मोती सरह मूल्यवान अग्रजका कुराहरु–भोगाईहरु
“मेरो कुरामा लागेर धेरै विद्यार्थी, युवक र युवतिहरुले समाजवादका नाउँमा आफूलाई होमे । जब उनीहरुलाई सम्झिन्छु मलाई उत्साह आउँछ र जीवनका तुच्छता मबाट टाढा हुन्छन् । यदि मैले नेपालका लागि केही गर्न सके भने म ।।। त्यस्ता अनेकानेक व्यक्तिहरुका प्रति आफ्नो कर्तव्य पूरा गरेको ठान्नेछु ।–वीपी कोइराला ।
राम्रो कुरा जसले भनेपनि त्यो राम्रो कुरा हो ध्यान दिएर सुन्नु होस । गोत्ताखोरहरूले खोजेको भनेर मोतीको महत्व र मूल्यमा कुनै कम हुन्छ र –सुकरात
जव बुढा पाकाहरु तपाईसँग आफ्नो कथाहरु भन्नु हुन्छ,उहाँहरुलाई भो भो नसुनाउँनुस भनेर नभन्नुहोस किनकी वितेका कुराहरु सुनाउन पाउँदा उहाँहरुले आफुलाई विगतको जिवनमा बाँचीरहेको महसुश गरिरहनु हुन्छ । –अज्ञात ।
१ इच्छा विहिनता र निष्फिक्रि हुन खोज्नुपर्छ उमेरको उत्तरार्धमा
जीवन हो केही आशा हुँदो रहेछ । अवकाश पो भइयो त इच्छाहरु मर्दैनन् । उमेर बढेसँग बढदै गएको उमेर सँगै इच्छा तथा आफ्नाहरुको चासो र फिक्री पनि बढ्दै जानो हुँदो रहेछ । थाहा छ अहिलको उमेरले जिवनको गोरेटोको अन्तिम देउरालिमा पुग्न एक घुम्ती घुमेर चौतारोमा बिसाउन मात्र बाँकी छ । त्यसो भए दुनियाँको फिक्रि, इच्छाको निरन्तरता नहुनु पर्ने हो । त्यसो हुँदो रहेन छ हैट त्यो गर्न सकिएन गर्नु पर्छ अहिले पनि भन्ने इच्छाले मनमा बेचैन हुन्छ । नाता परिवारको माया मोह झन बढ्छ । इश्वर भगवानको काखमा शरण लिन प्रतिको लगाव भन्दा खै केही कमाउन सकिएन, सन्तानले दुख पो पाउने हुन की , जस्ता अरु थुपै्र चिन्न्ता नै नगर्नुपर्ने कुरामा मन डुल्दो रहेछ । प्रकृति नै भगबान हुन । भगबानको लिला अपरम्पार छ । अपनत्वले भरिएपछि माया मोहको संसारले तानी त हाल्छ । जवकी हुनुपर्ने सवै कुराबाट सन्यास लिनु पर्ने । परिवारका सदस्यहरुको जिवन शैली फेरिएको हुन्छ, उमेर पनि हुर्केकै हुन्छ ,खरिद व्यवहार गर्न थालि सकेका हुन्छन तर, पनि । अझै आफैंले नै जिम्मेबारी लिनु आशक्ति हुन्छ । सन्तानहरुलाइृ अझै अपरिपक्व ठान्ने सोचाईले जगाउने इच्छा । भगवानको भजन किर्तनमा मन निर्लिप्त पारेर समपर्ण गर्न खोजेपनि इच्छा विहिनता र निष्फिक्रि हुन नसकिने हुँदोरहेछ ।
२ सबैले गुरुआमा भनेर सम्मान गर्ने जयतु संस्कृतम योद्धाकी अर्धाङ्गीनीको सन्देश
खालि हाथ आएका थियौं खालि हाथ नै जानुछ । अगिल्लो जन्मको कर्मलाइ मुठ्ठिमा राखेर आएका थियौं त्यो मुठ्ठिको सवै भोगचलन गरिसक्यौं । यो जन्मको कर्म लिएर अर्को जन्ममा भोगने भएकाले अहिले राम्रो कर्म गर्नुपर्छ । बढ्दै गएको उमेर अनुशार काम र मन दुवै झण्झट मुक्त हुनुपर्छ भगबानको भक्तिमा मन लाएका विवेक जागृत हुन्छ र कामहरु सुकाममा परिणत हुन्छन् । त्यसैले बैष्णव भएँ । जेठो छोरा लवश्री अहिले रामेछाप नगरपालिकाको प्रमुख भयो । माइलो छोरा कुशश्री काँग्रेसको नेता छ,ऊ डाँछी थलिमा बस्छ । जेठो ज्वाई रघुनाथ चिसापानीको कालिदेवि निमावी हेड माष्टर भएर पेन्सन पकाउनु भयो । साइलो ज्वाईँ राष्ट्रिय अनुसन्धानमा हुनुहुन्छ । कान्छो छोरो शेर की के भन्छन नी साँच्ची अहिले यति लाख नाफा भयो भनेर उफ्रन्छ्,भोलिपल्टै फेरि गयो डुव्यो भनेर रुवाबासी गर्छ , खै , जुवा जस्तो पो रहेछ यो शेर भन्ने कुरा एकछिनमा मार्रा भनेर छाती पिट्ने एकै दिनमा भएको औठीं घडी बन्धक राख्नु पर्ने जस्तो काममा रमाएको छ । सहकारीमा राम्रै पदमा जागिर खान्थ्यो,सोझो हिशावले जागिर खान चाहेको,साह«ै सोझो छ त्यती मन गरेन छोडदियो । कान्छा ज्वाईँ प्रदिप पौडेल माननीय भै हाल्नु भयो । तीन भाई छोरा र ४ छोरी थिए । माइली छोरी नानु पदम कन्याकी सभापति थिईँन बिराटनगरबाट फर्कदा दैवले बस दुर्घटनामा ५२ सालमा चुडी लगे । श्रीमान रामप्रसाद न्यौपाने जयतु संस्कृतका सिपाही जेल पनि पर्नु भयो । उहाँका साथीहरु मन्त्री भए । म बुढी ८२ लागेँ । नारायण भगबानसँग नजिक छु । मुक्ति शान्ति मिल्छ । जीवन हाम्रो गाँऊको सुनकोशी तामाकोशी बगेको जस्तै हो भनेर सम्झनु पर्छ त्यसो हुँदा नदीको कलकल समझेर मानसिक शान्ति मिल्छ तथा मनमा बुढेश कालमा इच्छाहरु बढाउनु पर्दैन । मनले एक चित्त भएर नारायण हरिलाई सम्झदा हरिसँग साक्षात्कार भए जस्तै होइन्छ, हरिको शरणमा पर्दा जातपात छुवाछुत भेदभाव केही हुन्न । हरिले आफ्नो काम आफैं गर–सधैं सक्रिय हौ–सफा सुग्घर हौं भन्नु भएको छ । गुरुआमा तथा जयतु संस्कृतम योद्धाकी अर्धाङ्गीनीको नामले रामेछापमा प्रसिद्ध जानकी देवि न्यौपानेको माथीका कुरा सुन्दा पनि विचलित मन एकछिन शान्त भयो । उहाँ नातामा सहोदर जेठी दिदि हुनुहुन्छ । “तुलशीको पात काँचो हैन सुकाएर खानु तिम्रो युरिक एसिड सेसिड सवै जान्छ” दिदिले थप कुरा सम्झाउदै महाकवि देवकोटाको ‘ आखिरी श्रीकृष्ण रहेछ एक।।’भन्ने कविता वाचन गर्न थाल्नु भयो ।
३ कार्यशील भण्डारीहरुको चेतनापूर्ण लगनशिल जिवन
‘घिरौले टोपी’ उप नामले प्रसिद्ध एमाले रामेछापका पूर्व सचिव,लेखक बुद्धिजिवि,संस्कृत विद,सचेत नेपाली नागरिक,रामचन्द्र भण्डारीलाई गोलाञ्जोर घोकशिलाका नजिकका काकाकी छोरी विहेगरेकाले भिनाजु भन्दै गरेकोमा उहाँकै फुपुकी छोरीसँग मैले विवाह गरेपछि उहाँसँग हाम्रो दाजु तथा भिनाजुको दोहोरो नाता थियो । उहाँको कान्छो बुबा अर्थात मेरो कान्छो मामा सशुरासँग गठ्ठाघर भेट गर्न जाने र रामचन्द्र दाईलाई पनि त्यही बोलाएर पुराना कुराहरु सँगै देशको बर्तमान स्थितिबारे गफ गरेर मन शान्त पार्ने भनेर गएकोमा रामचन्द्र दाइसँर्ग भेट नभएपनि ममासँग भेट भयो । २०२४ सालमा एसएलसी दिन दुम्जा जाँदा अव कलेजमा गएर विज्ञान विषय पढ्छु भन्ने सोच भएपनि परिस्थितिले अरु नै विषय पढायो,सिकायो । विचमै जागिर खाइयो । गाँऊमा माष्टरको इज्जत थियो । विधालयमा अनुशासन थियो । शिक्षक पेशामा लागेँ । अंग्रेजी,विज्ञान,गणीत परिआए सवै विषय पढाउथेँ । रामेछाप जिल्लाको साविक गेलु गाविस र हालको मन्थली नगर पालिका–१२ मा जन्मीएर सर्लाहीको लालबन्दी नगरपालिका बार्ड नम्बर सिसुवामा बसाई सरेदेखिका रमाईला कुराहरु मामाले सुनाउनु भयो । रामेछापमा तेल पेल्ने कोल औलामा गन्ने जति भएको बेलामा घरमा भएको कोलको बाँसको भुटेको तोरी राख्ने थैला तेल पेल्दा पैल्दै फुटेपछि आपत परिहाल्यो । बारीको बाँस काटेर त्यही फुटेको बाँसको थैला हेर्दै जिवनमा पहिलो पटक सीपको स्वआर्जन गर्दै आवश्यकता नै अविस्कारको जननी हो भनेर पढेको कुरा लागुमात्र गरिन सर्लाही लालबन्दी गएपछि हलिले रोपाईको जोत्दाजोत्दै हलो भाँचीयो,स्थानीय चौधरीहरुलाई भनेको ७ किमि पर गएर बनाउने मान्छे खोज्नुपर्छ भनेकाले बयलबास बजारबाट काठ ल्याएर पुरानोहलो हेर्दै आफैंले बनाएँ,अरुले बुनेको देखेर स्वीटर म आफैं बुन्ने गर्थेँ । अहिले पनि जाति,वर्ग,वर्ण, संप्रदाय,बोक्शी जस्ता कुसस्कार मानिसको अन्धविश्वास तथा अल्पज्ञानको प्रतिविम्ब हो । जब उधम,ज्ञान,आर्थिक स्तर र चेतनामा बृद्धि हुन्छ तव यस्ता कुरामा बादविवाद एवं झैझगडामा अल्झिरहने फुर्सद नै कशलाई पो हुन्छ र भन्दै,यस्ता विभेदकारी प्रचलन पनि ऐतिहासिक समयमा राज्यको सामाजिक विधि–नीतिको आवश्यकताको अस्तित्व थियो भन्ने कुरामा कान्छा मामा विश्वस्त हुनुहुँदो रहेछ ।
हाम्रो जीवन सामाजिक भएकाले धर्म र संस्कारसँग आवद्ध छ । तर, धर्म र संस्कारलाई विज्ञान,
अस्तित्वसँग आवद्ध गर्न सके सर्वरुची हुनेछ साथै समय र जीवनले न सोचेकों पीड़ा पनि दिएमा त्यसलाई जीवन संघर्षको रूपमा भोगेर अघि बढ़नु पर्दो रहेछ भन्ने विचार समेत राख्नु हुने मामा पुराण देखी सवै शास्त्रपनि जान्ने हुनुहुन्छ । उहाँका दुई छोरा र एक छोरी छन् । एक छोरा डा.प्रमोद राज उपाध्याय मदन भण्डारी कलेजमा मेनेजमेन्ट एकाडेमिक हुनुहुन्छ भने अर्का छोरा मधुसुदन भण्डारी कृषि लगायत अरु पेशा व्यवसायको उधमशिलतामा लगनशिल भएर लाग्नु भएको छ् । ज्वाई हरिश्चन्द्र घिमिरे अहिले म्यानमारको राजदूत पदमा कार्यरत हुनुहुन्छ । कान्छो मामाको कुरा सुनेपछि मोजा पनि खोजिदिनुपर्ने,सबै कुरा बाबुआमाले नै ठीक्क पारी दिनु पर्ने अहिलेका स्कूले विधार्थी सन्तानलाई सम्झेरे निजी विधालयले ‘डीआईवाई’ अर्थात डुइटयोरसेल्फ भनेर सिकाउनु पर्ने भन्ने मनमा लाग्यो ।
४ सिन्धुलीका बस्नेत दाइ र रामेछापका कार्की बा
कार्कीहरु अझ रामेछापका बाम्तिका भए त के बोल्न पनि डराउनु पर्ने । धनीमानी रामेछापका कार्की त्यसमाथी चौपाया हाट बजार अझ बयल अर्थात गोरुको लागि नेपालमै प्रशिद्ध सर्लाहीको इश्वरपुर नगरपालिका –७ ‘वयल बास’मा सानो सानो जिम्मदार कै रुपमा दुई पुस्ता देखी बस्दै आएका बद्री नारायण कार्की र उहाँकै छोराको सशुराबा अर्थात सम्धी सिन्धुली कमलामाई नगरपालिका ,शिखरटोलका महेश्वर वस्नेतज्यूहरुसँग बसेर पुराना कुराहरु सुनेँ । बस्नेत दाई आफ्नो पुरानो जिल्ला बासी हुनुभएकाले पहिले देखी नै चिनजान थियो । हेर्नुस बराल बाबु म त लाहुरी भैसी सहित थुप्रै गाई,बयल,खसि बाख्रा पालेको मान्छे, साँझ परेपछि मुखिया साहव भन्दै बयलबासका चौधरीहरु विंडी–चिलिम–तातोपानी चीयालाई तातोपानी पनि भनिन्थयो खान जम्मा हुन्थे । रमाइलो हुन्थ्यो । बिराटनगरको बेचेर घर बनाएको की कमाएर बाबु रु”कार्की बाको जिज्ञाशामा मैले ‘कमाउन सकिन वा,घुस खान सेटिङ्ग मिलाउन जानिन् दुख सुख गुजार गर्दै छु’ भनेर भन्दा ‘साई इतना दीजिऐ,जामे कुटुम समाय । मैं भी भूखा नरहुँ,साधु न भूखा जाय ।।’ भन्ने सन्त कबीरदाशको उक्ति सुनाउँदै भगबानले सवै दिएका छन् बराल बाबुलाई यसै गरी सधैं सक्रिय हुनु भनेर मलाई मनोवल समेत बाडनु भो । बस्नेत दाज्यु पनि के कम आफ्नो मनको दुःख पीडालाई मनभित्रै राख्नु पर्दछ,अरुले मलाई साझा गर्दिनु भन्दैन,कतिले त उल्टै दुःख पाएको कुरा सुनेर हाँसोमा उडाउने गर्छन भन्दै ‘रहिमन निज मनकी व्यथा,मनमें राखो गोय । सुनि इठलेहैं लोक सब,बाटी न लै हैं कोय ।। भन्ने रहीम को कवितात्मक सामाजिक सन्देश पनि सुनाएर स्नेह बाड्नु भयो । विकाशको नाममा प्राकृतिक वातावरण विथोलीएकोमा बस्नेत दाजु्ुले चिन्ता व्यक्त गर्दै आफु वीपी राजमार्गको कर्मचारी हुँदा जापानीहरुको मिहनत र वातावरण संरक्षणप्रतिको लगाव देखेर चकित भएको भएको अनुभव पनि साझा गर्नु भयो । बस्नेत दाज्यु र कार्की बा पनि जातपात छुवाछुत सवै तत्कालीन सामाजिक र आर्थिक परिवेशमा उधम तथा कार्यको क्षेत्रगत एवं बिषयगत विभाजनमा राज्यले कायम गरेको तत्कालीन अवस्थाको आवश्यक सिर्जना हो र अहिलेको चेतनाको स्तर,सुधार तथा आधुनिक विकशित अवस्थामा क्रमिकरुपमा स्वतः हराएर जाँदैछन् भन्ने कुरामा एकमत हुनुहुँदो रहेछ ।