काठमाण्डौले मोफसल मानेको विराटनगरका केही कुरा

नेपालको राजधानी काठमाण्डौँ भन्दा बाहिर अझ भन्दा काठमाण्डौँ उपत्यका बाहिरका स्थान,जिल्ला,प्रदेश सवै मोफसल भनिन्छ । अहिलेको सन्दर्भमा बुझ्दाचाहिँ प्रदेश सदरमुकाम बाहिरका जिल्लाहरु,गाऊँहरु सबै मोफसल हुन ।

शिक्षा,रोजगारका लागि काठमाण्डौँमा बसेर आफ्नो घर भएको स्थानमा जाँदा मोफसलतिर लागेको भने झैँ यसपाली करिव २ बर्षपछि आफ्नो घर विराटनगरमा एक हप्ताको लागि जाँदा एकजना बृद्धले ए बाबु राजधानीबाट मोफसलमा चैत्रको गर्मी खान र लामखुट्टेलाई रगत खुवाउन किन आएको ? भनेर रमाइलो गर्नुहुँदा बा म त सानैमा यही हुर्केको गर्मी र लामखुट्टे त म देखी भाग्छन् भनेर मैले भनेपछि झन रमाइलो भएपनि मोफसलका केही कुराहरु जानी राख्न इच्छा लाग्यो ।
(१) “माया प्रेम धनै र लोभ मनका,संसार मोह सव । त्यागी कृष्णजीका पछि पछि गएँ,फर्कन्न लौ है अव ।।”(केदारप्रसाद रेग्मी । रेग्मी बंशावलीको एक टुक्रा,खोटाङ्ग मार्शे । रेग्मी समाज केन्द्रीय समिति ,विराटनगर । भाद्र बि.सं.२०८०) भन्ने रेग्मी बंशाबलीका लेखक केदार प्रसादको बंशावलीमा भएको श्लोक बाचन गर्दै बंशावली द्वितीय संस्करण प्रकाशन समितिका सदस्य छिमेकी दाजु नारायण रेग्मीले बंशावलीको ठेली देखाउँदा २५ बर्षको त्यो अनुसन्धान कृति साँच्चै नै कृतिमय थियो । अन्य बंशावली वनाउँदा सन्दर्भ गर्न लायक कृति थियो त्यो ।
(२) २ बर्ष अगाडी भेटेको अर्का छिमेकी दाजु उमेश गीरी बिरामी हुनुहुन्छ रे भनेको सुनेपछि हेर्न जाँदा केही गल्नु भएपनि रबाफचाहिँ उस्तै रहेछ । तिमिले मदन भण्डारीको हत्या बारे मेरो भनाई यूट्यूबमा हेरेउ त ? उहाँको भनाई पुरा हुन नपाउँदै ‘मैले त्यत्रो लगानी गरेको नेपाली काँग्रेस छोडेर एमालेमा आउँदा त क्ुनै फरक नपर्ला,आखिर संसदबादी बामहरु त नेका भन्दा बढी मानवअधिकार पक्षधर र झन बढी लोकतन्त्रको मन्त्र जप्ने भएकै छन क्यारे । बरु यसरी दल बदली गर्दा पुरानो दलको नेताहरुप्रति आधारहिन आरोप लाउँदा एकातिर तपाईको नेतिकताको सवाल उठ्ला अर्कोतिर बेश्याले ग्राहकलाई चरित्रहिन भने जस्तै हुन्न र भनेर टिकाटिप्पणी भए होलान नी त ? कतिले त स्वार्थ पुरा नहुदाँ कुण्ठा ग्रसित मानसिकतामा मानसिक रोगिले गरेको बिचलित बक बक पनि त भने होलान नी त ? आखिर एमालेका सवैलाई सही कुरा थाहा भएकै होला,उनीहरु चाहिँ सत्तामा बस्ने–केही नभन्ने अनि तपाईचाहिँ चुनाव लक्षित गोटी नबनेको भए हुने थियो भन्ने यो भाईको शुभचिन्ता हो’ भन्न नपाउँदै ‘अव प्रदीप गिरीको बारेमा श्रङ्खला आउँदै छ हेर्नु है,प्रदीप गिरीको देहाबशन हुँदा नेपाललाई भन्दा भारतलाई बढी दुख लाग्यो,वीपीसँग नजिक भएर सवैकुराको सुराकी गर्ने ’भनेर उहाँले थप्नु हुँदा मैले सूर्य बहादुर थापाबारे पुरा जिज्ञाशा राख्न नपाउँदै कुरा मोडेर पूर्व प्रम केपीबारे बोल्न लाग्नु भयो ।
‘केपी त राजनेता हुन ,भारतको अति नजिकको मान्छे जस्तो बनेर कुनबेला भारतलाई उल्टै लोप्पा खुवाउने हुन भन्ने क्षमता नेपालका अरु कुनै नेतामा छैन बुझ्यौ ?

हैट यस्ता अति स्तुती र आधार नभएका विवादस्पद उहीलेका कुराहरु नगर्नु हुनेछ, म अचेल कुनै बहश हेर्दिन–सुन्दिन भनेर हिडेँ ।पारशजति पनि राजा ज्ञानेन्द्रमा राजनीति ज्ञान नभएको आभाष पाइयो रे । पारश र प्रकाश दाहाल देशभक्त थिए रे ! उनीहरुको त्यस्तो हालत कश्ले कुन स्वार्थले बनायो ? यी कुराहरु चुनेर चियाको चुस्कीमा बेकामेकोृ समय त गुज्रेला तर नेपालको हावादारी राजनीतिले स्वतः सिर्जन हुने राजनीति सम्बन्धी गफ गर्न मोफशल पनि राजनीतिको विश्लेषणमा कम रहेनछ भन्ने लाग्यो ।
(३) पूर्व प्रम मनमोहनको घरको बाटोको मोडमा कोशी प्रदेशका चर्चित साहित्य लेखक भवानीप्रसाद पोखरेलसँग भेट भयो । म पोखरेलको ज्वाई उहाँ बरालको ज्वाई भएकाले हामी दुवै ज्वाईलाई नमस्कार भनेर रमाइलो गर्दै गर्दा मोफसलमा साहित्य प्रभावकारी रुपमा प्रस्तुत भै रहेको गफ ग¥यौँ । यशै सिलसिलामा मैले डा.ऋषिराज बरालले ४० बर्ष अगाडी नै काठमाण्डौबाट प्रकाशित हुने एक साहित्यिक पत्रिकामा–काठमाण्डौका साहित्य लेखक भन्दा कुनै पनि पक्षमा कमजोर नभएका मोफशलका साहित्यलाई काठमाण्डौंका पत्रिकाले महत्व नदिने र काठमाण्डौका साहित्यकारले मात्र आफुलाई अब्बल मान्ने र मोफशलकालाई हेप्ने प्रवृति भएको भन्ने आशयको एक लेखबारे प्रसङ्ग चल्यो । (४) बैक र सहकारीको कथा पनि सुनियो । मलायारोडका केही सटरहरु बन्द थिए । परम्परागत उधमी भन्दा नेताहरुसँग नजिक भएर लाभ उठाउन खोज्ने उधमीहरुले उधमको संस्कारमा र परिभाषामा नै परिवर्तन गरेको चर्चा पनि चल्यो ।


(४ क) उधमी दाजु बिजय अग्रवालसँग बिराटनगर तीनटोलीयास्थित घर कै अगाडी भेट भयो–‘गणेश त कलकत्तामा नै छ ,ओम प्रकाश–राजकुमार लोहीया,शङ्कर तोदी उतै काठमाण्डौमा छन भेट हुन्छ होलानी,राजकुमार विरामी छन्’ उहाँ भन्न थाल्नु भयो । मैले ‘यसपाली त कर मालपोत वडा समिति नापी कै कामले नभ्याउने भएँ,अव मंसिरमा आएर टंकि शीनुवारीका साथी महेश्वर यादव देखी सवै साथीहरु ,दाजुहरु,वातावरण अभियन्ता पत्रकार,उधमीहरु,चिल्ला सुकिला भै सकेका नेताहरु,लेखक सवै लाई भेटछु’ भन्दा उहाँले गाडी होला नी सरर्र घुमेर भेटनु नी भन्नु हुँदा ‘उधमी दाजु मुकुन्द दाहाल,उधमी एवं बैकिङ्ग विज्ञ दाजु इश्वरी नेपाल,शेयर विज्ञ ज्वाई कुलचन्द्र घिमिरे,बिराट सामुदायीक सेवा आश्रम,तीनटालीयाका प्रमुख व्यवस्थापक दाजु रामकृष्ण तिमलसिना,विराटनगरको पुरानो भाँडा–भान्सा पशलका प्रो. भाई रवि तुलाधर,गुरु राजेन्द्र गुप्ता, र नेपाली काँग्रेस नेता दाजु सुधिर अर्याललाई चाहिँ अहिलेसम्म दुई खुट्टे गाडीमा सर्रर घुम्दा भेटी सकेँ’ भनेको त विजय दाजुले तिमि त गफाडी पनि भएछौ भनेर बिहानी डुलाईमा पुरानु हवाई फिल्ड तिर लाग्नु भयो ।

कार्यालयको काम सकेर बजार हुँदै फर्कदा बजारको शुनसान अवस्था हेरिसकेको र पीपल चौकमा उधमशिलताको नाजुक अवस्था सुनिसकेकाले विजय दाजुसँग अरु यशबारे कुरा गर्न इच्छा भएन । (५) ‘इमान्दार,नैतिकवान,निष्ठावान,चरित्रवानले अव नेपालमा अघि बढन उसको भाग्यले साथ दिएमात्र सम्भव छ’ भनेर कालिमन्दीर अगाडी सुनेर पञ्चमुखी हनुमानको दर्शन गर्न गएँ, त्यहाँ क्याम्पसका अंग्रेजी गूरु राजेन्द्र गुप्तासँग भेट भयो ।

मैले आदर गर्दै उहाँको अवस्था र साथीभाइले गर्ने व्यवहारबारे जिज्ञाशा राख्दा उहाँले एकै वाक्यमा गोश्वामि तुलसीजीले देवता–मनुष्य–मुनि तीनवटा अलग अलग आत्माहरु कै चरित्रलाई मज्जाले मापन गरि दिनु भएको–सबै स्वार्थी हुन्छन,स्वार्थकों लागि नै सबै प्रेम गर्छन,रीति नै यस्तै छ भन्ने भाव भएको श्रीरामचरितमानस–तुलशीरामायण,किष्किन्धा काण्डको–“सुर नर मुनि सब कै यह रीती । स्वारथ लागि करहिँ सब प्रीती ।।१।।” चौपाई पढेर सुनाउनु भयो । मोफशलका कुराहरु सुन्दा आफु त लाटोजस्तो पो लाग्यो ।
(छविचित्र श्रेय ः म आफैंबाट । २३ चैत्र देखी २७ चैत्रसम्म बि.सं.२०८० बिराटनगर )

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *