चौडा मन भए पुग्छ–सेवा गर्न धन नै चाहिन्छ र ?
(१) अपत्यारिलो मृत्यु :
ज्योति बाँनीया अध्यक्ष भएको उपभोक्ता हित सङ्गठनका भक्तपुरका पदाधिकारी तथा उपभोक्ता जागरण अभियानसँग आवद्ध हुँदै प्रदेश नम्बर १ मा मुख्य मन्त्री शेरधनराईहुँदा प्रादेशीक उपभोक्ता सम्बन्धी सरकारी समितिमा जागीरे समेत हुनु भएका बाणिज्य विभागका पूर्व नायव सुव्वा कृष्ण पूसाद भण्डारी मार्शेलीले आफ्नी कान्छी बहिनीको सशुरा बुवा प्रेम प्रसाद बरालको बैकुण्ठबास होस भन्दै मृत्यु हुनासाथ १७ माघ २०७९ का दिन सामाजिक सञ्जालको वालमा बेलुका ७ बजेर २१ मिनेटमा पोष्ट गरेपछि म झसङ्ग भए,पत्यार लागेन । १५ मिनेटभित्र कुरा बुझेपछि मैले नेपाल अधिराज्यभरिका अति जरुरी हाम्रा सवै आफन्तलाई खवर गरे । नेपाल बैक लिमिटेडका पूर्व कर्मचारीहरुको सञ्जालसम्बद्ध मुख्य मानिस साहित्यकार नारायण तिवारीजीलाई पनि तुरुन्तै पठाएँ । नाताले हामीले भतिज भनेपनि उमेरमा हामीभन्दा २६ बर्षभन्दा बढीका प्रेम प्रसादलाइृ युरिक एसिड बाहेक अरु उल्लेखनीय रोग थिएन । २०७९ माघ २८ गते उहाँको १३ रौं पुन्य तिथी पर्ने रहेछ । हाम्रो परिवारले मात्र हैन नेपालका ठूला नेताहरुले पनि सम्मान पूर्वक नाम लिने विराटनगरको ऐतिहासिक ‘तीनटोलीया’ले पनि उहँलाई सम्झिन्छ ।
(२) साहसी मान्छे :
पहाडबाट केही नलिइृ बिराटनगर आएर पालिनु चानचुने कुरा थिएन । नेपाल बैकमा जागिर त पछि भयो । साहसले यो सोधेन की यो ढुङ्गा कति अग्लो छ भनेर’ रसुल हमजातोव को यो भनाई भतिज प्रेम प्रसादमा लागु हुन्छ । उहाँले कहिले दुख नदेखाएर ,कशैसँग हात नपसारेर संसर छोडनु भयो । जिम्मेबार पनि त्यतिकै हुनुहुन्थ्यो । नेपाल बैक लिमिटेडमा जागिर खान कोही जान नमान्ने प्रशाखा, उपशाखामा उहाँ जान तयार हुनुहुन्थ्यो । रुकुम देखि सिक्किम सिमाना सम्म सवैतिर खटिनु भयो ।
(३) साह्रै सहयोगी :
कसैको दुःख हेर्न नसक्ने स्वभाव थियो । हाम्रो परिवार पहाड बेचेर विराटनगर आउँदा ५ जनाको परिवार कहाँ बस्ने भन्ने समस्या भयो । तीन घर भएकाले तीनटोलीया नाम भएको भन्ने कहावत भए सरह २०२९ सालजम्मा तीन घर कै जस्तै नै हालत थियो घरहरु थिएनन र । जेठो दाज्यूले २०१५ सालमा तीन टोलीयामा नेपालको कलेज स्तरीय अंग्रेजीको पहिलो गाइड लेख्ने गणेश लाल कर्ण बनाएको घर नजिक भएको साह«ै सानो घर बनाउनु भएकाले उहाँ कै साना ठूला गरेर ६ जनाको परिबारलाई अपुग थियो । जम्मा साना २ कोठाको घरमा ५ जनाको परिवार बसिरहेका प्रेम प्रसादले हामीहरुको समश्या बुझेपछि पहाडबाट ल्याएका सवै सामान बोकेर हामीलाई घरमा लानुभयो । र एक कोठामा आफ्ना परिवारलाई राखेर उत्तरपटीको कोठामा हामीलाई राख्नु भयो । हाम्रो घर नबनुनञ्जेल हामी त्यही बस्यौं । बस्ती पातलो थियो । राती चोर लाग्थ्यो । तपाईहरु सबै ढुक्कले सुत्नुस म छुनी भनेर रातभरी आफै. चौकीदारी गर्नुहुन्थ्यो । दिनभरीको बैकको खटाई सवै विर्सनु हुन्थ्यो । मसँग खेल्नको लागि उहाँका दुई छोराहरु थिए ।
