अराजनीतिको लुतोले संक्रमित नेपाली लोकतन्त्र
“बस म केवल,एक क्रान्ति,एक प्रजातन्त्र,एक चुनाउ,र एक भोट हुँ,केवल एक भोट हुँ” (–भूपी शेरचन । नेपाल ।) ।
(१) ०७ मंसिर बि.सं.२०८० को दिन बिहानै देखि नेपालीहरुको मनले सम्भावित घटनाको पूर्व कल्पनामा त्राशदी बोकेको थियो । नेकपा एमाले र उधमी दुर्गाप्रसाईले प्रदर्शन गर्ने शक्तिको कारण मुठभेड भएर अप्रिय घटना पो घट्ने हो की भन्ने ! “नेताहरुको राजनीतिलाई बुझी नसक्नु,ब्यबहार–चर्तिकला दश रङ्गी । कुमति निवार,सुमति के सङ्गी”।। बाचन गर्दै केही नहोश भनेर त्यो दिनभरी प्रतिक्षा गरियो । कुनै अप्रिय घटना भएन,ट¥यो । लुतो एकातिर कन्याउनु अर्कोतिर के गर्नु–डर,आशा,आत्मविश्वास र अहङ्कारको प्रर्दशन ! परिवर्तनबाट नयाँ नेपाल बन्ने आशा गरेकाहरु निराशा भएपछि अर्को शक्तिले पो केही गर्छ की भन्ने आशाहरु–केही त गर्ने नभए सकिने हुन्छ पक्कै केही न केही गर्नैपर्छ भनेर सिर्जित मन भित्रका आत्मविश्वासहरु–हामी नै राज्य हौँ,रजगज अनि राज्यको दोहन नै हाम्रो आदर्श हो,त्यसको लागि चरित्र मात्र हैन सवै गुमी गुमाई सकेको रहश्य बाहिरिन्छ की भनरे त्राषदीमा परेका डरहरु सवैको अधिकार थियो अराजकताले दिएको स्वच्छन्द अधिकारभित्र !(२) “धेरै मानिशहरुको २५ बर्षमैँ मृत्यु हुन्छ,खाली उनीहरुलाई हामीले ७० बर्ष नहुञ्जेल नगाडेको मात्र हो” भनेर बेञ्जामिन फ्रैङ्कलिन ले भन्नु भएको सम्झदा प्रदर्शनमा ७० बर्षका मानिशहरु पनि देखेपछि र प्रदर्शनमा २५ बर्षकाले बरु हुलमालमा जिऊ जोगाएको देख्दा ७० बर्ष बर्ष पुग्न अझै निकै बर्ष बाँकी यो पंक्तिकारले “उखेलेको आत्मविश्वासले सवै कुरा नष्ट गर्छ” भन्ने भारतका प्रशिद्ध ब्यङ्गकार हरिशङ्कर प्रसाईको सन्देशको भाव बुझेर प्रदर्शनहरु हेर्दै तलका काब्यकथाहरुलाई समाहित गर्न जाँगर जुट्यो । यो काव्यपनि हो–कथा पनि अनि गन्थन हो पनि भन्न सक्नु हुन्छ । चलखेल पो खेल्ने हो लेखेर केही हुनेवाला छैन भनेर सम्झाउनेहरु ले पटक पटक सम्झाउँदा पनि–“केही नबोल्दा पनि खोशिन्छन् हाम्रा बोली विचार,सुख–मान–सम्मान–प्रतिष्ठाहरु, अन्याय–अत्यचार सहँदा पनि पापी अपराधीलाई नै मद्धत पुग्छ ।”(–मुजफ्फर वारसी । कारवान–ए– गजल । पाकिस्तान । फरीद बुक डिपो । ई.सं.२००४ । पृष्ठ २१८ ।) भन्ने मनले सम्झेर हातले कलम समायो । गैर राजनीतिक ब्यबहारको लुतोले संक्रमित नेपाली अहङ्कारी लोकतन्त्रबारे गन्थन लेख्न भ्याएँ । (२क)“जव शासन सत्ता,शक्ति भएकाहरु नै पूँजीपतिहरुको अबैध श्रीमति–रखौटी हुन्छन भने,सारा जनतालाई बिद्रोह गर्ने खुला अधिकार हुन्छ(पृष्ठ २३)”। …सयमा सत्तरीजना जनता अहिले दुखी छन भने देश चाहिँ स्वतन्त्र छ भनेर के छातिमा हात राखेर भन्न सक्नु हुन्छ ?(पृष्ठ ३०)”(–अदम गोँडवी । धरती की सतह पर । किताबघर प्रकाशन,दरियागञ्ज,नयाँ दिल्ली,भारत) । “कतै न कतै गरीबको हाँसो देखिने छ,एउटा चीत्कार सुनिने छ,तानाशाहको मृत्युको,तपाई जे सुकै भन्नुस म त यस्तै नै सोच्दछु“(–प्रमोद बेडीया,साहित्य लेखक,भारत ।)“यो संसार निदाएका मान्छेहरुको भीड्Þ हो–निदाएका मान्छेहरु ब्युँझेका मान्छेहरुलाई सहन सक्त्तैन्”(–ज्योतिबा फुले । भारत) ।

“यदि गरीबहरुको समस्या र पिँडाहरुको लागि प्रकृतिको नियम जिम्मेवार नभएर हाम्रो ब्यवस्था जिम्मेवार हो भने हामी निकै ठूलो अपराधी हौँ ”(–चाल्र्स डार्विन ) । “भ्रष्टाचार,अत्याचारलाई हामीले कुनै हालतमा बढ्ने मौका दिनु हुँदैन !”(–स्व.श्री ५ महेन्द्र,२०१८ माघ ०७ गते) । (२ ख)म सँग सामाजिक सञ्जालमा जोडीनु भएको हिन्दुस्तानका साहित्य लेखक–पर्या अभियन्ता–बुद्धिजीवी–डा.प्रमोद कुमार मिश्रले मिति कार्तिक २४ गते बि.सं.२०८० तदानुसार तारीख १० नोभेम्बर ई.सं.२०२३ को आफ्नो सामाजिक सञ्जालमा साहित्य लेखक विनोद कुमार शुक्लको एक हिन्दी कविता साझा गर्नु भएको थियो । उक्त कवितामा अब समाजमा हुने खानेहरु बढेका छन–ईश्वर भएका छन् भन्ने भाव भएको मेरो ठहर छ । मैले नेपालीमा भावानुवाद गरेको छु ः “ईश्वर अब धेरै भए,सबै तीर धेरै भए,निराकार साकार धेरै,प्रत्येक मान्छेसँग खूब धेरै छ । धेरै बाँडिए पछि बचेको धेरै छ । पृथक–पृथक मान्छेहरुसित फरक फरक धेरै बाँकी छ । यस अत्यधिकताको बीचमा म आफ्नो खाली झोलालाई झन खाली गर्नको लागि डराउँदै झट्काल्छु जसरी कुनै निराकार खश्दछ ।” “सधैँ झैँ थरि थरिका उपहार छन्,सिलिण्डर,स्कूटी,काठ दाउरा खशि बाख्राका बाचाहरु छन् । दिदी बहिनी,आमा,केटाकेटी सबैको संंरक्षणको दावीहरुछन् । लोभ लालचमा त पर्नु नै छ जबकी बाचाहरु त सजिलै चुँडीने धागाहरु हुन् । शिलन्यास,उद्घघाटन तामझाम सहित भयो,सहभागिहरुको फुर्तिफार्ति देखेर सबै चकित पनि भए । परजातन्तर त फलिफाप होश तपाई नै त धनि–मालिक हो,चिप्ला चिप्ला भाषामा यीनै कुरा त सम्झाँउछन् । पेट भरियोश की नभरियोश,काम इलम पाइयोश की नपाइयोश,तैपनि झर्ला र खाउँला भन्ने थुप्रै आशाहरु छन् । कैयौँ जुग गए,कैयौँ आउने छन् र कैँयौँ कैयौँ बाचाहरु छन्,जनताको साशन बनाउनु सक्नु छैन,बिश्व गुरु बन्ने दावी गर्छन” भन्ने भावनात्मक बिचार भारतका साहित्य लेखक,बुद्धिजिवि,अर्थशास्त्रि,प्राज्ञ डा.अमिताभ शुक्लले ‘आप ही मालिक हो’ शीर्षकको एक कविता मार्फत सामाजिक सञ्जालमा साझा गर्नु भएको थियो । भारतीय तथा नेपाली जनताका पीँडाहरु उस्तै पो रहेछन् जस्तो लाग्यो । डा.अमित शुक्लको कविताले बाचाहरु पुरा नभएको तथ्यको उजागर गरेपनि आगामी आम चुनावको ख्याल गरेर भारतीय काँग्रेस नेता राहुल गान्धीले–“जति भाजपा सरकारले अडानीलाई बितरण ग¥यो त्यती म गरिव,किशान,मजदुर,दलित,आदिबाशी लगायत पछि परेका जनतालाई दिन्छु । …अशली राजनीति अर्वपतिलाई मद्धत गर्न हैन गरिव,किशान,मजदुर,दलित,आदिबाशी लगायत पछि परेका जनतालाई मद्धत गर्न हो” भन्दै यही नोभेम्बर महिनामा बाचाहरु त गरि पो हाल्नु भयो ।
(२ ग) म सँग सामाजिक सञ्जालमा जोडीनु भएका भारतका सम्मनित प्रसिद्ध साहित्य श्रष्टा प्रयास जोशीले ‘अहङ्कार’ शीर्षकमा सामाजिक सञ्जालमा कविता साझा गर्नु भएको थियो ः
“अहङ्कार । आफ्नो छातीको टाँक खोल्दै हाँईफाई गर्दै भन्दै थियो । मैले हप्काएँ–पहिले टाँक बन्द गर अनि बोल्नु,यो लोकतन्त्र हो,रुघा खोकी लाग्छ । उसले टाँक बन्द गरेन बरु कलर माथी ठड््यायो । आँखा तर्दै हाँस्दै सोध्यो–अब त हुन्छ होला नी ठीक भयो ?मैले भनेँ तिमिलाई नै थाहा होला,यो लोकतन्त्र हो । रुघा खोकी लाग्यो भने मलाई नभन्नु नी …। अहङ्कारले भन्यो–तिमि को हौ र तिमिलाई भन्नु ?यति चाडैँ बिर्सिसक्यौ मलाई ? म मतदाता हूँ,तिम्रो …। अहङ्कारले बाहिर प्रकट हुन लागेको आफ्नो अशली रुपलाई रोक्दै भन्यो–रुघाखोकी सम्बन्धी कुनै चिकित्सक हौ ?”
लोकतान्त्रिक अझ गणतान्त्रिक,उसले आफ्नो छेउमा समाजबाद पनि बसाएको छ । कराडौँ खर्च गरेर चुनाव जितेको सरकार पो हो त । उहाँ नी ?उहाँ पनि भूपू सरकार–अहिले गनगने प्रतिपक्ष सरकार
र उहाँ ? उहाँ जसले सत्ता दिन्छ त्यसकै पक्षको रमिते प्रतिपक्ष । सवै अनुभव छ उहाँहरुलाई उहिलेको सरकारलाई भन्दा बढी,सबै पुगेको छ । सवै अनुभवी छन् लोकतान्कि समाजबादको ःअपराधीकरण–चरित्रहरण–बजारीकरण–निजीकरण गर्न,मुद्धहरु हैन कुण्ठा इष्र्याको नौटङ्कीले सदन संसदको प्रक्रिया मार्न । सत्तापक्ष प्रतिपक्ष अनि रमिते पशले हुन थोक व्यापारी जनताको मत–मतले आर्जित जनताको सार्वभौमिकता सवै सस्तोमा खरिद गर्छन । स्वभीमान–असङ्गलग्नता–नदीनाला–नागरिकता–सिमा जङ्गेपिलर–इमान–देशभक्ति बेच्नमा सहमति गर्छन सरकारहरुका हैशयतको संख्या बमोजिम नाफाको साझेदारीमा । खुव बोल्छन्,स्वभाविक हो–बोल्न दिऊँ,स्वार्थीय पुपुलाइएको धाप छ–र पो अहङ्कार छ विरोध गर्न पाईदैन भक्तहरुबाट हुने डरको राप छ । जनसार्वभौमिकताले भन्छ–बिरोध त आफ्नैहरुको पनि गर्नुपर्छ–राजनीतिको ओढ्ने ओढेका चाहे फूपू हुन,चाहे भदा,चाहे बा अनि दा नै हुन,चाहे हजुर बा,चाहे भाउजु हुन,चाहे माइजु हुन वा माइजु,कामरेड दामरेड हामरेडहरु नै किन नहुन् बिरोध त गर्नैपर्छ–बाटो विराउन थालेपछि । अहिले नेपाली जनताले चरम महङ्गी–चरम बेथीतीको कुटाई खाएर जीविका गरेका छन् । यति बेला हामीले सानोमा हिरोले कुटदा ताली बजाउने गरेको अनी तालूमा सलाइको काँटी रगडेर हिरोलाई तर्साऊँने खुईलिएको टाउकोसँगै राता राता आँखा पारेर अभिनय गर्ने एक विशाल व्यक्तित्वको धनी मुद्दु बाबु शेट्टी–एम बी शेट्टी शेट्टी नामले प्रसिद्ध भारतीय चलचित्र स्टन्टम्यान,एक्शन कोरियोग्राफर र ई.सं.१९७० को दशकमा हिन्दी सिनेमामा अभिनेताको रूपमा चर्चित एक पात्रकों सम्झना हुन्छ । चलचित्रमा शारीरिक रूपमा आफु भन्दा आधा अझ कहिलेकाहीँ त चौथाई नै देखिने नायकबाट कुटाई खाएको देखेपछि एक दिन सानी छोरीले ठुस्स पर्दै उहाँशेट्टीसँग–“बाबा हजूर यत्रों तगडा हुँदाहुँदै आफु भन्दा कमजोर देखिने हीरोको कुटाई किन खानु हुन्छ,‘तिम्रो बाबा त जुन सिनेमामा पनि हीरोको कुटाईमात्र खान्छन’भनेर मलाई साथीहरू जीस्क्याऊँछन”भनिछिन । सानी छोरिकों कुरा सुनेपछि भावुक हुँदै–“छोरी,जुन यो घर हेरि रहेकी छौ–यो सोफा–यो टीभी–यी सबै सामान–तिम्रो बिधालयको पोशाक,झोला,पुस्तक–मलाई हिरोले कुटेपछि अनी मैले कुटाई खाएपछि जे पारिश्रमिक पाऊँछु त्यसैले नै यो घर तिम्रो स्कूल चलेको छ–कुटाई खाएर नै यो घरको खर्च धानेको छु । नानी । यदि मैले हिरोलाई कूटेँ–मुक्का मुक्की गरेर हराएँ भने त मैले चलचित्रमा कुनै काम पाऊँदिन छोरी ! ”शेट्टीले भन्नु भएछ (लगभग ४१ बर्ष अघिको हिन्दी पत्रिका ‘धर्मयुग’ मा प्रकाशित दिनेश लखनपालको लेखबाट । सौजन्य ः भारतका प्रसिद्ध साहित्य लेखक सूरज प्रकाशको सामाजिक सञ्जालको भित्ताबाट । पिटने से घर चलता है । १० अक्टोबर ई.सं २०२३) ।

(२ घ)म सँग सामाजिक सञ्जालमा जोडीनु भएका स्टेट बैङ्क अफ इण्डियाका पूर्व प्रमुख प्रवन्धक साहित्य लेखक,उत्तर प्रदेश भारत निवाशी राजेन्द्र वर्माले ०८ मंशिर तदानुसार २४ नोभेम्बर ई.सं.२०२३ को दिन आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको हिन्दीमा लेखिएको ‘एक गजल’ शीर्षकको काब्यको देहाय अनुशार नेपालीमा भावनुबाद गरेर अहिले सान्धर्भिक देखिएकोले राखिएको छ ः
“सही मुद्धा उनले उठाउँन् त उठाउँनु कशरी ? आफ्ना स्वामीसँग पालना गरून त गर्नु कसरी ? कशीङ्गर निधारमा थुप्रीए र अरु थुप्रीँदै जाऊन,फेरि उनलाई खुट्टा सुहाऊन त सुहाऊनु कशरी ? उनी जशले रात–दिन कडा बिष पीऊँछन्,उनको ओठमा अमृत आउन त आउनु कशरी ? मनको अम्बरमा घृणाका बकुला उड्न थालेपछि,मनभित्रको कुरा भनुन त भन्नु कशरी ? सत्यनिष्ठाको शपथ लिन त लिएकै छन्,सत्य तर उनले पालना गरून त गर्नु कशरी ? झूठों नै झूठो हुन्छ जसको खाजा–खाना,हामी सँग आँखा मिलाऊन त मिलाउनु कशरी ? फूटन भाँचीन उनले मञ्जुर गरेका छन् तर,ऐनाले गलत देखाऊन त देखाउनु कशरी ?”
(३) आफ्नो हैसियत के हो ? आफु कुन पदमा छु,आफ्ना अग्रजले कति दुख गरेका थिए,के त्यस्तो काम सेवा गरेका छन जसको पोलखुल्ने डरले अग्रजहरूलाई आफ्नो जेमन्त मनाउन सकिन्छ ? अग्रजको मानमर्दनको सभ्य तरीका के हो ? पदमा छउन्जेल जसले इज्जत गरथ्यो बेकामे भएपछि उसैले नै बेइज्जत गर्छ भन्ने हेक्का राखेर मैले गन्थन लेख्ने गरेको छु–राजनीतिमा त झन सचेत हुनुपर्छ राजनीतिको स्वादे जिब्रोले ! “मनको मैला नहटाई नुहाएर के हुन्छ,सधैँ नुहाए पनि माछाको गन्ध जाँदैन“ भनेर कविरले–बाणी ५३,दिनु भएको सामाजिक सन्देशलाई ख्याल गर्दागर्दै पनि मबाट केही भूलचूक हुनगएमा मलाई सचेत गराउने अधिकार पाठक हजूरहरुमा निहित छ । “त्याग गर्न तथा आऽऽऽहोस् भनेर माया मार्नको लागि हैन बरु आफुहरुबाट खोशेर लगेका चीज बस्तुहरू फिर्ता ल्याउन गरीब–उत्पीडीत–कमजोरहरु लडाई लडड्छन(–अरुन्धति राँय । एक था डाक्टर एक था सन्त । राजकमल प्रकाशन । राजकमल प्रकाशन समुह,भारत ) भन्ने कुरा सरकारमा बसेका वा सत्ताको अनुभवीले बुझ्नु पर्छ ।
सरकारमा बसेकाहरु हुन वा सरकारमा बशेर रशोस्वादन गरिसकेकाहरु हुन ती सबै शक्तिशाली जनावर हुन । सरकारले वा सत्कारमा बसेर रसोस्वादन गरिसकेकाहरुलाई खवरदारी गरेको त मन पर्दैन । उनीहरु खवरदारीलाई कुल्चन नै चाहन्छन । यतिबेर मलाई मसँग सामाजिक सञ्जालमा जोडीनु भएका भारतका साहित्य लेखक अरुण अवधले २३ नोभेम्बर ई.सं. २०२३ मा –“ठूला जनावरको पैताला मुनि हजारौँ कमीलाहरू कुल्चीइन्छन,कुल्चीएका कमीलाहरु भनेँ बिरोधको रूपमा गर्दछन अतिप्रजनन् ”भनेर आफ्नो सामाजिक सञ्जालमा साझा गर्नु भएको कविताको भावनाको सम्झना भएको छ ।
गलत कामहरु राजनीतिमा जसले गर्छ त्यस्तालाई सम्मान मिल्ने गरेको छ । गरीब ,पिछडिएका,तल्लो बर्गका,ऋणको मारमा परेकाहरु चोर होलान तर सत्ता र सदनमा भएकाहरु महाचोर भएमा के गर्ने ? आफ्नो धर्म पन्थ मार्ग बाहेक अरुको धर्म गलत भन्नेहरु ९० प्रतिशत नास्तिक हुन भनेर भारतका प्रसिद्ध साहित्य लेखक जावेद अख्तरले भन्नु भएझैँ नेपाली राजनीतिमा पनि यस्ता राजनीतिक नास्तिकहरु हुन्छन् तर स्वार्थको लागि यीनीहरु जनताले थाहा नपाउनेगरी गठजोड गरिहाल्छन् । “दुई ब्यक्ति हून वा दुई परिवार अथवा दुई समूह वा दुई देश हुन,यिनीहरुलाई एकतामा बाँधेर राख्न समान बिचारधाराको बरु त्यति आवस्यकता नपर्ला जति निजी स्वार्थकों पूरा गर्नको लागि समान बिचारधाराको आवस्यकता पर्ने हुन्छ”—डा.बलराम तहिल्यानि सचदेव,साहित्य लेखक । भारत । सामाजिक सञ्जालको भित्ताबाट । २४ नोभेम्बर ई.सं.२०२३) जस्ता बिचारहरु पढ्दा स्वेज नहरको बदलामा अर्को मेडीटरीयन नहर बनाउने शक्ती राष्ट्रको योजना मुताविक हमाश इजरायल युद्ध भएको भनेर हल्ला गरिए झैँ नीजि स्वार्थको लागि सवै संसदबादी नेता औ संसदहरु अनि तीनका तल देखी माथी सम्मका भातृ कार्यकर्ताहरु ‘मौसेरे भाई’ हुन सक्ने रहेछन् भनेर ताली बजाएर रमिता हेर्नु बाहेक पीडीत जनताले आखिर केही गर्न नसक्ने रहेछन् । उधोगधन्दा नवउदारीकरणले खाएपछि उत्पादन–उत्पादकत्व छैन,सबै बेरोजगारहरु ‘राजनीति नामको रोजगार एवं उधम तथा व्यापार’मा लागेका छन् । राजनीतिमा जुन गतिमा अकूत कमाई हुन्छ –त्यो देखेर मान्छेले सोच त के नैतिकता त कुरै छोडौँ भएभरका सबै चरित्र नेताहरूको सामुन्ने बन्धक राखेर पद लिन खोज्छन् । नेपालका बरिष्ट सञ्चार एबं चलचित्र कर्मी,लेखक,प्रकाश सायमी मिति ०८ मंशिर बि.सं. २०८० को आफ्नो सामाजिक सञ्जालको भित्तामा लेख्नु हुन्छ–“नेपालमा ‘दल’ हरु आउन थाले,अनि ‘डन’ हरु आए । त्यसपछि ’डलर’ आउन थाले । डलरसँगै राजनीतिमा ‘कलर’ आउन थाले ।”
गैर राजनीतिक आचरण ब्याप्त भएको नाम मात्रको लोकतन्त्रमा चुनाव जितेर जनताबाट उनीहरुमा निहित सार्वभौम अधिकारका ताल्चा साँचो लिईसकेपछि बिजयी हुनेहरु नीजि स्वार्थको लागि जनतालाई हराउन चाहन्छन् अमेरिकी,लेखक,विद्वान सैद्धांतिक मनोवैज्ञानिक,सामाजिक सिद्धान्तकार प्रो.आमोस नेल्सन विल्सनले–“जनतालाई हराउन चाहन्छौ भने तिमीहरुले उनीहरु बीचको एक आपसी प्रेम सद्भाव लाई नष्ट गर्नुपर्छ” भने झैँ गरी । बेलायती औपनिबेशिक शासनको एक कालो पक्ष ई.सं.१९३४ को उपन्यास ‘बर्मीज डेज’ मा जाँडले मातीएको एक बेलायती अधिकृतलाई लाम खुट्टेले मज्जाले टोकीरहेको देखेर उनको साथीले घरको कामदारलाई के हेरि रहेको भनेर हकारे पछि कामदारले–“जब साहेब मातेर आउनु हुन्छ त उहाँले मध्य रातिसम्म लामखुट्टे कता कता छन भनेर थाहा नै पाउनु हुन्न,त्यसपछि त लाम खुट्टेलाई नै साहब कता गएका छन भन्ने थाहा हुँदैन”भनेर आफ्नो पहिलो उपन्याश मार्फत जार्ज आर्वेलले जवाफ दिन लाए झैँ नेपालको राजनीति अहिले सत्ताको जाँडले मात्तीएको छ–राजतन्त्र भन्दा पनि छोटे ‘गणतन्त्रिक राजा तन्त्रहरु’ हावी भएका छन । अराजनीति गर्दै संसदीयबादमा भासिएका नेताले राजनीतिलाई नै निर्वश्त्र बनाउन लाएको,राजनीतिले आफ्नो हित हेर्दै तथ्य लुकाएर कुनै घटनाप्रति बिचार दिने नैतिकहिनता बढ्न थालेका अनि सवैतिर धिक्कर भै रहदा पनि भक्त लम्पटहरुलेन देखेपछि कशरी लेख्ने–भन्ने अहिलेका संसदबादी राजनीतिक नेतृत्व बश्त्रधारी छन भनेर ?उता भारतका साहित्य लेखक अनिल यालव ठीकै लेख्नुहुन्छ–‘नगर बधूएँ अखवार नहीँ पढ्ती’ । मेरो–हजुरको–उहाँको–अरुको–जनताको जनआक्रोश जन्मन्छन,बढ्छन्,प्रदर्शित हुन्छन् नै । मतदाताको हस्तक्षेप बढ्नु नै पर्छ ! “नेपालका राजनीतिक दल सिद्धान्तनिष्ठ भएनन् । सिद्धान्त जनतासम्म पुगेन । विधि र सिद्धान्त विहीन राजनीति जनताले बुझेनन् । राजा र राजनीति दलमा फरक देखिँएन । धेरैले भ्रष्टाचार गर्नुभन्दा एउटा संस्था जिम्मेवार बनोस् भन्ने चाहना अहिलेको राजा प्रतिको चाहना हो ।…आठ दशकमा सातवटा संविधान फेरेको अनुभव हामीसँग छ । यहाँ सविधान दोषी होइन राजनीति र नेतृत्व दोषी हो । ..राजनीति सच्चिएन भने राजतन्त्र त आउला नआउला तर नेपालको राजनीति सरल रेखामा नहिँड्ने निश्चित छ”(–कुमार दाहाल,२०८० । नेपालमा राजतन्त्र । सिंहदरबार न्यूज–डिजिटल पत्रिका । ०२ मंशीर वि.सं.२०८०) ।
(तस्वीर सौजन्य ः डवल्युडवल्युडवल्यु डट कम स्टक डट कम एडोब डट कम इमेज आइडी ५२८६८५१५१ मार्फत गुगल इन्टरनेट २५ नोभेम्बर ई.सं.२०२३ नेपाली समय दिनको ३.३४ ।) कविताहरुको विम्ब–हस्त लिखित केही लेखकको डायरीबाट बाँकी सामाजिक सञ्जालको भित्ताबाट सङ्कलन मार्फत गुगल इन्टरनेट २३ नोभेम्बर ई.सं.२०२३ नेपाली समय दिनको २.३७) ।