चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी वर्ल्ड इकोनोमिक फोरममा

काठमाडौं । स्विट्जरल्याण्डको दाभोसमा सम्पन्न वल्र्ड इकोनोमिक फोरममा नेपाली निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागी भएका चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं युवा उद्यमी निर्वाण चौधरीले नेपाल र नेपालजस्ता कम विकसित मुलुकले जलवायु परिवर्तनको असर भोग्नु परेकाले यसतर्फ पहिलो विश्वको गम्भिर ध्यानाकर्षण हुनुपर्ने बताएका छन् । चौधरीले जलवायु परिवर्तनको नकारात्मक असर प्रतिदिन चुनौती बनिरहेको पृष्ठभुमिमा विश्वका मुलुकहरुले हातेमालो गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए । जलवायु परिवर्तनको असरलाई न्युन गर्न विकसित मुलुकहरूको भूमिका अग्रणी रहने भएकाले साझा एजेन्डाका साथ सहकार्य गर्न पनि उनले सुझाव दिए । विश्वका महत्वपूर्ण एजेण्डामाथि छलफल गरिने उक्त फोरममा नेपालको निजी क्षेत्रकोतर्फबाट चौधरी ग्रुपका प्रवन्ध निर्देशक चौधरी एक्ला सहभागी थिए । फोरम अन्तगर्तको ‘अल्पाइन इकोनोमिज एट ं२ऋ’ सेसनमा बोल्दै युवा उद्यमी चौधरीले विश्वको औसत तापक्रममा वृद्धिको असर नेपाल जस्ता हिमाली र पर्वतीय मुलुकमा अझ बढी र छिटो देखापरेको हुँदा विश्वले जलवायु परिवर्तनलाई आजको मुख्य चुनौतीका रुपमा लिनुपर्नेमा पनि जोड दिए । “जलवायु परिवर्तनको प्रभाव हामीले दिनहुँ भोगिरहेका छौँ । काठमाडौंमा हुर्किएको मैले केहि वर्ष पहिलेसम्म उपत्यकाको उत्तरी भागमा वर्षैभरि सेताम्मे हिउँको दृष्यावलोकन गर्न पाउँथे । तर, अहिले जब म उत्तरतर्फ फर्किर हेर्छु मेरा आँखा विझाउन थालेका छन् । मैले बाल्यकालमा देख्न पाएको हिउँ कम हुदै गएको छ ।

यसले मलाईं वेचैन बनाउँछ र भावी पुस्ताको भविष्य संझिएर चिन्तामा पार्ने गरेको छ, चौधरीले विश्वको प्रतिष्ठित फोरममा भने, “नेपाल जलवायु प्रभावको नराम्रो असरबाट गुज्रिन थालेको छ । हाम्रा हिमनदीको प्रवाह कम हुन थालेको छ । हिमाली क्षेत्रमा अत्यन्तै चिसो र तराई क्षेत्रमा अत्यन्तै गर्मीको असर भोग्न थालेका छौँ । भविष्यमा कृषी, जलविद्युत्का लागि आवस्यक जलप्रवाहको कमी हुने मात्रै होइन नयाँ पुस्ताले पिउने पानीको समेत समस्या भोग्नुपर्ला भन्ने चिन्ता बढेको छ । विश्वका सबैभन्दा प्रभावशाली राजनीतिक, व्यापारिक र सांस्कृतिक नेताहरू उपस्थित यस फोरमका विभिन्न प्यानलमा बोल्दै चौधरीले जलवायु संकट न्यूनिकरणमा अन्तर्राष्ट्रिय सस्थाहरूको भूमिका महत्वपुर्ण रहनेमा ध्यानकर्षण गरे । यस्ता संस्थाहरुले पर्याप्त तथ्यांक, ज्ञान, सूचना र सहयोग पाएमा जलवायु संकट न्युनिकरणमा प्रभावकारी ढंगले लाग्न सक्नेछन् । यसका लागी हिमाली समुदायहरूमा केन्द्रित सबै पक्ष समेटिएको जलवायु समस्या समाधान प्लेटफर्म बनाउन आवश्यक छ । साथै, कर्पोरेट र परोपकारी संस्थाहरु मिलेर हिमाली समुदाय केन्द्रित दिगो परियोजनाहरू संचालनमा ल्याउन आवश्यक रहेको उनको भनाई थियो । उक्त फोरम अन्तर्गतका अल्पाईन इकोनोमिज एट प्लस ं२ऋ, क्लाइमेट एक्सन र फ्यूचर अफ म्यानुफेक्चरिङ गरि तीनवटा प्रमुख सेसनमा प्रवन्ध निर्देशक चौधरीले सक्रिय सहभागिता जनाउँदै धारणा राखेका थिए । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी वर्ल्ड इकोनोमिक फोरममा सहभागी भएको करिब तीन दशकपछि उनका छोरा निर्वाण चौधरी उक्त फोरममा सहभागी भएका हुन् । अध्यक्ष विनोद चौधरी सन् १९९५ मा उक्त फोरममा सहभागी भएका थिए । र, उनलाई ‘ग्वोबल लिडर फर टुमारो’को उपाधि दिइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *