हाम्रा आ–आफ्ना कर्मपथका यज्ञहरु भाग–१



(१) कर्मको प्रवेश ः
निजामती अस्पताल अगाडी यातायात व्यवस्था बिभाग नजिक मोडमा कार्यालय समयमा सवारी साधनको चाप हुन्थ्यो र जाम हुने गर्दथ्यो । जाममा परेको बेला मैले रोकेर राखेको मोटर साइकल अगाडी सरकारी पोशाक लाएकी चालकले हाँकेकी सेतो सरकारी नम्बर प्लेट भएको स्कूटर पनि रोकीयो । नम्बर सम्झना भएन तर,पछाडीको सेतो सरकारी प्लेटमा ‘क्याच मी इफ यू क्यान’ लेखिएको थियो ।

मसँग जाममा परेकाहरु अरुले पनि त्यो हेरे । एक जनाले म तिर टाउको हल्लाएर हाँसे । जिउडाल मोटै देखीने ती महिला कर्मचारीले मलाई समाउने ताकत कशैको छैन भनेर थर्काएकी होलीन भन्ने आशयमा हाँसेका होलान भन्ने अरुको हँसार्ईप्रतिको मेरो सोझो बुझाई भएपनि मेरो आफ्नो बुझाई चाहिँ यी महिला कर्मचारीले हामी महिला अव सशक्त तथा सवल भै सकेकाले अझ बढी कर्मशील भएका हामीसँग पुरुषले अव प्रतिष्पर्धा गर्न सोच्नु पर्छ भनेर कर्मपथ उन्मुख यस्तो हाक दिएकी होलीन भन्ने लाग्यो । ट्राफिकको सङ्केत पछि हुँइकीएको उनको स्कूटरलाई मैले भेटन नसकेपछि ‘यू क्यान ट्राई मी बट यू क्यान नट क्याच मी’ को कर्मपथमा अव महिलाहरु पुगी सकेको आँकलन मेरो मनले गर्न पुगेको करिव ८ बर्ष ब्यतित भै सक्दा अहिले आएर ‘फाष्ट ट्रैक’को कर्मपथले महिलाहरुले पुरुषहरुलाई हेरेको हेरै पारेर राजनीतिमा उधम मचाईसकेका छन् । “कर्माप्येकं तस्य देवश्य सेवा”गीता माहात्म्य को यो श्लोकले देव अर्थात परमात्माको सेवा नै एकमात्र मुख्य कर्म हो भनेर कर्मको सत्य रणनीति तय गरेको हो भन्ने मैले बुझेँ । यसमा आ–आफ्नो बुझाई तय गर्ने स्वतन्त्रता छ । हामीले राम्रो काम गरेमा,कशैको हानी नहुने कर्म गरेमा त्यो सत्य कर्म–पुण्य कर्म हुन्छ,देवताको सेवा हुन्छ ? त्यो यज्ञको प्रक्रिया निर्धारित गरेको कर्म ठहर्छ । यो श्री कृष्णले अर्जुनलाई तोकीएको निधारित अर्थात नियतकर्म गर भनेर भन्नु भएको कर्म सरह हो । यस्ता कर्म गर्ने योगीहरु हुन । गीताको तेश्रो अध्यायमा यस भौतिक संसारमा मानिश कुनै न कुनै कर्ममा संल्गन हुनैपर्दछ । परमेश्वरको प्रशन्नताको लागि निष्काम भाव राखेर कर्म गर्नाले मानिश दिव्य ज्ञान प्राप्त गर्नसक्दछ गीताको चौथो अध्यायमा योगीहरु विभिन्न प्रकारका यज्ञहरुद्वारा राम्रोसँग देवताहरुको पूजा गर्दछन्(कृष्णकृपामूर्ति–श्री श्रीमद्अभयचरणाविन्द भक्तिवेदान्त स्वमी प्रभुपाद । श्रीमद्भगबदगीता यथारुप । भक्तिवेदान्त बुक ट्रष्ट,अन्तराष्ट्रिय कृष्णभावनामृत सङ्घ–इस्कोन,मुम्बई,भारत । ई.सं.१९९७ ।),यज्ञद्वारा देवताहरुको उन्नती गरेपछि हृदय–देशमा दैवी सम्पद् आर्जित हुनेछ त्यही यज्ञ गर्नेको प्रगती हुनेछ र परस्पर उन्नतीबाट परमेश्वरलाई प्राप्त गर्न सकिन्छ (स्वामी श्री अड्गडनन्दजी । यथार्थ गीता । श्री परमहंश स्वामी अड्गड्नान्दजी आश्रम ट्रष्ट,मुम्बई,भारत । ई.सं.२००९ ।) भनिएको छ
आचार्य विनोबा भावेको ‘गीता प्रवचन’मा कर्मयोगीको कर्मबाट समाजसमक्ष आदर्श स्थापित गर्ने अर्को फल प्राप्त हुन्छ ,कर्ममै आनन्द प्राप्त हुने हनाले कर्मयोगी सदैव कर्मरत रहन्छ,जसको कारण समाजमा दम्भ पनि बढ्दैन(चन्द्रकिशोर मल्लिक,२०७७ । विद्वानहरुको दृष्किोणमा गीताको सन्देश । डा.आदित्य मल्लिक स्मृति समूह गुठी,तीनटोलीया, बिराटनगर–१०,मोरङ्ग,कोशी प्रदेश ।० भनेर पुण्य कर्ममा सदैव लाग्न भनिएको छ । यो पंक्तिकारले जागीर खानतिर आफ्नो कर्मलाई लगायो । मानिश भएकाले प्रकृतिको सुष्टी जागिरेको स्वधर्म अनुशार राग–द्वेषको वशमा नपरी जनतालाई दुख नदिई “यो नेपाल स्वतन्त्र भै फुलिरहोश्”(–बालकृष्ण सम)भन्ने कामना गर्दै देशको सेवा गर्नु हो ।
(२) कर्मपथका विविध स्वरुपहरु ः
“एउटै कर्मपथलाई महा पुरुषले चार श्रेणीहरुमा विभाजित गरिदिए–निकृष्ट,मध्यम,उत्तम र अतिउक्तम । यी श्रेणीका साधकहरुलाई त्रमशःशुद्र,वैश्य,क्षत्रीय र ब्राम्हणको संज्ञा दियो । शुद्रवाला क्षमताबाट कर्मको आरम्भ हुन्छ र साधना–क्रममा त्यही साधक ब्राम्हण बन्नजान्छ । यसभन्दा पनि अगाडि जब त्यो परमात्मामा प्रवेश पाउँछ तब–‘न ब्राम्हणो न क्षत्रीयःन वैश्यो न शुद्रः,चिदानन्दरुप ? शिवोऽहं शिवोऽहं ।’ त्यो वर्णबाट माथी हुनजान्छ । यही कुरा श्रीकृष्ण पनि भन्नु हुन्छ कि ‘चातुर्वर्ण्य मया सृष्टम्’ चारवटै बर्णको रचना मैले गरेँ । तब के जन्मको आधारमा मानिसलाई विभाजित गर्नुभयो ? होइन,‘गुणकर्म विभागशः–गुणहरुको आधारमा कर्म बाँडीयो”(स्वामी श्री अड्गडनन्दजी । यथार्थ गीता । श्री परमहंश स्वामी अड्गड्नान्दजी आश्रम ट्रष्ट,मुम्बई,भारत । ई.सं.२००९ ।,पृष्ठ ८१) भनेर शास्त्रमा भनिएको छ ।
लाल बहादुर सिन्धुली हर्षाहीको दनुवार हुन । दनुवारहरु अत्यन्त सोझो समुदाय मानिन्छ । दनुवारहरु कशैले अधिकारी थर लेखाई सके,नुवाकोट धादिङ्गतिर राई थर लेख्छन् । दनुवारले चाहेमा मन्त्रले तुरुन्तै बाघ बन्न सक्छन भन्ने बुढा पाकाहरुले भनेका कुराले अहिले पनि दनुवार भनेपछि मान्छे डराउने भएकाले शहरमा चौधरी भनेर लालबहादुरले आफुलाई चिनाएका छन् ।“आफुले गर्न सक्ने काम अरुबाट गराउन नखोज्नु” भनेर महात्मा गाँधीले भनेको मलाई जानकारी थियो । जागीरमा बढी लेखाएको चापले हातको कुमको लेगामेन्टमा समश्या भएर चिकित्सकले कम लेख्ने–एकदम हल्का भार बोक्ने भनेतापनि छिमेकीले जमिनमा बाली नाली लाउनु हामीलाई दिनु पर्दैन,आएको बेला तरकारी दिन मनलागे दिनु नत्र त्यो पनि पर्दैन भनेका र बाँझो राख्दा असभ्य मानवीय व्यवबहारको कारण राती राती आएर फोहर एवं मरेका मुसा तथा कुकुर विराला समेत फ्याल्ने गरेकाले ऋतु अनुशार मकै,तरकारी लाउने गरेको सन्दर्भमा म काममा लागेको देखेमा वा थाहा पाएमा मेरो हातको अवस्था बुझेका लाल बहादुर ‘म मिलाएर गर्दिन्छु’भनेर कोदालो समाउन आईपुग्छन । आठसय मागेमा थपेर दिन्छौं,खाना खाजा निशुल्क खुवाउँछौं । उनीले कामको ठेक्का लिएपनि काममा हामी परिवारका सवै भिड्छौँ–“बाँझो जमिन अधियाँमा तपाई दिँदै हुनुहुन्छ,यो रोटीको टुक्रा हो म्यादी ज्वरो आएको वेला”(–अदम गोँडवी । धरती की सतह पर । भारत । पृष्ठ ५३) वाचन गर्दै । राज मिश्त्री,पानी टैङ्की सफा,रङ्ग रोगन,खसी(गाई बस्तु पालन,खनजोत,सिन्ध,ली देखी भूँइ कटर–केरा–आँप–लिची–चामल –तामा समेत ल्याएर सस्तोमा बेचेर बस भाडा उठाउने लालबहादुर मैले सहसचिवको जागिर छोड्दा पाउने तलव भन्दा दश हजार बढी नै मासिक कमाउने गर्छन । उनी कर्मको लागि म भन्दा सर्वगुणी भएकाले उनी आर्जनमा म ब्राम्हणलाई उछिनेका छन् । हामीले भोगेको संस्कारमा उनी जन्मले शुद्र भएपनि अहिले कर्मले ब्राम्हण हुन भन्नु पर्छ ।
यो कुराहरु व्यक्त गर्नु पर्दा मलाई देहायका साहित्यका पंक्तिहरुको सम्झना हुन्छ स्“मजदुरको भन्नु के हुन्छ र साथमा बरिलै,उही दुइटा पाखुरी हौ सोधन मजदुरलाई । ”(–बेदना सहित्यिक पत्रिका । नेपाल । बि.सं.२०३६) ।
“तू कादिर ओ आदिल है मगर तेरे जहाँ मेँ,हैँ तल्ख बहुत बन्दा ए मजदूर के औकात ।”(–इकबालःअल्लमा इकबाल मसऊदी– मुहम्मद इकबाल मसऊदी– इकबाल–ए–लाहौर । अविभाजित भारत,पछि लाहौर पाकिस्तान ।) । (शब्दार्थ् ः कादिर.शक्तिशाली, समर्थ, बलियो । आदिल.ईमानदार,अन्याय नगर्ने । जहाँ.संसार,दुनिया,लोक,पृथ्वी । तल्ख. दुर्भाव,कठोर,छुचो । बन्दा.दास,सेवक,केटों,भक्त। औकात.अबस्था,हैसियत,सामर्थ्य ।)। “मेहनतको नशामा लठ्ठ भएको छु म,आरामबाट कैयौँ कोश टाढा छु म । तर लड्नको लागि बाध्य छु म,मजदुर हुँ म,मजदुर हुँ म ।”(–अशरारुल हक मजाज लखनवी । मजदूरोँ का गीत । भारत ।) ।
कुनै समय प्यालेष्टाइन मुक्ति मोर्चा–पीएलओको बिरुद्ध इजरायलले सिर्जना गरेको (इजरायली क्रियचर) हमाशले गलत कर्म गर्‍यो भन्दैमा त्यसलाई अर्को गलत कर्मगरेर इजरायलले जवाफ फर्काउँदा हमाश भन्दा कुन अर्थमा इजरायलको नेतान्यु सरकार फरक भयो र ?


हमाशको गलत कर्मको विरोध गर्नुपर्छ । तर,इतिहाशमा सताउने हिटलरको समर्थन तथा इष्ट इण्डियासँग क्षमा मागेर उल्टै समर्थन–सहयोग गर्ने लिखत गरेका दामोदर सावरकर पथमा हिँडेर ‘इजरायलले कव्जा गरेको प्यालेष्टाइन जमिन खाली गर्नुपर्छ’भन्ने आफ्नै दलका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयी को नीति विपरित अहिले भाजपाले इजरायल प्यालेष्टाइन युद्धमा इजरायलको मात्र एकोहोरो पक्षमा कर्म गरेको भनेर भारत मै आलोचना मात्र भएन उल्टै भाजपा समर्थक मेडीयाले प्यालेष्टाइन बारे विश्वमै सवभन्दा बढी गलत समाचार दिएको भन्दै“एनलायसिसःह्वाई इज सो मच एन्टी–प्यालेष्टाइन डिसइर्न्फमेशन कमिङ्ग फ्रम इण्डिया ?” भनेर अलजजिरा अखबारमा समाचार प्रतिबेदन प्रकाशित हुँदा भाजपा भारतलाई बानाना रिपब्लीक बनाउन कर्ममा उद्धत हुँदै गएको भन्ने बहश पनि चल्यो । जनता र समाजलाई प्रशन्न पार्न सके परमेश्वर प्रशन्न हुन्छन् भन्ने कुरा बुझेर भारतका प्रधान न्यायधीस डीवाई चन्द्र चुड आफुलाई निर्धारित कर्मलाई सदाचार सुकर्मले सम्पन्न गर्न सक्रिय हुनुहुन्छ । केही दिन अघि जर्ज टाउन युनिर्भसिटी ल सेन्टर वासिङ्गटन र सोसाइटी फर डेमोक्रेटीक राईट्स–एसडीआर दिल्लीको संयुत्त आयोजनामा तेश्रो तुलनात्मक संवैधानिक कानूनी बहशलाई सम्बोधन गर्दै ‘हामी प्रत्येक ५ बर्षमा मत माग्न गएर निर्वाचित हुँदैनौ त्यसैले हामी न्याय गर्ने कसैले तलमाथी यताउती नअल्झी समाजमा हुने प्रभावबाट पर रहेर समाजलाई स्थिर गर्ने क्षमता राख्नु पर्छ । हामी आफैं कार्यपालिका हो । जनताको आवाजलाई हामीले सुन्नु पर्छ,जनता सिर्फ फैशलाको लागिमात्र हैन संवैधानिक परिवर्तनका प्रकृयामा आवाज उठाउन पनि अदालतको ढोका घचघचाउँछन’ भनेर भन्नु भएका कुराले अहिले भारतका सकारात्मक चर्चा बटुलेको छ । अन्यायलाई मान्यता दिन सकिदैन”भन्ने मुन्सी प्रेमचन्दको भनाईलाई चन्द्रचुडले सुकर्ममा लगाउनु भएको चर्चा गरिन्छ । जाजरकोट भूकम्प प्रभावितका लागि काँग्रेस सांसदले १५ दिनको पारिश्रमिक दिने,जाजरकोटका भूकम्प पिडितको उद्धारको लागि नेपाली काँग्रेसले ५० लाख सहयोग गर्ने भएछन । अरु दलहरुले पनि सहयोग गर्ने भएका छन् । परोपकार सुकर्म हो ।
(३) नारीका आ–आफ्नै कर्म कथा ः


भारतको पश्चिम बङ्गाल राज्यको स्थानीय निकायको निर्वाचनमा बामपन्थी महिलाहरुले कुनै तामझाम विना,अति महत्वकाक्षा नलिइकननै गरेको सत्कर्मी चुनावि प्रचारले सामाजिक सञ्जाल–सोसल मेडीयामा स्थान पाएको थियो । भारतको हिमाञ्ल प्रदेशको एउटा गाँउमा कुस्ती प्रतियोयगिता हुँदा हेर्ने ९० प्रतिशत दर्शक महिला नै थिए भनेर सोसल मेडीयामा साझा भएको थियो । भारतमा महिला बैज्ञानिकहरुले चन्द्रयान उडाए,सरकारी सेवाको आइएएस परिक्षामा उच्च स्थानहरु ओगटे । नेपालमा सवभन्दा चिल्ला सुकिला नेता तथा कार्यकर्ता संसदबादी बामपन्थी पार्टीहरु कै देखिन्छ । हल्ला सुनेको प्रमाण लाग्दैन । मैले हल्ला सुने अनुशार कुनै बामपन्थी दलको महिला सम्बन्धी जनबर्गीय सङ्गठनको जिल्ला सम्मेलनमा दुई ट्रक वियरका कार्टुन ओशारिएको थियो रे विगतको कुरा हो । यस्तो हल्ला राजनीतिमा लाग्न महिलाहरुलाई बदनाम गराउन गैर राजनीतिज्ञहरुले गरेका होलान भनेर मैले चाहिँ नपत्याएको बकपत्र यही प्रस्तुती मार्फत गरेको छु ।
नारी पुरुषको प्राकृतिक–लैङ्गीक–नाता गोता,पारिवारिक स्थिति सहितको सामाजिक परिवेश–मानवीय ब्यबहार लगायतका कुराहरुले सोच्ने बुझ्ने सबै कुरामा फरक हुन्छ नै । कोही नारी अबिश्वशनीय तवरले सफलता हाशिल गरेको प्रति समाजमा अनेक सकारात्मक–नकारात्मक टिप्पणी हून सक्छन । तर यो निश्चित हो की सबै नारीको सोच पनि एकै हुदैन । भारतीय बामपन्थी नेतृ बृन्दा करातको साधारण पहिरनबाट प्रभावित भएर मेनका गान्धीको पहिरन समेत मन पराउने पूर्व पत्रकार–सामाजिक पक्षमा कलम चलाएर राष्टिय दैनिकहरुमा लेख प्रकाशित गरेकी सामाज सेवी मेरी अर्धाङ्गिनी लक्ष्मी लता बरालले समेत बृन्दा करातको पहिरनको खोजी गरेर लगाइन ।


(तस्वीर) सवै लेखकबाट सङ्कलन,मार्फत लेखक स्वयबाटं एवं सामाजिक सञ्जाल तथा गुगल इन्टरनेटबाट समेत ई.सं.२०२३ । क्रमश

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *