भ्यायलन दिवश त मनाइयो सारङ्गी दिवश कहिले मनाउने नेपालीले ?

“सारङ्गी गाउँदै डुल्दै गीत सुनाउँदै आईपुग्यौ हामी मनको बह बिसाउँदै” भन्ने गीत विधार्थी हुँदा मोरङ्ग आदर्श बहुमुखी क्याम्पस बिराटनगरको विधार्थी सङ्गठनहरुको सांस्कृतिक कार्यक्रममा सुनेको थिएँ । रेडियो नेपालमा सुनेको सारङ्गीको धुनलाई नै प्राथकिमता दिएर झलकमान गन्दर्भले गाएको ‘हे बरै आमाले सोधलान नी खै छोरा भन्लान’ भन्ने गीत उक्त क्याम्पसमा भएको अर्को संस्कृतिक कार्यक्रममा रामेश मञ्जुलले झलकमान कै लयमा गीत गाउँदा उहाँहरुले पनि यो गीतमा झलकमान र सारङ्गीको सन्दर्भ जोड्नु भएपछि बिधार्थी कालमा सारङ्गी नदेखेको मलाई अलिअलि सारङ्गीप्रति रुची हुन लागेको थियो ।

“सारङ्गी को तारले मेरो मनको गीत गाउँछ,लेक देखी बेशी सम्म गाइने मीत लाउँछ”भन्ने मन बहादुर मुखीयाले लेखेको र कर्मयोञ्जनले गाउनु भएको प्रसिद्ध नेपाली गीत धेरै पटक सुनेपनि मैले सारङ्गीलाई बुझेको थिइन ।बाईरोडको बाटो त्रिभुवन राजपथबाट रात्रीबसमा काठमाण्डौं आउँदा नौविसे तिर सारङ्गीमा गीत गाएको पहिलो पटक सुनेको हो । पछि मुङ्गलिङ्गबाट यात्रा गर्दा त खाना खुवाउने होटलको बाहिर यात्रुहरुलाई सारङ्गीको धुन सँगै गीत गाएर खुशिले यात्रीहरुले दिने टिप्स लिएको देखेपछि मैले पनि अरु गाउन है भनेर रु २ दिएको सम्झना छ । पछि ‘सारङ्गी’ नामको नेपाली चलचित्र बन्यो(“सारङ्गीको धुनले भन्छ मेरो मनले, यहाँ अब नाँचिदेउ”भन्ने किरण खरेलको रचना र शम्भुजित बाँस्कोटाको संगीतको चर्चित गीत पनि मन पराएर गुनगुनाउने गरिन्थ्यो ।
हरिबंश आचार्यले पनि “सारङ्गी रेटौँला मौका मिले फेरि भेटौँला” भनेर गीत गाउनु भएको छ । भन्नु आरको मुखर्जी दिपान्सु राँय तथा नाआमी जीनले मैन्डोलिन,मरूली तथा युकुलेल जस्ता वाजाहरु प्रयोग गरेर सारङ्गी शिरोमणी झलकमानको “तिम्रो नै माया लाग्दछ साइली..” गीत सुनेपनि झलकमान कै स्वर सुन्न मन लाग्छ । नेपालीले खाशगरी गण्डकी प्रदेशमा सारङ्गी प्रसिद्ध भएपनि दार्जलिङ्ग सिक्किममा समेत अति मन पराउने गरिएको छ । ‘सारङ्गी एक तारवाद्य हो जसलाई बजाउन एक धनु प्रयोग गरिन्छ । सारङ्गी नेपाल, भारत तथा पाकिस्तानको स्थानीय बाजा हो । भारत र पाकिस्तानमा यसलाई हिन्दूस्तानी शास्त्रीय सङ्गीतमा प्रयोग गरिन्छ भने नेपालमा यो मुख्य रूपले लोकगीत सँग प्रयोग गरिन्छ । यसको आवाज मानिसको स्वर जस्तो हुने भएकोले सङ्गीतमा स्वरलाई आलंकरीक रूपले प्रस्तुत गर्न पनि प्रयोग गरिन्छ”(विकिपिडिया । १३ डिसेम्बर ई.सं २०२३ ।
सारङ्गी किनेर राख्छु भन्ने यो मनको धोको किन हो कुनी नपुग्दै जागिरबाट निवृत भइयो । अझै पनि,सारङ्गीको धुन असाध्य मन पर्छ । मंसिर २७ गते तदानुशार डिसेम्बर १३ तारिखलाई विश्वभर भायेलिन दिवशको रुपमा मानाइने भएकाले नेपाली भायलिन सारङ्गीको सम्झना आयो ।भायलिन बाजा सम्भवत ई.सं १५५० तिर अश्तित्वमा आएको हुन्ुपर्छ,जव चारतारलाई गजको माध्यमले हातको माथी अड्याएर बजाउने गरिन्थ्यो । यसको क्षमतालाई आधार मानेर पश्चिममा ‘किङ्ग अफ दी इन्ष्ट्रुमेन्ट’पनि भनिन्छ । जाम्बे मे फार ले आफ्नो पुस्तक ‘इपीटमी म्यूजिकल लिअन्स’,१५५६मा“मानिसहरु अक्शर चार तारभएको हातको टेको दिएर बजाउने भायलिनलाई जान्दछन् जसमा पश्चिम जगतको स्वर ‘जी’लाई पाँच स्वर भन्दा मिलाएर बजाइन्छ । भायलीनको अविश्कारको श्रेय कशैलाई दिनु बेकार छ” भनेर लेख्नु भएको थियो । १६ औँ शताब्दीको शुरुमा नै शैलेशीयामा जन्मीएका एग्री कोला नामका व्यक्तिले ‘पोलिश फीडल’ नाम दिइएको तीन तार भएको बाधयन्त्र बनाई सकेका थिए(डा.जय प्रकाश सिंह,२०१० । भारतीय सङ्गीत मेँ वायलिन प्रयो महत्व एवं वादन । कनिष्क पब्लिशश,डिष्ट्रिब्यूटस,नयाँ दिल्ली ११०००२,भारत । ई.सं.२०१० ) । अर्कोतिर इटालीबाट शुरु भएको यो भायलिन शव्द सवभन्दा पहिले ई.सं.१५७० मा प्रयोग भएको थियो भनेर पनि भनिन्छ । विश्वमा प्रयोगको प्रकृति अन्ुशार यसलाई फिडल वा बेला पनि भनिन्छ । यो बाइजान्टिन साम्राज्यमा मध्ययुगीन झुकेको तीनदेखि पाँच तारहरू भएको नाशपाती आकारको स्ट्रिङ वाद्ययन्त्रको विकशित रुप हो पनि भनिन्छ । आधुनिक रुपको भायलिन उत्तरी इटालीबाट शूरु भएको मानिन्छ । एन्टोनीयो स्ट्राडायभेरी,गिउसेप्पे गुआरनेरी,जिओभान्नी बटिष्टा गौडागनिनि,आन्द्रे अमाटी,ग्याशप्यारो बेर्टोलोट्टी जस्ताश्रष्टाहरुको नाम भायलिनको अविस्कारसँग जोडिन्छ । आमेटीले डिजाइन र सिर्जना गरेका भायलिनलाई ‘भायलिन परिवार’ भनेर जानिन्छ–उनी पछि उनका छोरा नातिले यो काम जारी राखे ।

आक्यानजलो कोरेलीलाई‘फाउण्डर अफ मोर्डन भायलिन टेक्निक–वल्र्डस फष्ट ग्रेट भायलिन्स्ट’ पनि भनेको पाइन्छ । इटालीका दुई ब्रेशकीया र क्रेमोना प्रान्तको नाम भायलिनको इतिहाशसँग अभिन्न रुपमा जोडिन्छ । क्रेमोनाका आन्द्रीइ अमातीलाई चारतार भएको पहिलो पिढीको भायलिन निर्माता र मर्मत गर्ने लुथिअर समेत मान्दै इटालीको अमाती परिवार(छोरा निकोलो अमाती,नाति,भतिजाले विराशत थामेका थिए) ले बहुत ठूलो योगदान गरेको थियो भनिन्छ । क्रेमोना कै एन्टोनीयो स्ट्राडायभेरले ७५ बर्ष मिहेनत गरे र अमातीको पुरानो शैलीमा परिवर्तन ल्याएवेन्डी पावर्स,२००३ । भायलिन मेकर्श निकोलो अमाती एण्ड एन्टोनीयो स्ट्राडायभ्यारी । द मेट–मेट म्यूजियम ओआरजी,हसइलब्रनन् टायमलाइन अफ आर्ट हिस्ट्री । अक्टोबर ई.सं.२००३ । मार्फत गुगल इन्टरनेट १३ डिसेम्बर ई.सं.२०२३ ) ।कशैले नेपालबाट सारङ्गीको रुपमा प्राचिन भायलिनको उत्पत्ति भएको भन्छन् त कोही भारतबाट । कोही धार्मिक देव पुरुष नारदमुनी नै यसका पहिला बाधक हुन भन्दछन् । कोही महाभारत रामायणमा घर घर गएर इश्वरको सन्देश सुनाउने गन्धर्वले सारङ्गी शूरुवात गरेको भन्छन् त कोही ब्रह्मालाई सारङ्गी सहित गन्धव दिएर सम्मान गरेको भगवानले भन्ने पनि छन् । जे होश नेपालमा गाइने–गन्धर्वले सारङ्गीलाई इश्वर कै उपहारको रुपमा उपयोग गरेको छ । भायलिनको ननाम लिँदा विधार्थीकालमा ऋषि कपुरले भायलिन बजाउँदै कर्ज हिन्दी चलचित्रमा गीत गायको आनन्द बक्शी रचित गीत ‘दर्दे दील दर्दे जिगर’ को सम्झना हुन्छ । “ ई.सं.१९२९ मा जर्मनीको बर्लिनमा आयोजित एक कन्शर्टमा भायलिन बजाउँदै गरेको अत्यन्त प्रतिभाशाली १३ बर्षको एक बालकको सम्झना हुन्छ । उक्त कन्शर्टमा अडिन्शको रुपमा विश्वका महानतम वैज्ञानिक अल्बर्ट आइंस्टाइन पनि हुनुहुन्थयो । ती प्रतिभाशाली बालक थिए महानतम् भायलिन वादक येहुदी मेनुहिन ! कन्शर्ट समाप्त भएपछि मञ्चमा चढेर–‘चमत्कारको अन्त्य कहिले नहुने रहेछ,आज मलाई महशुस भयो की स्वर्गमा इश्वर बस्नुहुन्छ’ भन्दै त्यो भायलिन बाधक बालकलाई अल्बर्ट आइंस्टाइनले म्वाई खानु भयो । अलबर्टको आफ्नो भायलिन थियो जसलाई उहाँ माया गरेर ‘लीना’ भनेर सम्बोधन गर्नु हुन्थ्यो । काम गर्दा गर्दै मनलाई बहलाउन अलबर्ट लीना बाधन गर्नु हुन्थ्यो । एक पटक भायलिनमा मोत्जÞार्टको सोनाटालाई बाधन गर्दै–‘मोत्जÞार्टको सङ्गीत यती विशुद्ध र उत्कृष्ट छ कि यसमा म ब्रह्माण्डका आत्मा एवं सुन्दरता प्रतिविम्वित भएको देख्छु’ भनेर भन्नु भएको थियो । ई.सं.१९९७ को चलचित्र टाइटेनिकमा जहाजमा यात्रा गरिरहेका बैण्ड माष्टर वैलेस हार्टले भायलीन बजाउँदै आफ्ना बैण्डका आठ सदस्य सहित मृत्युको अँगालोमा बाँधिएको दृष्यमात्रै हैन,जब हार्टलको शव भेटिन्छ त उनको छातिमाथी भएको भायलिन को दृष्य र अमेरिकन महिला भायलिन वादक टेलर डेविसको भायलिन कभर र सलीन डिओनको आवाजÞमा ‘टाइटेनिक’को थिम साउण्डट्रैक–‘माय हार्ट विल गो आँन’ लाई अझै सम्झदा पनि भावुक होइन्छ ।


जनवरी ई.सं.२००७ जनवरी महिनाको बिहानै वाशिङ्गटन डीसीको एउटा सबवे मेट्रो स्टेशनमा जोशुआ बेल भेषभूषा बदलेर एउटा कहिले नदेखिएको मानिशको रुपमा लगभग ४५ मिनटसम्म भायलिन बजाउँदै बस्नु भयो । यस अवधिमा त्यहाँबाट गभग ११ सय जति मानिशहरु आवोत जावोत गरे । तर उनको भायलिन सुन्नको लागि ७ जना मात्र उभिए त्यसमा केवल एक जना महिलाले मात्र जोशुवालाई चिनिन् । उहाँ भायलिन बजाउँदै गर्दा जम्मा जम्मी २७ जना बटुवाले उहाँलाई ३२ डलर दिएका थिए । जवकी जोशुआले जुन भायलीन त्यतीबेला बजाउनु भएको थियो त्यसको मूल्य अहिले नेपाली रुपैयाँ डेढ अरव जति पर्दछ । वाशिङ्गटन पोस्ट द्वारा आधुनिक समयका महान भायलिन वादक जोशुआ बेल र ई.सं.१७१३ को उहाँको एन्टीक (पुरातन) ‘गिब्सन स्ट्रेडीवेरियसभायलिन’ नाम दिइएको भायलिन को लागिे उपरोक्त बमोजिमकोे एउटा सामाजिक प्रयोग गरिनु भन्दा तीन दिनपहिले जोशुआले बोस्टन शहरमा एउटा कन्शर्ट गर्नु भएको थियो जसको लागि शुरुवाती प्रवेश टिकटको मूल्य एक सय डलरबाट शुरु भएको थियो । यो सामाजिक प्रयोगबाट जोशुआ बेल अपरिचित मानिशको रुपमा एउटा सार्वजनिक स्थलमा बशेर एउटा अतिरामूो बाजा बजाउँदै गर्दा आफ्नै तालमा ब्यस्त भागदौडमा रमाईरहेको दुनियाले उहाँलाई चिन्न नै सकेनन् । यो प्रयोगले आफैँमा अल्झेको यो संशार नाम तथा अन्हार नजानेर नचिनेर कैयौँ सुन्दर र प्रतिभावान बस्तुहरुबाट बञ्चित हुनु परिरहेछ भन्ने छर्लङ्ग पारेको थियो । दक्षिण अमेरिकी देश ब्राजिलको रियो शहरमा बस्ने साङ्गीतिक शिक्षक इवैन्ड्रो जोअ ड सिल्वाको हत्या भएपछि उहाँको अन्तिम संस्कारको अवशरमा १२ बर्षको उहाँको बिधार्थी डिएगोले भायलिन बजाएका थिए (प्रशान्त द्विवेदी,२०२३ । विश्व वायलिन दिवस । जनबिचार संवाद,सोसल मेडीया । भारत । १३ डिसेम्बर ई.सं.२०२३) । डियगोले यशरी भावुक मुद्रामा भायलिन बजाउँदो त्यहाँ उपस्थित जनसमुदायलाई मात्र हैन विश्वलाइ नै भावुक बनाएको थियो । बास्तवमा भायलीनको स्वर होश वा सारङ्गी सवैका तारहरु रेट्दा निश्कने हरेक झङ्कारहरुले सिधै परमात्माको आत्मालाई स्पर्श गर्छन । झलकमान गन्धर्वले सिर्जना गरेको यो गीत एकपल्ट सुनेपछि यशको अनुभूति हुन्छ ः “तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन,तिमीले मया नगरे पनि गर्छु म दिन दिन । आज र मैले भातै र खायो तिउन त गाभाको,के मया गथ्र्यो तिमीले साईली म जस्तो जावाको । …हिमाल चुलि त्यो पल्लो पट्टि आँपगाछी बृन्दावन,पहरा भए रसाउथ्यो होला निष्ठुरी तिम्रो मन । तिम्रो नै माया लाग्दछ …।”
(तस्वीर श्रेय ः हे बरै झलकमानको तस्वीर भएको म्यूजिक नेपालको यूट्युवबाट,अपलोड मे ०९ ईसं.२०२२ । अमाटी परिवारको एतिहासिक भायलिन चाहिँ आइएम डीबी–जोनाथन इभान्स जोन्सबाट । टाईटनिक चलचित्रको बिम्ब टाईटनिक–नियर माई गड टु थी–फेशबुकबाट अपलोड २५ मार्च ई.सं.२०१९ । मार्फत गुगल १३–१५ डिसेम्बर ई.सं.२०२३ नेपाली समय दिनको ३.०७–रात्री ८.३७ )

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *