ती फूल र पुतली यी नेता कठपुतली,त्यो ट्वार ट्वारे भ्यागुता यी नेता क्वारक्वारे भ्यागुता
भौतिक प्रकृतिको अस्थायी १५ बर्षे कालचक्रको अधीनस्थमा रहेको तौल २.७ केजी भएको विश्व कै हालसम्म कै सवभन्दा ठूलो खस्रे भ्यागुता अष्ट्रेलीयाको उत्तरी क्विन्स लैण्डको कनवे राष्ट्रिय निकुञ्जमा निकुञ्ज रेञ्जर कैली ग्रै ले फेला पारेकी भनेर यही बर्षको गत जनबरी २० का समाचारहरुमा छाएको थियो ।भ्यागुताको तस्वीर हेर्दा नेपालमा मैले त्यस्ता सासाना खस्रे भ्यागुतो विराटनगरको घरमा देखेको थिएँ । छुचुन्द्रो जस्तै जथाभावि दिशागरेर फोहर पार्ने यस्ता भ्यागुताहरु रस्सेल भाईपर जस्तै तराइको घरको चेपमा,लुगाको थुप्रो तथा तकीयामा घुस्रेर बस्न रचाउछन । दिउसो लुकेर बसेपनि क्वार क्वार गर्दै सुनसान राती भएपछि खानाको खोजी गर्छन । बर्षादमा तराइमा जस्तै झ्याउ पलाएको,शरीरमा घुमौरा आएको तथा उष्ण प्रदेशीय क्षेत्रमा मात्र हुर्कने सदाबाहर गार्डेन क्रोटन पनि अव काठमाण्डौँमा पनि हुर्कन थालेको देख्दा अचम्म लाग्न थालेको सन्दर्भमा यस्तो भ्यागुता काठमाण्डौमा यसपाली गर्मीमा मैले फेला पारेपछि अव गोमन,भाईपर,करेत, माउशुली,भानेमुंग्रा,सवैलाई मान्छेको जस्तै काठमाण्डौँ मै बस्न रहर चलेको महसुश भयो । झण्डै २१ दिन अघि गत श्रावणमा भक्तपुरको सूर्य विनायक नगर पालिका वार्ड नं.०३ ब्रम्हनगर–गौरी शङ्कर मार्ग परिशरको हामी बसेको घरको एक चेपमा झट्टहेर्दा क्विन्स लैण्डमा फेला पारेको ‘टोडजिला’
भ्यागुता जस्तै खस्रे भ्यागुता फेला पारेँ । स्वाँहा स्वाँहा गर्दै ४ इन्च माथी खुट्टा तन्काएर आँखा समेत त¥यो । आफुसँग चुस्त घुमन्ते फोन नभएकोले छविचित्र उर्तान सकिनँ । बारीमा मकै तरकारी लाएकाले खान पनि पाउने,मान्छेको कम चहलपहलमा सुरक्षित पनि हुने ठानेर दाउराको टुक्राले च्यापेर ३० फिट परको वरिपरि पर्खाल लाएको बारीमा लौ यही बस ‘टोडअवतार’ भन्दै छोडेर आएँ । विम्ब लिनुप¥यो भन्ने सोचेर पछि बारीमा खोजेँपनि भेटिएन । २१ दिनपछि हामी बसेको घरको आँगनमा विरालाको लिण्डा जत्रो आकारमा कालो गिलो लिण्डा यत्रतत्र भेटेँ । यो खस्रे भ्यागुताको नै दिशा हो,भालेलाई बारीमा छोडेको भएपनि पोथी पनि पो रहेछ–भाले पोथीको मिलन गराईदिनु प¥यो भन्ने ठानेर ढुङ्गा–ईट्टाको चेपमा खोज्दै जाँदा फ्यालेको कालो फोमको एउटा टुक्रामुनि ईट्टामा चेपिएर बसेको अवस्थामा फेला पारेँ । यो बीचको अवधिमा आँगनमा मुशा बाहेक अरु किरा फट्यांग्राले दिशा नगरेकाले त्यही पहिले बारीमा छोडेको भ्यागुता नै हो भन्ने ठहर गरेँ ।
म सँग छवि लिने खालको मोवाइल फोन नभएकाले वरिपरि कोही मान्छे भेटिन्छ की भनेर पर्खिएँ । कोही पनि फेला परेनन्,भ्यागुतो पनि भाग्न तयार भएको देखेपछि हत्तपत्त फोहर दानीमा राखेको दुईवटा टपरी खप्टेर छोपेर ८० फिट परको अर्को मकै र तरकारी रोपेको बारीमा लगेर कुरजस्तो बनाएर राखिदिएँ । मैले थन्काएको करिव ४५० सय ग्रामको त्यती ठूलो त्यो खस्रे भ्यागुतो काठमाण्डौंमा कशरी आईपुग्यो जिज्ञाशा छ । तस्वीर लिएर देखाउन नसकेकोमा फेरि पनि थकथक लागेको छ । हामी बसेको घरबाट करिव ३ सय मिटर पर प्रसिद्ध देशान्तर साप्ताहिक एवं टेलिभिजनका अध्यक्ष–नेपाली काँग्रेसका नेता–वरिष्ठ सञ्चार कर्मी–लेखक सचेत नागरिक कविर राणाको घर छ । उहाँको घरको छेउको बाटोबाट हिँड्दै जाँदा उहाँ पनि बाहिर आँगनमा हुनुहुँदो रहेछ भने एकछिन बसेर गफगाफ हुन्छ ।
गत २०७९ सालको हिउँदमा उहाँको घरभित्रको गमलामा हामी बसेको घरमा भएका हाँगा नै सर्ने राता,सेता,गुलावी प्रजातीमध्य अलि दुर्लभ खालको फुल देखेपछि माँगे । अहिले सर्दैन अशारमा लैजान भनेर कविरजीले भनेपनि मैले सार्छु भनेर ल्याएँ र अहिले यही भदौ ०७ गते त्यो फूलपनि फुलेपछि त्यसको तस्वीर सञ्चित गरियो ।
भदौ ०७ गते त्यही फूल नजिकको अर्को लक्ष्मण बुटी–घडी फुलको हाँगामा सारै चिटिक्क परेको पुतली बसेको देखेपछि यो पुतली भक्तपुरको पुतलीमध्ये सवभन्दा राम्रो र ठूलो पनि हुनुपर्छ भन्ने लाग्यो । त्यतीबेला मलाई भानुभक्त रामायण,सुन्दर काण्डको–“भ्रमरहरु लताका पातमा हल्ली हल्ली,घुनुनु घुनुनु गर्दै हिँड्दछन् बल्ली बल्ली”भन्ने श्लोकको सम्झना भयो र उड्ला भनेर हत्तपत्त तस्वीर लिन लगाएँ ।
प्रकृतिका सिर्जनाहरुलाई माया गर्नुपर्छ । मैले माथी भेटेका देखेका सवै प्रकृतिका सिर्जनाहरु हुन । तर,मैले देखेका भेटेका र अहिले भोगीरहेका दुईखुट्टे नेतारुपी भ्यागुताहरु विषालु छन्,ती कठपुतली हुन–
“उर्तिण भएकालाई अनुतिर्ण भएको भनेर देखाई रहन्छ, धर्ती र अम्बरको मिलन भएको भनेर देखाई रहन्छ । सबैको लगाम उसैको हातमा छ,कठपुतलीको खेल देखाई रहन्छ ”भनेर म सँग सामाजिक सञ्जालमा जोडिनु भएका हिन्दुस्तानका युवा साहित्य लेखक कमलेश पाण्डेय ‘कमल’ ले आफ्नो सामाजिक सञ्जालको भित्तामा ०९ अगष्ट ई.सं.२०२३ मा साझा गरेको कविताले सङ्केत गरे झैँ ।
“यो ग्रहलाई हामीले नै बचाउने हो,राजनीतिज्ञहरुको त कुनै भर छैन” भनेर ग्रेटा थनबर्गले भनेको सम्झदा अहिलेका जे मन लाग्यो त्यही क्वार क्वारे बकबक गर्ने दुईखुट्टे नेतारुपी भ्यागुताहरुबाट अव यी फुल त के कुरा सुन्दर फुलहरुको यो नेपाल बगैँचा नै बचाउँने छाँटकाँट नदेखेर होला पुर्खाहरु देखिनै प्रकृति तथा वातावरण प्रति समर्पित हाम्रो परिवार बस्ने घरमा शरण लिन आएका होलान भन्ने सोचेर–“उदेक लाग्छ सत्य अनि निष्ठा डगमगाउदा ! फाटिसक्दा धरातलनै के गर्नु खै धर्तिका कुरा !!”भन्दै मिति श्रावण ३० गते बि.सं.२०८० मा नेपाल सरकारको कर्मचारी,कवि यत्री तथा साहित्य लेखनमा संलग्न लक्ष्मी न्यौपानेले आफ्नो सामाजिक सञ्जालको भित्तामा साँझा गर्नु भएको मुक्तक तथा अर्का कवि नवराज पौडेलको–“अवश्य नै पुज्नु पर्छ आगो ढुङ्गा माटो जल र वायु,बढाउनु नै पर्छ सम्पूर्ण जीवमा प्रेम र आफ्नै आयु,पृथ्वी जन्मभूमी जननी पुज्नु आडम्बर भन्छौ भने,कसरी बुझौला जीवन जगत्,राखौला दुरूस्त स्नायु”भनेर ०७ भदौ बि.सं.२०८० आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको पर्यामुक्तक सहित देहायका कविताहरु हामी बस्ने घरमा आएका ती पुतली–भ्यागुता–फूललाई समपर्ण पनि गरेँ ः
(क) म सँग सामाजिक सञ्जालमा जोड़ीनु भएका प्रसिद्ध पुस्तक ‘माया मरी न मन मरा’का भारतीय लेखक अमित तिवारीले मैले नेपालीमा अजुबाद गरेको देहाय बमोजिमको पर्यावरणीय कविता मिति डिसेम्बर ०४ ई.सं.२०२२ मा आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको थियो ः
“नदीहरुले पीउँने गर्छन्,साबुन र तेल
पीउँने गर्छन,घरघरबाट निश्केका फोहर र मैला
पीउँने गर्छन ,मल,मूत्र,वीर्य र रजलाई पनि
“नदीहरुले पीउँने गर्छन,पेट्रोल र डीजल
पीउँने गर्छन,कारखानाबाट निश्केका राशायनिक पदार्थ
र पीउँने गर्छन,लोभ र ईष्र्यालाई पनि
नदीहरुलाई आमा भन्ने,बनाएको छ रखौटी
सभ्यताको सबै पराकाष्ठाहरुलाई नाघेर,गरेका छन छल
यसैगरी नदीले पीएका छन तपाईको छललाई पनि
नदीहरुले पीउँने गर्छन,सबै तिम्रा कष्टहरु
पीउँने गर्छन, तिम्रा सबै पापहरु,तिम्रो दुःखहरु
दुःख को लत पनि यस्तो,कि पीएपछि पनि
उनले साथ दिनेछन्,मृत्यसम्म,नदिहरु साथ मैँ रहन्छन् ।
मृत्यसम्म र पीउँने गर्छन,तपाईको भष्म…
अब कुन परिभाषा बाँकी रह्यो र नदीलाई देवी बनाउनको लागि…।
(ख)“हिजोआज मेरो मन मलाई नै ठुङ्छ किन ?म नै मेरो दुष्ट भएँ भनी भनी रुन्छ किन ?
टल्केपनि घामसँगै जगतलाई हँसाएर,भविष्यको त्रास सधैँ हिमाललाई हुन्छ किन ?नासिदो छ हरियाली नासिदा छन् रुखहरू,उपकारी बन्नेको नै यस्तो गति हुन्छ किन ?उडाएर कालो धुवाँ धरती र आकाशमा,उद्योगले हावालाई विष बनाइ दिन्छ किन ?ऐँसेलुको झाँङमुनि जन्मथलो भएपनि,त्यही नदि सहरमा ढलमति हुन्छ किन ?जीवनलाई हराभरा पारिदिने पानीले नै,बाढी भई गाउँघर बगाएर लान्छ किन ?सर्वश्रेष्ठ भन्नपनि लाजैलाग्ने भइसक्यो,मनुवाले धरतीलाई अझ दुख दिन्छ किन ? हिजोआज मेरो मन मलाई नै ठुङ्छ किन ? म नै मेरो दुष्ट भएँ भनी भनी रुन्छ किन ?”
(–कृष्ण बाउसे,२०७९ । किन ? । सामाजिक सञ्वालको भित्ताबाट,मिति २०७९ मङ्गशिर १७ गते ।) ।
(तस्वीर श्रेय ः अस्ट्रेलीयाको बर्षा वनमा फेला परेका २.७ किलोको ठूला खस्रे भ्यागुतो । क्विन्सलैण्ड डिर्पान्टमेन्ट अफ इनभ्यारोमेन्ट एण्ड साइन्स मार्फत कैमरुन एटफिल्ड,२०जनवरी २०२३,ब्रिसवन टाइम्स तथा अल जजिरा,एएफपी,२०जनवरी २०२३,कोफि नाइन जीएजी २१ जनवरी २०२३ । ०७ गते भदौ बि.सं.२०८०को फूल र पुतलीको छवि म स्वयंबाट र सुनकोशी नदी नियाल्दै गर्नु भएका नेपाल सरकारका पूर्व जिल्ला वन प्रमुख एवं वन तथा वातावरण विज्ञ नवराज बरालको तस्वीर चाहिँ वीत्तीय प्रशासक जगन्नाथ बरालको सामाजिक सञ्जालको भित्ताबाट ।)