झापा आन्दोलनका बेला ओलीका सहयोद्धा नरेश खरेलले छाडे एमाले, लगाए यस्ता गम्भीर आरोप
काठमाडौं । २०२८ को झापा विद्रोहका योद्धा नरेश खरेल एमाले अध्यक्ष केपी ओलीका सहयात्री हुन् । एमालेका केन्द्रीय सल्लाहकार एवं पूर्व पोलिटव्युरो सदस्यसमेत रहेका खरेलले पार्टी परित्याग गरेका छन्।
सोमबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । एमालेले नेपालमा समृद्धि ल्याउन नसक्ने दावी गर्दै उनले पार्टी परित्याग गरेका हुन् । ‘जनताको मुक्तिका लागि एमालेले नसक्ने भएपछि पार्टी छोड्न बाध्य भएका हौँ,’ उनले भने । पार्टीमा स्वेच्छाचारी प्रवृत्तिको सुधारका लागि आफूलगायत अन्य कार्यकर्ताबाट अनेकौँ प्रयास गरिए पनि आफूहरूलाई केपी ओलीले तिरस्कार गरेको खरेलले आरोप लगाए ।
खरेलले एमाले छाड्ने बेला पत्रकार सम्मेलनमा के के भने ?
आज चैत २७ गते सहिद रामकुमार वान्तवाको स्मृति दिवस हो । यस अवसरमा सर्वप्रथम हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ । सहिदको सपना साकार पार्ने काममा वामपन्थी पार्टी एकतावद्ध भई निरन्तरता पाउन नसक्दा देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि सहिदहरूका सपना साकार हुन सकेको छैन ।
सहिदहरूको सपना साकार पार्न न्याय समानतामा आधारित सामाजिक र आर्थिक रूपान्तरणसहितको परिवर्तन जरुरी छ । तर वाम आन्दोलमा देखिएको ठूलो उच्च विभाजनले सहिदहरूका सपना साकार पार्ने काममा चुनौती थपिँदै गएको छ । यस्तो स्थितिमा आज हामी लामो समयदेखि एमालेमा संगठित रहेर काम गरिरहेका कमरेडहरू यहाँ उपस्थितहरू रहेका छौँ ।
हामीले लामो समयदेखि पार्टीभित्र देखिएका गलत पद्धति, कार्यशैली र नीतिका विभिन्न कार्यशैलीप्रति वैचारिक बहस गर्दै आएका थियौँ । हामीले यसक्रममा अनेकौँ अपमान र तिरस्कार गर्नुप¥यो । सो बाबजुद पनि पार्टी एकताका लागि निरन्तर लागिपरेर कदमहरू जारी राख्यौँ । सबैको साझा प्रयत्नले नेपालका दुई ठूला कम्युनिस्ट एकताबद्ध भई अघि बढिरहेको परिणामस्वरूप नेपालको कम्युनिस्ट आन्दोलनमा झन्डै दुई तिहाइ बहुमत ल्याउन सम्भव भयो । जनता र कार्यकर्तामा खुसियाली छायो । अब मुलुकले स्थिरता प्राप्त गर्ला । देशमा भएको राजनीतिक परिवर्तनस्वरूप आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन होला भन्ने हामीले आशा गरेका थियौँ ।
तर दम्भ, अहंकार र अन्तद्र्वन्द्वले संसद् विघटन हुँदै पार्टी तीन टुक्रा हुन पुग्यो । यसले जनतामा असन्तुष्टि पैदा भएको छ । यस्तो प्रतिघातले देशलाई दुःखद अवस्थामा पु¥याएको छ । देशमा वितृष्णा, अस्थिरता पैदा भएको छ । देशमा अन्तर्राष्ट्रिय शक्तिहरू चलखेल गर्ने उचित थलो भएको छ । त्यस्ता घटनाप्रति नेतृत्व आफ्ना गल्ती कमजोरीहरू सुधार्दै पार्टीलाई एकताबद्ध हुने, नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउनुपर्नेमा अपमान गर्नेप्रति तल्लीन छ । पार्टीका इमान्दार नेता तथा कार्यकता पाखा लगाउने दक्षिणपन्थी यथास्थितिवादी शक्तिसँग साँठगाँठ कसेर प्रयोग गरेको पाइएको छ । यस्ता गतिविधि हामीले टुलुटुलु हेरेर बस्न सकेनौँ । त्यसैले एमालेमा लामो समयदेखि काम गरेका पार्टीका गलत क्रियाकलापमा असहमत जनाउदैँ आएका नेता तथा कार्यकर्ताहरू आजबाट स्वतन्त्र रहने घोषणा गर्यौँ ।