सम्बन्धको फाइदाशास्त्र भाग १–परिभाषा र मान्यता
“प्रजातन्त्रको परिभाषा,यल्तशिनले संसद घेर्दा,क्लिन्टनले ताली बजाए जस्तै हो”(ऋतु आशिक–ऋतुबर्ण पराजुली । प्रजातन्त्र । छलफल साप्ताहिक । ०५ भदौ बि.सं.२०५१) । सामासिक रुपमा भन्नु पर्दा सम्बन्धको फाइदाले निति,विधि,विधान,न्याय,कानून,लोकतन्त्र–मानव अधिकारको परिभाषा र मान्यता पनि बदलिन सक्दो रहेछ । यस्तो फाइदाले पछि परेका,मजदुर,किशान,शोषित पीडीत,तल्लो बर्गको हित गर्ने भनेर ठाउँ ठाउँमा स्थापित विश्वको व्यवस्था भित्र हुर्किएका विकृति,विसङ्गति एवं नाफाका आशक्तिहरु पनि दिगो राख्न नसक्ने रहेछ । सम्बन्धको फाइदाको पनि आफ्नै काइदा हुन्छ । ब्यक्तिगत स्वार्थको खातिर कशैलाई पनि हानी नपु¥याई राखिने सम्बन्धले फाइदा पुग्छ । तर,यशो गर्दापनि मूल्य–मान्यता,सिद्धान्त,नैतिकता,सदाचारितामा आच आउन सक्छ । विकाशको क्रमले सामाजिक धारणा,परिघटना,व्यबहार आदिले गर्दा मूल्य मान्यताको परिभाषा पनि फरक पर्दछ । “धनको हातमा बिक्री भएका छन् सबै कानून,अब कशैलाई पनि कुनै कसूरमा दण्ड हुदैन । सुन कै फ्रेममा ऐना जोडे पनि,त्यसले कहिल्यै झूठो बोल्दैन”(कृष्ण बिहारी नूर,भारत । जिन्दगी से बडी सजा ही नहीँ) । स्थानीय जनप्रतिनिधी र प्रहरी प्रशासनको मौनतामा गाँउ बस्ती नै डुवानमा पर्नेगरी खानी समेत दर्ता नगराई ग्राभेल उत्खनन् गरिरहेको अवस्थामा नगरहा गाउँपालिका ३ खोरियाबाट सशस्त्र प्रहरी बल गोलबजारले ना.१ क ४९१७ र ना.१ क ८५४३ नम्वरको टिफर र नम्वर नखुलेको स्काभेटर ९ जेष्ठ वि.सं.२०८१ मा नियन्त्रणमा लिएका थिए (मुकेश कुमार यादब । अबैध ग्राभेल उत्खननले स्थानीयहरु आजित,दुई टिपर र एउटा स्काभेटर नियन्त्रणमा–समाचार प्रतिवेदन । साँघु साप्ताहिक–साँघु न्यूज डट कम । ९ जेष्ठ वि.सं.२०८१) । धनुषाको औरही खोलामा भइरहेको अवैध दोहन रोक्न पुगेका बेला २०७६ पुस २५ गते हत्या गरिएका पर्यावरण अभियानमा सक्रिय अभियानकर्ता धनुषा जिल्लास्थित मिथिला नगरपालिका ५ श्रीपुरका रामजीवन महतोका २४ वर्षीय छोरा दिलीप महतोको सम्झना आउँदा छिमेकि भारतका यश्ता घटनाको पनि सम्झना आउँछ । १३ बर्ष अगाडि मध्य प्रदेशको मुुरैना जिल्लामा भै रहेको अवैध उत्खननको पर्दाफाश गरिरहेका आईपीएस अधिकारी नरेन्द्र कुमार सिंहलाई ढुङ्गा बोकेको एउटा ट्रैक्टरले निर्ममता पूर्वक कुल्चेर मारेको,त्यो भन्दा अगाडी गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सरकारी इन्धनको टैङ्करबाट इन्धन चोरेर बजारमा बिक्रिगर्ने गिरोहलाई कारवाही गर्ने हिम्मत गरेवापत मालेगाँऊमा एकजना अतिरिक्त जिल्ला प्रमुख–कलेक्टर यशवन्त सोनावनेलाई सडकको एक छेउमा लगेर जलाएर मारेका थिए । त्यसैगरी गुजरातको जङ्गलमा भै रहेको फडानीलाई रोक्न खोज्दा जुलाई ई.सं.२०१० मा अमित जेठवालाई गोली हानेर,झारखण्डमा कोइलाको अवैध उत्खननको विरुद्ध आवाज उठाए वापत एक कर्मठ सामाजिक कार्यकर्ता सिस्टर वालसन जौनलाई कुल्चेर,हरिद्वारमा गङ्गा नदीबाट कानून विपरित बालुवा निकालेको विरोधमा अनशन बस्नु भएको स्वामी निगमानन्दलाई रहस्यात्मक ढङ्गले हत्या गरिएको थियो । भोपालका आरटीआई कार्यकर्ता शेहला मसूद,आशामका पर्यावरणविद अरुप कालीटा,गोल्डन क्वैड्रैङ्गल परियोजनाका इन्जीनियर सतेन्द्र दुबे,इण्डियन आयल कर्पोरेशनका पदाधिकारी मञ्जुनाथ,लोहरदगाका एसपी अजय कुमार सिंह एवं कायमपुरका डिभिजनल वन पदाधिकारी सञ्जय सिंह लगायत अरु थुप्रै नामहरु इमान्दारी पूर्वक कार्यगर्दा मारिनेहरुको सूचिमा सामेल हुन्छन । यश्तो अवैध धन्धा तथा मनमानी दोहनप्रति भाजपा हुन वा भारतीय काँग्रेसका नेता मुख्यमन्त्री हुन वा कार्यकर्ता हुन सवै उदासिन हुने मात्र हैन उल्टै यस्तो नगर्ने भनेर विरोध गर्नेको नाम समेत अपराधीलाई जानकारी गराईदिन्छन । सरकारका कैयौँ मन्त्री तथा दिल्लीका कैयौँ उच्च नेताहरु समेत यशबाट हुने फायदामा अंशियार थिए । भजपाका कर्नाटकका पूर्व १३औँ मुख्य मन्त्री बी.एस.यदियुरप्पाको खानी उत्खनन गर्ने रेड्डी समूहसँग साँठगाँठ थियो (जितेन्द्र कुमार मित्तल । अवैध खनन का खूनि खेल । सरिता पत्रिका,भारत। मे प्रथम ई.सं.२०१२ । पृष्ठ ३९–४४) ।
सीवीआईमा ९ वटा मुद्धा लागेका र न्यायधीशलाई ४० करोड घुषको प्रस्ताव गरेका भनेर सामाजिक सञ्जालमा अफवाह फैलाइएका रेड्डी समूहका एक जना जनार्दन रेड्डी लोकसभा निर्वाचन २०२४ को अवशर पारेर भाजपामा प्रवेश गरे भनेर अमित साहसँग फूलको गुच्छा बोकेको तस्वीर पनि सामाजिक सञ्जालमा साझा भएको थियो । नेपालमा प्राकृतिक श्रोतको दोहनमा हरेक दलका टोले नेता देखि उच्च नेता–नागरिक अगुवा–पत्रकार–टोले देखि राष्ट्रिय धाक धम्की समूह सम्मको साँठगाँठ भए नभएको सम्बन्धमा यो पंक्तिकारले कुनै अध्यन अनुसन्धान नगरेको तर जिल्लामा नियन्त्रण गर्न खोज्दा प्रजिअलाई धम्की–सरुवा–सर्जमिनमा घेरेर ढुङ्गा मुढा,मन्त्रीलाई फोनबाट चेतावनी जस्ता कुराहरुचाहिँ सुनिएकाले यशको जालो च्यात्न सहज रहेनछ भन्ने अनुमानचाहिँ गर्न सकिन्छ ।भारतीय विचारक कर्मेन्दु शिशिर मिति २३ मे ई.सं.२०२४ को आफ्नो सामाजिक सञ्जालमा–“आफ्नै शर्तहरुमा आफ्नै तवरले गुजारेको जीवन नै मुख्य बस्तु रहेछ,लेख्ने कुरा त सह–उत्पादन मान्नु भएको पो रहेछ भन्ने कुरा ठूला रचनाकारहरुको जीवनीहरु–आत्मकथाहरु पढेपछि थाहा भयो । एक रचनाकारलाई आफ्नो भाषा–धरती–जनताको अपार माया हुनुपर्छ,उनीहरुको लागि भित्रदेखि छटपटी हुनुपर्छ । इलियटको शब्दमा–‘त्यो तपाईको हाडहरुमा बजीरहेको हुनुपर्छ’ । लेनिनले–‘कुनै रुख बञ्चरोको सय पटकको प्रहारले ढल्छ तर,एक प्रहार र सय प्रहारको समान महत्व हुन्छ । तपाईँ गोर्की नै हुनुपर्छ भन्ने जरुरी छैन तर त्यो जीवित परम्पराको श्रङ्खलामा तपाईँ कतै न कतै हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा महत्वपूर्ण हुन्छ’ भन्नु भएको छ । आफ्नो भाषा,विधा,परम्परा अनुशार कुनै समयमा(५० बर्ष पछि पनि मुल्याङ्कन हुनु पर्छ) हस्तक्षेप र महत्व हुनेगरी रचनाहरुलाई उत्पादन हैन सिर्जना गर्नुपछ” भनेर साझा गर्नु भएको विचारले लेनिनले भने जस्तै कतिले एकै चोटको रचनाको सिर्जनाले ढाल्छन् त कतिले सैँयो चोटको रचनाहरुको सिर्जनाले । जे भएपनि लेख रचनाहरुलाई जीवनको सह–उत्पादक कै रपमा मानेर भएपनि देश जनताको हितमा लेख्ने काम गर्दा त्यसले जनता र राष्ट्रको पक्षमा कुनै समयमा हस्तक्षेप र महत्व प्रदान गर्ने गरी उत्पादन हैन सिर्जनाको काम गर्ने छ भन्ने ठानेर मैले स्वस्थले नदिएपनि लेख्न छाडेको छुइनँ । एक पटक मैले विरामी भएर उपचार गराईरहनु बखत मोहन बैधलाई स्वास्थको कामना गर्दै कठै ! कामरेड तपाईँ किन खाओबादी हुन सक्नु भएन ? भनेर लेखेको थिएँ,एकजना माओवादीका कर्मचारीले मलाई ‘तिमि सामन्तबादको पक्षधर पो रहेछौ’ भनेर टिप्पणीमा थर्काएका भएपनि अरुबाट हालसम्म कुनै धम्कि नआएको र बरु माओबादीहरु सहित अरु दलका नेताहरुबाट यशैगरी खवरदारी लेख्ने कार्य जारी रहोश भनेर शुभकामना दिने गर्नुहुन्छ ।हरेक दलले आआफ्ना दलगत उधमी समूह खडा गरेका छन् । मोहन बैधको दलले भारतीय नम्बर प्लेटका सवारी साधनले नेपाली यातायात व्यवसायीलाई अशर पारेको भनेर गरेको विरोधलाई आफ्नै अलग दल खोलेका मोती दुगडको दलले ठीक नहुने भन्दै त्यसो नगर्न बैधको दललाई चेतावनी दिएका समाचार पूर्वको एक एफएममा प्रशारण भएको थियो भन्ने गाईगुई सुनेको थिएँ । यशको पुष्ठि एमालेको तर्फबाट दुगड उधोग बाणीज्य मन्त्री भएको बेला विधालयका मित्रलाई बधाई दिन मन्त्रालयमा भेट्न गएको बखत गरौँला भन्ने थियो तर,मेरो अन्नपूर्ण दैनिकमा प्रकाशित उहाँको उत्पादन ‘कुरकुरे’को बारेमा कुरा भएपनि बाहिर बशेका कर्मचारीहरुले भित्र पटक पटक चियाउने गरेकाले लौ यी निगरानीमा राखिएका मन्त्री पनि थपना नै रहेछन भन्ने लागेर बाहिर निस्किएँ । पछि त मोती दुगड नीति निर्माणमा समेत प्रभाव पार्ने एमाले नेता हुनु भएछ । उधमशिलताको परिभाषा बदल्दै परम्परागत उधमीहरु धरायशी हुने र उधमको संस्कार नभएका दलगत उधमी फस्टाउने गरी सम्बन्धको फाइदा शास्त्रले उधाशीलताको नयाँ परिभाषा गरेको छ । गुजरातको नयाँ मुख्यमन्त्री बनेपछि ई.सं.२००३ मा नरेन्द्र दामोदर दास मोदीसँग भारतीय उधोग परिसङ्घ–सीआईआईले दिल्लीमा आयोजन गरेको भेटघाट कार्यक्रममा केही वक्ता उधमीले मोदीको आलोचना गरेपछि उहाँले भित्रभित्रै आफ्नो दलसँग नजिक केही गुजराती उधमीलाई समेटेर अर्को समानान्तर सङ्गठन रिसर्जैण्ट ग्रुप अफ गुजरात–आरजीजी स्थापना गर्न लगाउनु भएको थियो । जनवरी ई.सं.२०११ को दोश्रो हप्तामा गान्धीनगरमा १०० भन्दा बढी देशका उधमी सम्मिलत द्विवार्षिक सम्मेलन भाइब्रेण्ट गुजरात–जीवन्त गुजरातको आयोजना पनि मोदीले आफ्ना पक्षधर उधमीको हितको लागि गर्नु भएको थियो रे भन्ने कुरा अंग्रेजी पत्रिका द कैरेभानमा प्रकाशित विनोद के जोशको लेखलाई हिन्दी अनुवाद गरेर सरिताले आफ्नो मे प्रथम ई.सं.२०१२ को अङ्कमा ‘शातिर शहंशाह का सच’शीर्षकमा उल्लेख गरेको थियो । नेपालमा पनि नेताहरुले उधमीमा समेत विभाजन ल्याएका छन् । अति छिटो नाफाहुने उधमको रुपमा नेताहरुको व्यवहारले नेपालमा राजनीतिलाई आवरणित गरेको छ । बि.सं २०८१ ज्येष्ठ २३ गते नेकपा माओवादी केन्द्रगण्डकी प्रदेश समितिले आयोजना गरेको बैचारिक एवं राजनीतिक प्रशिक्षणमा नेकपा माओबादीका तर्फबाट प्रधानमन्त्री बन्नु भएका प्रम पुष्पकमल दाहालले “वर्तमान संविधानबाटै समाजबादमा पुग्न सकिने”कुरा बताउनु भएछ । संविधानले समाजबाद ल्याउने हैन,सोच व्यवहार,आचरण र त्यागले ल्याउने हो । ब्यवहारमा उकुच पल्टिएको,दलाल पूँजिबादको रसमा चुर्लुम्म डुबेर समाजबादको ललिपपमा फेरि जनतालाई झुक्याउन खोज्नु भएको भनेर जनमनमा खुल्दुली शुरु भई सकेको छ । गणतन्त्र,समाजबाद,लोकतन्त्रको समुद्रिक स्तरको बृहद ज्ञान बुझेर पनि नेताको भ्रम र संसदबादी दलीय तामझामको शिक्षामा मतदाता अलमलिएर चुनावको बेला नेताले गर्ने अकूत प्रचार खर्चमा आफ्नो भविष्य निमार्ण हुन्छ भन्ने कुवा इनार स्तरको संकुचित शिक्षामा हामी अलमलिएर पनि नेताहरुले भ्रम छर्न मजाले पाएका छन् । नेपालमा चाहिँ सम्बन्धको फाइदाशास्त्रले समृद्धिको समेत परिभाषा तथा क्षेत्र एवं प्रकृतिलाई संकूचित बनाएको छ । सेनाहरु,सुरक्षा निकायलाई समेत उधमी बनाइएको छ । भारतमा १३ बर्ष अगाडीका वेस्टलैण्ड हेलिकप्टर–ट्रेटा ट्रक खरिदमा पनि सेनाका उच्च पदाधिकारीहरु विवादमा आएका थिए । नेपालमा पनि सेना प्रहरीका बेलाबखत उच्च पदाधिकारीहरु विवादमा आउने गर्छन ।
कलियुगमा सिर्फ भगवानको नाम र गुणहरुको जप–कीर्तन गर्दामात्र पनि पुण्य लाभ प्राप्त गर्न सकिन्छ भनेर श्रीवेदव्यासज्यूले उहीले नै भन्नु भएको थियो । त्यसैले मूल्य मान्यताका सबै भावात्मक रुपमा स्वीकार गरिएका पक्षहरु व्यबहारमा हुवहु लागु गर्न कठिन हुँदो रहेछ । लेनिनले ‘एक पाइलो अगाडि,दुइ पाइला पछाडि’ सुत्र प्रतिपादन गर्नु भएको सन्दर्भ अरु जे सुकै भएपनि सायद परिस्थिति–व्यवहारलाई बुझेर पनि हुन सक्छ भन्ने लाग्छ । व्यबहारमा ब्यक्तिगत स्वार्थ,अवशर,हावि हुँदा यशको प्रभाव समाज,राजनीति लगायतका क्षेत्रहरुमा पर्दो रहेछ । औपचारिक अनौपचारिक रुपमा चलेका सम्बन्धले सिर्जना गर्ने व्यक्तिको स्वार्थमा समाज,देश,विश्वको क्रमभङ्ग पनि हुँदो रहेछ । मान्छेको सम्बन्ध अनुशार सोच नियत,व्यवहारमा पनि देखिन्छ र व्यवहार नै पछि गएर चरित्रमा परिणत हुन सक्छ,व्यवहार अनुरुप चरित्रको निर्माण हुन सक्दो रहेछ । सम्बन्ध र चरित्रको अन्तरसम्बन्ध हुन्छ । चरित्र बर्गीय पनि हुन्छ । तर ठूलो बर्गको हुँदैमा उशको सम्बन्ध शोषहरुसँग मात्र हुन्छ, उ शोषक हुन्छ भन्ने हुदैन,तल्लो बर्गको हुँदैमा उ त्यागी हुन्छ भन्न पनि सकिदैन । सम्बन्धमा फाइदाको स्वार्थको स्तर कति छ ,कुन बर्गको लागि भन्ने कुराको अर्थ चाहिँ रहन्छ नै । पदमा रहुञ्जेलसम्म पाधेको कुरा सामाजिक सञ्जालमा साझा गरेमा वाह वाह गर्दै लाइक–टिप्प्णीको ओइरो लाग्छ अनि पद खुश्केपछि राम्रा विचार हेरिदिने पढिदिनेको पनि खडेरी सिर्जना गरेर फाइदाशास्त्रले स्वार्थको ब्याख्या पनि गर्छ । समाज सुधार,परिवर्तन,पिछडिएको बर्गको हितमा कलम चलाउने भारतका अंग्रेजी विषयका सेवा निवृत प्रो.रानासिंह १४ जुन ई.सं.२०२३ को अमृत विचार पत्रिकामा आफ्नो लेख ‘चरित्रका अर्थशास्त्र’ मा भारतमा अपराधमा तल्लो बर्ग र जातका मानिशहरु पनि संल्गन भएको उदाहरण दिएर भन्नु हुन्छ–“तल्लो बर्गको सेवा गर्न इतिहाश कालमा हजारौँ विद्रोही उच्च कूल घरानामा नै जन्मिएका थिए । गौतम बुद्ध अति उत्तम उदाहरण हुन । कैम्ब्रिजमा पढेका कोबाड गान्धी र भेलोर मेडिकल कलेजका उत्पादन डा.विनायक सेनको सम्झना हुन्छ । देश र गरीवको लागि आफ्नो सर्वस्व त्याग गरिदिनेहरुको सूचि बनाउने हो भने सवभन्दा बढी बाहुनहरु कै हुन्छ । प्रेम चन्दको कथा ‘कफन’को पात्र माधव र घिसू मा विद्रोहको भावना छ । के आफ्नी बुहारी त्यो पनि मृतक बुहारीसँग उनको अन्तिम संस्कारको बेला उनीसँग छल प्रपञ्च गर्दै तथा उनको कात्रोको पैसालाई जाँड रक्शीमा उडाउने पनि विद्रोही हुन्छ र ? भन्ने प्रश्न उठ्छ । चरित्र निर्माणको कारक अरु पनि होलान् । तर, सिर्फ जातपातसँग मात्र हुँदैन भन्ने कुरा तय भै सकेको छ । त्यसर्थ जशले जातिबाद–जातिबाद को नारा लाउँछ त्यो पूँजिबादको अन्धभक्त हो भनेर निर्विबाद रुपमा भन्न सकिन्छ ।” नेपालमा तल्लो बर्गका हितमा लागेका ब्यक्तित्वप्रति नै हानी पुग्ने गरी अपराध गर्नेहरु तल्लो जात तथा बर्गका नै बढी भएको पाइन्छ । ठूलो जुत्तामा गोडा पसाउदैमा ठूलो भै हालिदैन । तल्लो बर्गको हितमा भनरे जुलुशमा मानिश जम्मा गर्नेहरुले भिडको हाहु व्यवहार भन्दा बरु सम्बन्ध,चरित्र र व्यवहार सुधार गर्दा बर्गीय हितप्रति उनीहरुको सम्बन्ध,व्यवहार,चरित्र,दृष्किोण दिगो हुन्छ । र उनीहरु अरुको बहकावमा लागेर कुमार्गको हितमा काम गर्न तुरुन्तै तत्पर नहुन सक्छन् ।
आवश्यकता भन्दा बढी स्वतन्ताले पनि सम्बन्धमा अराजकता ल्याएर व्यवहारमा फाइदा शास्त्रप्रति मात्र आशक्ति तृष्णा,बन्धन बढ्न सक्छ । भ्रम र स्वतन्त्रता एकै हो भन्ने एक स्पेनिश दार्शनिकको विचारले मानिशमा काम गर्छ । सोच र विचारलाई कशैले रोक्न सक्दैन,स्वतन्त्र भएर नै सोच्ने हो भन्ने कुरामा मानिशमा भ्रम हुन्छ नै । स्पेनिश भाषाका प्रशिद्ध उपन्यासकार ‘कमीले होजे चेला’ मानिशले पुरा नहुने कुरा पनि सोच्छ,दाउपेच बारे सोच्छ र ब्यवहारमा अर्कै छवि पुर्नव्यवस्थित हुन्छ भन्ने विचार राख्नु हुन्छ । हो पनि राजनीतिज्ञ भनेको मानिश त हो,स्वार्थकोे लागि उशले दाउपेच खेल्छ,सम्बन्ध कायम गर्छ,व्यवहारमा देखाउँछ । स्वार्थको फाइदा शास्त्र देश र जनताको सेवाको लागि हो भने सार्थक होला अन्यथा दोहनमात्र हो भने निरर्थक हुन्छ,अपराध सरह हुन्छ । नेपालको राजनीतिमा अपराधको स्तर अनुशार सम्बन्धको फाइदाशास्त्रमा गठबन्धनका अध्याय थपिदै गएको पाइन्छ ।५० बर्ष अघि देखि सम्बन्ध भएका बिराटनगरका ढकाल परिवार साहित्य लेखक प्रमोद कुमार ढकाल प्रिन्स–कलाकार मनोज कुमार तथा वीत्तीय विज्ञ किशोर कुमारसँग १४ बैशाख बि.स.२०७९मा भेट भएपछि सोही दिन मैले सामाजिक सञ्जालको भित्तामा निम्न व्यहोरा साझा गरेको थिएँ–(क) यो सम्बन्ध नुवाकोटे सुन बहादुर तामाङ्ग–सिन्धुलीका पुष्प श्रेष्ठ–रौतहटे बबन सिंह–नाकाबन्दीको बेला सीमा पारीबाट नेपालतर्फ ढुङ्गा मूढ गर्ने तराईबासी (स्थानीय भाषी) पात्र–सँग रातारात गाँसिएको जस्तो सम्बन्ध हैन । (ख) फेरि सात सूर्य सात छाप वाला होली वाइनले गाँसीदिएको परिवार पार्टीको नौलो खिचडी गठबन्धनको सम्बन्ध पो हो की भनेर नझुक्कीनू होला । अनि केपी दाईले भने जस्तो–‘परमादेशी’,‘पञ्चमुखी गठबन्धन’ बीचको सम्बन्ध पनि हैन । अर्कोतिर अति महत्वकांक्षाको लागि राज्यको सामाजिक–आर्थिक–राजनीतिक पर्यावरणमा अन्धो नै हुनेहरूको स्वार्थी सम्बन्ध पनि हैन । यो त दुखैले गुजारा गरिरहेकाहरु बीचको दुख सुखका सबै बेला कायम रहेको निस्वार्थ सम्बन्ध हो । सम्बन्धको फाइदाशास्त्रले स्वार्थी एवं निस्वार्थी सम्बन्ध बीचको भेदभाव बारे केही बोल्दछ । प्राचीन मिश्रका देवी ‘मात’(एमएएटी)अर्थात बिहान सूर्योदय हुनुभन्दा पहिले पानीमा पर्ने लाली र देवता ‘पिताह’(पीटीएच) यानी उदाउँदो सूर्य थिए । ऋग्वेदमा मातालाई उषा–अति सुन्दर देवी तथा पितालाई सवितृ–शिल्पकार भनिएको छ । मात–पिताहलाई नै द्यौसपितृ(देवताहरुको पिता) र प्रिश्निमातरः(मरूद्गणहरुको माता) भनिएको छ । युनानी–रोमन भाषामा जूपीटर या जियुस एवं गाइया पनि क्रमशः क्रिएटर गड तथा क्रिएटर गडेस् हुन । युनानमा लाश जलाउँथे,मिश्रमा बालुवामा लाश गाडथे,जतिपनि मृत्युका देवताहरु छन उनीहरुको सम्बन्ध पानी मुनि वा समुद्रसँग हुन्छ भनेर भनिन्छ । ऋग्वेदमा नै प्राचिन पूर्वीय संस्कृति मिल्छ जुन पश्चिमको संस्कृतिको पनि सङ्गम हो । विश्वका पौराणिक कहानीमा ३०० जति देवी देवताको समूह मिल्दछन । (विभाष चन्द्र,पटना हाईकोर्टका अधिवक्ता–बीएचयुबाट इतिहाशमा स्नातकोत्तर भारतीय अध्ययन कर्ता । सामाजिक सञ्जालको भित्ताबाट । ०४,०७ जुन ई.सं.२०२४) । अर्थात दक्षिण एशियामा हामीले हाम्रा देव दवीहरुको जे जस्तो नाम र रुपले आस्था राख्छौँ त्यस्तै अस्त्र सामान लिएका त्यस्तै रुपका अरु देशमा पनि देवी देवता विभिन्न नामले पुकारिने गरेको धार्मिक तथा पौराणिक कथामा पाइन्छ,ती हाम्रा पुर्खाहरु हुन सक्छन । हिन्दु धर्ममा एक सवै शक्तिहालि परमात्मा हुनुहुन्छ भन्ने विश्वास गरिन्छ ।
सम्बन्धको फाइदाशास्त्रले धार्मिक कथा,आस्था,संस्कार संस्कृतिलाई पनि मिलन गराउँदो रहेछ । स्टीलको कलशको लागि १ हजारको रसिद काटेर पनि कलश यात्रामा सहभागी हुने महिलासँग अलग्गै भारु ३५० उठाउँदै प्रश्तुतकर्ता वा मुख्य आयोजकबाट ५१ लाख,संयोजकबाट ३१ लाख,रामदरबार–लक्ष्मण दरवारको द्वारमा फ्लेक्स बोर्ड–ब्यानर लगाउँदा लाखौँ,आहुतिको लागि ५१ लाख देखि ३१ हजारसम्म भुक्तानि गर्नुपर्ने,महाराज तथा संयोजकसँग भेटनु पर्दा पनि शुल्क तिर्नुपर्ने,महाराजसँग एउटा प्रश्नमात्र राख्न पाइने व्यवस्था सहित मानव मात्रको कल्याणको लागि भनेर बागेश्वरधामका पीठाधीश्वर बागेश्वर महाराज धीरेन्द्र कृष्ण शास्त्रीको भारतको जयपुर स्थित लालचन्दपुरा गाऊँमा ‘दिव्य दरबार’०२ जुन ई.सं.२०२४ मा राख्नको लागि प्रस्तावित गरिएकोमा आयोजना स्थलले ४ बिघा ओगटे पनि भक्तहरुको अत्यधिक सहभागी हुने अनुमान अनुशार चर्को गर्मीको कारण क्षेत्रफल सानो भएको कारणले स्थगित गरिएको भनिएपनि १० मे मा दरवारको लागि भूमि पूजा भएदेखि नै सन्तहरुबीच वर्चस्वको लागि विवाद शुरु भएको,आयोजना स्थल नजिकबाट विधुतको हाइटेन्सन लाइन गएको र आयोजकहरु नै विभिन्न कसूरमा मुछिएका समेत पाइएको भनेर २९ मे को दैनिक भास्कर पत्रिकामा समाचार प्रकाशित भएको थियो । नेपालमा पनि २०८१ सालमा श्री पशुपति कोटिहोम महायज्ञ हुदै छ ,यो यज्ञलाई सम्बन्धको फाइदाशास्त्रले यथार्थरुपमा देश तथा जनकल्याणकारी महायज्ञको रुपमा परिणत गरिदिओश भन्ने शुभकामना । भारतको लोक सभा निर्वाचनको परिणामले भगवान तथा धर्मसँगको पवित्र आस्था विश्वाससाथ हुनुपर्ने सम्बन्धलाई सत्ता राजनीतिको फाइदासँगमात्र गठजोड गर्दा,धर्मको व्यापार गर्दा पवित्र धर्मको दिव्य दरवार हैन बरु रातारात सहज आर्जनको विवादस्पद फाइदा हुने रहेछ भनेर सम्बन्धको फाइदाशास्त्रले चेतावनी पनि जारी गर्दो रहेछ । जुनसुकै धर्मसँगको सम्बन्धले मानिस इमान्दार,दयालु,निश्चल,सदाचार,अनुशासित हुन्छ । अर्को धर्मप्रति घृणा फैलाएर आफैँ सम्प्रादायीक हुने,छलकपटी,हत्यारा,शोषक,हेपाहा हुन दिदैन धर्मले । आखिर जशले विजय गरेपनि भारतका दुवै गठबन्धनका सम्बन्धका फाइदाशास्त्रले सहमतीय अवशरबादलाई मलजल गर्ने छन जहाँ कल्पनाभन्दा बाहिरको पात्रहरुले सरकारका महत्वपूर्ण पद सम्भाल्ने अवशर पाउने छन् । क्रमश…