राष्ट्रिय वाणिज्य | २ खर्ब २८ अर्ब ६५ करोड | २ खर्ब २७ अर्ब ५९ करोड | –१ अर्ब ६ करोड |
सानिमा | १ खर्ब ४० अर्ब ८३ करोड | १ खर्ब ४७ अर्ब ७१ करोड | ६ अर्ब ८८ करोड |
सिद्धार्थ | १ खर्ब ८६ अर्ब ९ करोड | १ खर्ब ८३ अर्ब ७८ करोड | –२ अर्ब ३१ करोड |
स्टान्डर्ड | ८९ अर्ब ५९ करोड | ८९ अर्ब ३२ करोड | –२७ करोड |
सनराइज | १ खर्ब २३ अर्ब ७७ करोड | १ खर्ब २३ अर्ब १ करोड | –७६ करोड |