२३ सदस्यीय मन्त्रिमण्डलमा कसको बरियता के ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेपछि नयाँ मन्त्रिमण्डल २३ सदस्यीय पुगेको छ । पुस १० गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रचण्डले माघ ३ गते (आज) दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै २३ सदस्यीय बनाएका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नयाँ मन्त्री नियुक्त गरेको र जिम्मेवारी हेरफेर गरेको जनाएको छ । राष्ट्रपति कार्यालयले मन्त्रीहरूको कार्यविभाजनसँगै बरियताक्रम पनि तोकेको छ ।

मन्त्रिमण्डलको पहिलो बरियतामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन्। प्रधानमन्त्रीसँगै वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी छ ।

त्यस्तो दोस्रो बरियतामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन्। उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बरियताक्रममा छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बरियताक्रम चौथो छ। पाँचौ बरियताक्रममा राप्रपाका अध्यक्ष उपप्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देन छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको बरियताक्रम छैटौँ छ। सातौँ नम्बरमा शहरी विकास मन्त्री विक्रम पाण्डे छन्। आठौँ बरियतामा कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साह छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति दामोदर भण्डारी बरियताक्रमको नवौ तहमा छन्। दशौँ तहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई छन् । ११ औँ बरियतामा खानेपानीमन्त्री अब्दुल खान, १२ औँ बरियतामा परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, १३ औँ बरियतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी १४ औँ बरितामा, रक्षामन्त्री हरिप्रसाद उप्रेती १५ औँ बरियतामा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती १६औँ बरितामा छन्।

१७ औँ बरियतामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, १८ औँ बरियतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल, १९ औँ बरियतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, २० औँ बरियतामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान छन्।

त्यस्तै तीन राज्यमन्त्री नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की र उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपक बहादुर सिंह नियुक्त भएका छन्।

नवनियुक्त मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्षा नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राज्यमन्त्रीहरूले राष्ट्रपति उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *