समाज परिवर्तनको पक्षमा भारतीय साहित्य लेखक
“साहित्य जागृतिको माध्यम हो,जागृति नल्याउने खालको साहित्य निस्सार हुन्छ”(कविशिरोमणि लेखनाथ पौड्याल,नेपाल) ।
नेपालमा महानन्द सापकोटा,धरणीधर कोइराला,योगमाया,गोकुल जोशी,केवलपुरे किशान,भिमनिधि तिवारी भूपी शेरचन,गोपालप्रसाद रिमाल,लक्ष्मीप्रसाद देवकोटा लगायतका समाजका लागि महान सिर्जनाहरु पढीरहन मन लाग्छ । आदरणीय अग्रजज्यूहरुले लेखेको कितावहरु लिन आईज भनेर बोलाउँदा पनि लिन जान सकिएको छैन । सानैदेखि माया गर्ने दाजु ऋतुबर्ण पराजुली आशिकले किताव लिन आइज भनेर बोलाएको पनि २ महिना भै सक्यो,इटहरी पुग्नुपर्छ । अर्कोतिर ‘ओय ! मास्टर के लौँडे(छोरा)–भाग १ र भाग २’ भारतीय साहित्य लेखिका दीप्ती मित्तलको पुस्तक नेपालमा पाइए पढ्रनु रमाइलो छ भनेर भारतका केही साहित्य सर्जकबाट भने पनि त्यो यता पाईदैन । बरु मैले नेपालमा पाइने ‘गुण–रत्नमाला’ बाट पं.जगन्नाथ उपाध्याय गुरागाईँको–“धन्दा झट्पट छिन्नु फूर्ति रहनू जुम्सोपना छाड्दिनु ,बिधामा धनमा पुरा हुनु परे यो बानि हर्दम् लिनु ।।” भन्ने श्लोक चाहिँ पढन भ्याएँ । तर,मलाई रचना उपलब्ध गराइदिने केही साहित्य लेखकका सामाजिक पक्षहरुमा भनेँ यशो अलमलिन पाएँ ।
(१) जागृतिको शरुवात गर्ने सामाजिक सङ्गठन परिवार पनि हो । परिवारमा स्त्रीको सम्मान हुनुपर्छ । समाजलाई सम्मानजनक बनाउन स्त्रिीको पनि हात हुन्छ । आमाले त आफ्नो सन्तानको सधैँ भलो नै चिताउने गर्छन । सबैलाई खुशी गर्न सकिदैन जुन मुद्धा उठाउनु हुन्छ त्यसमा अडिग रहनु, धुव्रिकरणमा जोड दिनुभनेर अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामालाई विजयी गराउन समेत प्रचार व्यवस्थापकको भूमिका खेल्नु भएकीँ स्टेफनी कटरले भारतीय काँगेस नेता राहुल गान्धी अमेरिका ई.सं.२०२१ मा जाँदा भेटमा राहुललाई दिन भएको सल्लाह अनुशार मुद्धामा अडिग रहेकाले निर्वाचनमा सफल हुन सकेको भनेर विगतको कुरा उठ्न थालेको छ । छोरा छोरी विदेशमा बस्ने भएपछि बाबु आमाको लाश समेत उठाउन अव फुर्सदिला छिमेकि खोज्नु पर्ने अवस्था छ । भारतमा सामाजिक पक्षमा कलम चलाउने साहित्य लेखकहरुको सार्थक इतिहाश छ ।
(१क) ‘चयनित कविताएँ’ का लेखक भारतीय साहित्यकार नरेश अग्रवालले १५ अप्रिल ई.सं.२०२४ मा आफ्नो सामाजिक सञ्जालमा पुनःसाझा गर्नु भएको कविता मैले उहाँसँग कुरा गरेर उक्त कवितालाई नेपालीमा अनुवाद गरेको छ ।

“जब अमेरिकन श्रीमतिको साथमा,उ गाडीबाट उत्रियो,मलाई छोरा हैन बिदेशी पो लाग्यो,हातमा लिएको,एक ग्रीन कार्ड,सिरमा एक टोपी,जसमा अङ्कीत,त्यहाँको राष्ट्रपतिको तस्वीर,साथमा ल्याएको सबै झिटीगुण्टा समेत बिदेशी,यस्तो लाग्थ्यो की गोराहरुले उसलाई धर्मपुत्र नै बनाएका रहेछन । मलाई असहज भै रहेको थियो,हातबाट फुत्की हाल्यो,यो वृक्षलाई फेरि समाउन । निकै ठुलो ओहदा पाएको छ उसले,मेरो गरीबीको फन्दाबाट पर,पर म र मेरो देशबाट । ऊहीँ उसको नयाँ जीवन शुरू,बालबच्चा होलान,उनीहरुका पनि फेरि बालबच्चा,पक्कै पनि मेरो धर्मकों हुने छैनन्,न मेरा संस्कृतिको,न त मेरो भाषा बोल्ने खालका नै हुन्छन । उसलाई हेर्दै,मन खिन्न पारेर,के के कुरा मनमा खेली रह्यो, मनमा खेली रह्यो उसको,मेरो र देशको भविष्य,सबै कुरा दुख लाग्दो,तैपनि आँशु झरेनन मेरा । यस्तो लाग्यो यो ग्रीन कार्डले,रुमाल बनेर,सबै कुरा सोस्यो । ” (१ख)“लेखक हुनुको आदर्श भनेको समाजका विकृतिलाई बाहिर ल्याउनु हो र एक सभ्य,सुसंस्कृत राष्ट्र बनाउनु हो । यदी बिद्रोही समाजमा नभएका भए हामी आज स्वतन्त्र हुने थिएनौँ । आँखा हुनुको अर्थ आँखाहरु सभ्य र मर्यादित हुनुपर्छ । सङ्घर्ष गर्नु भन्दा ठूलो बाध्यता अरु के हुन सक्छ,गलत कार्यलाई बाध्यताको नाम दिनु कायरता हो । हरेक कुरामा प्रश्न उठाउन सक्नेले प्रश्न फेरि किन नउठाएको । नकारात्मक बिचारलाई चितामा जलाउनुहोस र राम्रा बिचारबाट प्रभावित हुनुहोश,समाजमा भेदभाव हटाउन सार्थक रुपमा लागि पर्नुपर्छ,राम्रो काम गर्न लाज मान्नु पर्ने तर नराम्रो कार्य गर्दा गौरव मान्नु पर्ने युगमा हामी बाँचीरहेका छौँ । नारी हौँ सम्मान चाहिन्छ ,आफ्नो स्वभीमानसाथ बाँचन पाउने अधिकार चाहिन्छ,पितार पतिको सम्पति हैन आफैँले आर्जन गर्न सक्ने स्वतन्त्रता चाहिन्छ । यदी शरीर देखाउनैको लागि बस्त्र पहिरिएको हो भने पुरै बस्त्र नै परित्याग गरिदिनु झन राम्रो हुन्छ ” भनेर सामाजिक सञ्जाल मार्फत विचार राख्ने भारत बेलगाम कर्नाटककी नवोदिन साहित्य लेखिका सोनम पुनीत दुबेका पाठकको तर्फबाट कविता दैनिक अमर उजाला,साप्ताहिक पत्रिकाहरुमा प्रकाशित भएका छनपाएको छ उसले,मेरो गरीबीको फन्दाबाट पर,पर म र मेरो देशबाट । ऊहीँ उसको नयाँ जीवन शुरू,बालबच्चा होलान,उनीहरुका पनि फेरि बालबच्चा,पक्कै पनि मेरो धर्मकों हुने छैनन्,न मेरा संस्कृतिको,न त मेरो भाषा बोल्ने खालका नै हुन्छन । उसलाई हेर्दै,मन खिन्न पारेर,के के कुरा मनमा खेली रह्यो, मनमा खेली रह्यो उसको,मेरो र देशको भविष्य,सबै कुरा दुख लाग्दो,तैपनि आँशु झरेनन मेरा । यस्तो लाग्यो यो ग्रीन कार्डले,रुमाल बनेर,सबै कुरा सोस्यो । महादेवी वर्मा राष्ट्रीय काव्य प्रतियोगितामा प्रतिभाशाली कवयित्री बाट र २६ मे मा भोपालमा आयोजत श्रीराम काव्य महोत्सव २०२४ मा पनि सम्मानित भएकी दुबेको तपशील ‘तुमसे लिपटी बेडियाँ’ शीर्षकको कविता मलाई पठाउनु भएको थियो–

“स्त्री तेरे पैरोँ मेँ ही क्योँ बेडियाँ हैँ,सोने चाँदी की होँ,या लोहे ताँबे की होँ,बेडियाँ तो बेडियाँ हैँ,इन बेडियोँ ने तुम्हेँ,सदियोँ से संस्कारोँ मेँ कैद किया है,सभ्यता और संस्कृति के नाम पर,तुम्हारे अस्तित्व पर प्रहारकिया है,हजारोँ बेडियोँ मेँ जकडा पकडा है,बेडियाँ पैरोँ मेँ होती हैँ अनेक,नारी तेरे अस्तित्व को नकारती हैँ,कभी सभ्यता संस्कृति के नाम की,कभी जाति और धर्म के नाम की,यह बेडियाँ ही तो होती हैँ,जो अकेले स्त्रियोँ के नाम की होती हैं,समाज मेँ स्त्री पुरुष दोनोँकी,प्रजातियाँ होती हैँ फिर क्योँ, सारी जिम्मेदारियाँ संस्कारोँकी ,दुहाई सभ्यता और इतिहास की,स्त्रियोँ को ही क्योँ मिलती हैँ,स्त्री हो सभ्यता और संस्कृति की,बेडियोँ से जकडी हो,कबतक जकडी रहोगी, अन्याय कब तक सहती रहोगी,अपनेँ अस्तित्व को स्वीकार करो,नारी हो अपना सम्मान करो,अपनी पहचान बनाओ,जिम्मेदारियोँ का बोझ उठाओ,संस्कारोँ से भले ही श्रृङ्गार करना,लेकिन आत्मसम्मान जाग्रत,रखना,उन बेडियोँ को तोड देना,जो तुम्हेँ सभ्यता और संस्कार सिखाती हैँ,उनके नाम पर जो तुम्हारे अहम को कुचलती, हैँ,जो तुम्हेँ आगे बढ्ने नहीँ देती हैँ,कन्धे से कन्धा मिलाओ सखी,कर्तव्यपथ पर आगे आओ सखी,वो वेडीयाँ जो तुमसे लिपटी हैँ,उन बेडियोँ को ज्ञान से तर्क से,उतार आओ सखी,कदम से कदम मिलाकर रखो कदम,अपना सम्मान करो,खुद पर विश्वास करो,जब तुम्हारा चरित्र पवित्र है,तो क्योँ प्रमाण देती रहोगी,कब तक अपनी आत्मा को मारती रहोगी ।”
(१ग) भारत शाहजहाँपुरका(साहित्य लेखक,सेवा निवृत्त प्रधान सहायक, मुख्य विकास अधिकारी दीपक कन्दर्पको २३ मे ई.सं.२०२४–१० जेष्ठ बि.सं २०८१ मा साँघु साप्ताहिकको डिजिटल संस्करण साँघु न्यूज डटकममा मेरो एक लेख मार्फत चर्चित गजल ‘जाने हुआ क्या वो हँसता नहीँ है…’ प्रकाशित भएको थियो । २९ मे मा आफ्नो जीवन साथीलाई सम्बोधन गरेर निजले देहायको गीत सामाजिक सञ्जालमा साझा गर्नु भएको थियो,मैले गीत मन परेकाले शीर्षक राख्न अनुरोध गरेकोमा त्यसको अनुमति मैले नै पाएपछि ‘तुम मेरे जीवन हो’ शीर्षक पनि मैले राखेर प्रस्तुत गरेको छु –

“मेरा जीवन बीत रहा है केवल तुम्हेँ मनाने मेँ । अबतक मैँ लाचार रहा हूँ प्रीत तुम्हारी पाने मेँ ।। सुबह उठूँ तो ध्यान तुम्हारा,हर पल रटता नाम तुम्हारा । तेरे ही सपनोँ मेँ सोऊँ,जागूँ लेकर नामतुम्हारा ।। ईश तुम्हीँ को मान लिया जब क्या सङ्कोँ बताने मेँ ? अबतक मैं लाचार रहा हूं प्रीत तुम्हारी पाने मेँ ।। तुम केवल मेरी ही रहना,कष्ट कोई हो मुझसे कहना । यह जीवन अब तेरा जीवन,जबतक मैँ हूँ दुख मत सहना । मुझको हर सुख मिल जाएगा तुमको गले लगाने मेँ ।। अबतक मैँ लाचार रहा हूँ प्रीत तुम्हारी पाने मेँ ।। तुम रहते मेरे मन मेँ हो, सचमुच तुम मेरे जीवन हो ।। अगर मेरा विश्वास करो तो,तुम ही मेरे नीलगगन हो ।। ‘दीपक’ जला दिए राहोँ मेँ देर करो मत आने मेँ । अबतक मैँ लाचार रहा हूँ प्रीत तुम्हारी पाने मेँ ।।”
(२) भारतमा पनि विकृति र बिसङ्गतिप्रति प्रहार गरेका साहित्यहरु सिर्जना भएका छन् समाजलाई जागृत गराउन ।
(२क) महेश कटारे सुगम बुन्देली गजल लेख्नु हुन्छ–परिवर्तनको लागि । उहाँका गजलहरु मैले बिगतमा नेपालीमा पनि अनुबाद गरेको छु । २९ मे ई.सं. २०२४ मा उहाँले सामाजिक सञ्जालको भित्तामा साझा गर्नुभएको गजल ‘बोलती है’ लाई मैले उहाँसँग कुरा गरेर यहाँ प्रस्तुत गरेको छु –

“चुप जुबाँँ है पर निगाहेँ बोलती हैँ,घर,मकाँ आँगन दिवारेँ बोलती हैँ,तुम भले ईमान की सौगन्ध खाओ,कोठियाँ–महङ्गी ये कारेँ बोलती हैँ,साफ आ जाती समझ मेँ दिल की उलझन,जब सदाओँ मेँ दरारेँ बोलती हैँ,किस तरह से नीँद आयेगी किसी को,कान पर जब चीत्कारेँ बोलती हैँ,तृप्त हैँ–कहना नहीँ पडता किसी को,पेट से आती डकारेँ बोलती हैँ,कोयलेँ बोलेँ न बोलेँ फर्क क्या है,बाग मेँ आईं बहारेँ बोलती हैँ ।”
(२ख) जनतामा भाजपाप्रति निराशा देखा पर्न थालेको र राहुल गान्धीको सादगी पन देखेर जनता राहुलप्रति समर्थन गर्न लागेका थिए । सताधारी भाजपाईहरुलाई राम्रो काम गरेर जनताको भरोशा जित्न ०३ अक्टोबर ई.सं.२०२२ को सामाजिक सञ्जाल मार्फत–“सुकेको फूल कहीँ पराग नबनोस् ,दुर्भाग्यहरुको हिस्सा नबनोस्,अझै समय छ है यसलाई निभाऊन,झील्को यो कहीँ आगा नबनोस्” भनेर चेतावनी दिने कमलेश पाण्डेय कमल नवोदित साहित्य लेखक हुनुहुन्छ । ३१ मे ई.सं.२०२४ मा ब्यङ्ग मार्फत

‘अच्छे दिन’ शीर्षकमा कविता सामाजिक सञ्जालमा साझा गर्नु भएको थियो । उहाँसँग कुरा भएर मैले यहाँ प्रस्तुत गरेको छु –
“अच्छे दिन मृगतृष्णा जैसे लगते हैँ,दण्ड बताओ कैसे–कैसे लगते हैँ,जबसेँ विकसित भारत का सपना देखा–मूत्र विसर्जन के भी पैसे लगते हैँ ।”
(स्वतन्त्र लेखनमा संलग्न लेखक नेपाल सरकारका पूर्व प्रशासक हुन)(तस्वीर लेखकहरुबाट) ।