(४) घोकशिलाका सम्झना :
म पनि युरीक एसिडको पुरानो रागी भएकाले भेट हुनासाथ के खाने के नखाने सवै साझा गर्दथ्यौं । हामी घोकशिले मध्ये दामोदर र भिम निलहरीको छोरा लक्ष्मण,पुस्कर लगायतकाले त व्यवसायतिर लागेर राम्रो प्रगति गरेको पो छ रे ! हाम्रा त सवै जागिरतिर पो लागे । उहाँले भनेका कुरा अझै ताजै छन् । परार साल बिराटनगर जाँदा साविक बाशेश्वर गा.बि.स.वार्ड नं.८ हाल गोलाञ्जोर गाऊँपालिका–६ घोकशिला पोखरी गाँऊका पहिलो नेपाल बैक लिमिटेडमा जागिरे प्रेम प्रसाद बरालसँग कुराकानी हुँदा मैले कशरी सुँघुरे डाडागाऊँको कुलोको झगडामा पहाड घर गएको बेला उहाँले कूलोको मुहान मै गएर पानीको उचित बाँडफँड गर्न सुझाव सल्लाह दिनु भएको थियो भनेर भन्ँदा हैट मैले त विर्सि पो सकेको भन्दै मरि मरि हाँस्दै “एक जना त मिल्ने कुरा नगर्ने खाली निहूँ मात्र खोज्ने गरेकाले एक मुक्का मै कुलोको मुहानको दहमा नै मै ढाले दिएँ त्यस पछि मात्र कुरा मिल्न गयो ” भन्दै उहाँले स्मरण गर्दा मैले यसबारे प्रकाशित निम्न लेखको प्रसङ्ग पनि उठाएको थिएँ :
सिन्धुलीको खुर्कोटको पूल तरेपछि पूर्व घुर्मीतर्फ लाग्दा केही पर पुगेपछि सवभन्दा पहिले बाटोमा भेटीने सुनकोशी छेउको घोकशिला खोलामा बैशाख जेठमा पानीको श्रोत कम हुन्थ्यो । वि.सं २०२७ सालतिरको कुरा हो । मुहान र मध्य क्षेत्रका किशानलाई नै मकै पटाउन धौ धौ पर्ने गरेकाले सुनकोशी दोभानको सुँघुरे गाउँमा पुगुञ्जेल खोलामा पानी नै हुँदैनथ्यो । खेतमा मकै सुक्न थालेपछि डाँडा गाँऊ,हैवार र सुँघुरेका अधिकांश बराल सहित सवै गाऊँले मिलेर करिव डेढ सयको हाराहारीमा हुल बनाएर दिनको ३ बजेतिर माथितिरका सवै कुला भत्काउदै मुहानसम्म पुगेर फर्केपछि फेरि कुलो थुन्न सक्छन भन्दै त्यो दिन आफ्नो गाँऊ नफर्कि हाम्रो गाँऊ घोकशिलाको कान्लेमा रातभरी केही नखाई बसे ।
दिँउसो सवै कुला भत्काउँदा टुलु टुलु हेरेका घोकशिलेहरुले राती सल्लाह गरेर प्रतिरोध गर्ने ठहर गरे अनुसार भोलीपल्ट विहानै झगडा सुरु भो । पोखरा महेन्द्र पूलको पारिपट्टी हाल राखिएको करिव ९ सय किलोको शिला बोक्ने कस्केली शुकदेव बरालका बलिया बराल बंशहरु त्यहाँ आपसमै लडदै कत्ले माछा पछारिएझैं पछारिएको दृष्य रमाइलो थियो । पाँच पाँच दिनको आलोपालोको सहमतिमा मिलापत्र भयो । यो मेरो जीवनको पहिलो सामाजिक झडपको प्रत्यक्ष दर्शन थियो” (जगदीशराज बराल । राजनीतिक झडपहरु : पहिलेका र अहिलेका । साँघु न्यूज डटकम–साँघु साप्ताहिक । २९असार,२०७७) ।
(५) समाजसेवी :
हाम्रो परिवारको जेठो दाज्यू १५ साउन २०७९ मा स्वर्गबास हुँदा हामीलाई संस्कारको मार्गदर्शन गर्न सकि नसकि आईपुग्नु भएको थियो । उहाँ विराट सेवा आश्रमको आजिवन सदस्य हुनुहुन्थयो । कसैका मदाए पर्दा तुरुन्तै पुग्नुहुन्थयो । जेठो छोरा किशोर कार्तिकमा कोलेनिका प्रमुखबाट अवकाश भए । कान्छो छोरा किरण अमेरिकाबाट विधावारीधी गरेर हाल क्यानडामा प्राज्ञिक इलममा छन् ,कान्छी बुहारी पनि पढेलेखेकीले । एकमात्र छोरी पनि समाज सेवामा लागेकी छिन । “छोरा छोरी ज्वाई बुहारीहरु सवैलाई समाज सेवामा लागि रहन भनेको छु ”भन्दै बुहारी दुर्गा बराल प्रदेश नम्बर १ को सामाजिक मन्त्रालयको महिला विकाश अधिकृत हुँदै हाल दशौं तहको उच्च पदमा कार्यरत भएकोमा समाज सेवा सम्बन्धी मन्त्रालयमा रहेर समाजको सेवामा लागेकोमा साह्रै खुशी हुनुहुन्थयो प्रेम प्रसाद ।
गत साउन १५ देखी २८ गते सम्म हाम्रो जेठो दाज्युको मृत्यु संकारको काममा उहँबाट सहयोग भयो । त्यही सन्दर्भको भेटमा रमानन्द काका (पुरञ्जन आचार्यका बुबा), बलराम बा (नेपालका प्रथम भन्सार व्यवस्थापन सम्बन्धीआशिकुडा विज्ञ श्याम दाहालका बुबा) ध्रुव दाजु (नेपालका लागि नेपाली पार्टी की नेतृ कविता आचार्यको बुवा), तीन टोलीयाका प्रथम डिठ्ठा भवनाथ हजुरवा,शिवहरी रुद्रहरी ढुङ्गाना (हाम्रा भानिज दाईहरु,),नारायण–ठाकुरप्रसाद द्वय–हरिबावु कोइराला,मनमोहन–कृष्णमोहन–जनक मोहन–विश्व मोहन अधिकारी–,न्यायधीस इन्द्रबहादुर श्रेष्ठ (राप्रपा नेता ध्रुव नारायण र कलाकार पुष्प श्रेष्ठका बुबा,तीन टोलीयाका पहिला प्रहरी कर्मचारी नारायण प्रसाद पाण्डे,टिका प्रसाद चालिसे,टिका प्रसाद दाहाल,पूर्वाञ्चलका प्रशिद्ध प्राज्ञहरु स्व.गोविन्द उपाध्याय तथा गणेश शर्मा नेपाल,अर्यालहरु लगायत प्रेम प्रसाद गिरी, छविरमण कोइराला काका,दाहाल बाहरु (नेताहरु बल्लभ–सुनिल दाहाल) नेपालका प्रथम धुप कारखानाका संस्थापक कमल पौडेल,तीनटोलीयाका प्रथम बैष्णव पन्थी चर्चित पौडेल बा आमा( राप्रपा नेता उद्धव पौडेलका बुबा आमा ),बालनाथ नेपाल,श्यामाकान्त मल्लीक,गणेश राउत,गौरी मिश्त्री,गिरी बा(उमेश गीरीका बुवा ) पृथ्वी माश्के,बलराम कोइराला,बाणीराज पोख्रेल लगायतलाई सम्झेर कुराकानी हुन्थ्यो ।
(६) स्वतन्त्र मान्छेको बैकृण्ठ बास होश :
सवै राजनीतिक दलमा साथी भाई चिने जानेका भएकाले हाम्रो पार्टीमा आउनुस भनेपनि आफुले सही लाई सही र गलतलाई हाकाहाकी गलत भन्ने गरेकाले अहिलेसम्म कुनै दलमा नलागेर स्वतन्त्र आएको थिएँ स्वतन्त्र भएर नै बिदा हुन्छु भन्ने उहाँ स्वतन्त्र भएर स्वर्गबास हुनु भो । अवको तीन टोलीया फेरि त्यस्तै बनाउन युवाहरु लागुन भनेर कामना गर्ने प्रेम प्रसाद बराल जस्तो समाजसेवी गुमाउनु पर्दा तीनटोलीया मात्र हैन विराटनगर समेत शोकमग्न छ । उहाँको बैकुण्ठ बास होश । भाव भीना–बिनम्र–सादर एबं श्रद्धापूर्ण–स्मरण,श्रद्धा सुमन,भावाञ्जली–औ श्रद्धाञ्जली !
(स्वतन्त्र लेखनमा संलग्न लेखक नेपाल सरकारका पूर्व महानिर्देशक हुन) ।