सम्बन्धको फाइदाशास्त्र भाग २– जोसेफ,वीपी,माओ महादेव कृष्ण

सम्बन्धको फाइदाशास्त्र भाग १–परिभाषा र मान्यताबाट क्रमश…
एमाले मकवानपुरको १२ औँ जिल्ला अधिवेशनको बि.सं.२०८१ जेष्ठ १८ गते उद्घाटन गर्दै नेकपा एमालेका महासचिव एवं पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालमा धेरै राजनीतिक दल आवश्यक नरहेको भन्नु भएछ । अर्कोतिर स्थायी कमिटी सदस्य तथा पूर्व सांसद गूरु बरालले कृषि र पशुपालन जस्ता विषयगत क्षेत्रमा अघि बढेर अर्थसँग जनतालाई जोड्नु पर्छ भन्नु भएछ । सोहीदिन श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले–‘बजारमा अहिले जशले बढी प्रचार गर्न सक्यो,त्यही ठिक हो कि जस्तो देखिन्छ तर सत्य त्यस्तो हुँदैन । प्रचार बढी गरेर मात्र सत्य स्थापित गर्न सकिँदैन । जे हो त्यही सत्यतथ्य समाचार दिएर आमजनताको विश्वास र भरोशाको सम्पति भएकाले सरकारी सञ्चार माध्यम गोरखापत्रले भ्रम चिर्दै जनताको विश्वास कायम गर्नुपर्छ’ भनेर भन्नु भएछ । गोरखापत्र संस्थानमा आयोजित एतिहासिक तस्विर प्रदर्शनी अवलोकन गर्न जाँदा २९ ज्येष्ठमा मन्त्रीपरिषदका पूवअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले १२४ बर्षदेखि पत्रकारिताको क्षेत्रमा सफल रहेको गोरखापत्र दैनिक राज्यकै सम्पत्ति हो भन्नु भएको थियो । नेपाल प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पनि सोही दिन गोरखापत्रको अनुगमन कार्यक्रममा गोरखापत्र सरकारको मात्र नभएर आमनागरिकको पनि पत्रिका भएकाले यशमा सम्प्रेषण हुने समाचार,लेख रचना र सम्पादकीय पूर्ण रुपमा विश्वसनीय हुनुपर्छ भनेर सुझाव दिनु भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) हेटौँडा उपमहानगरपालिका कमिटीको जेठ २६ गते देखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले “कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको,समाजवादको एजेन्डा बिना कम्युनिष्ट पार्टीहरू टिक्न नसक्ने,समाजवादले आम नागरिकका समस्या र गुनासो सम्बोधन गर्ने भएकाले अब सबै राजनीतिक दलले समाजवादलाई मुख्य विषय बनाउनुपर्छ,देशको समानुपातिक विकासका लागी समाजवाद अपरिहार्य छ ”भनेर भन्नु भएको थियो (रासस २६ जेठ–गोरखापत्र,२७ जेठ वि.सं.२०८१) । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो घरको डाईनिङ्ग टेवलमा दुधमा सायद ओट राखेर खाईरहनु भएको थियो । छेउमा सिसाको ग्लाशमा पहेँलो शर्वत थियो । नेकपा एमालेकी पूर्व पहिलो संविधान सभा सदस्य एवं समाजसेवी शान्ता चौधरीले उक्त दृष्यलाई सामाजिक सञ्जालको स्टोरीमा साझा गर्दै लेख्नु भयो‘सादा जिवन उच्च बिचार’ । यो केही महिना अघिको कुरा हो । एमाले सहितको विश्व कै दुर्लभ चुनावि बाम सरकार पनि हेरिए कै हो र गिरिजाबावुको पूर्ण बहुमतको सरकारको आफैँले गर्नु भएको विघटन पनि हेरिएको हो । शङ्कर पोखरेलले धेरै दल नहुन,मानव अधिकार एवं लोकतन्त्रको अति दुहाई दिने संसदीय बाम दल एक र संसदीय चुनावलाई सर्वोपरी ठानेर प्रजातन्त्र भनेपछि सिद्धान्त भएपनि नभएपनि सवै अटाउन सक्ने अर्को दल भए पुग्छ,त्यसो भए सच्चा बामहरु निमिट्यान्न हुने र यश अवस्थामा कम्युनिष्टको खोल ओढेर जनतालाई गुमराहमा राखेर ५ बर्षमा दुई दलहरु मात्रले भित्रि सहमतिमा एक अर्कालाई गाली गर्दै मिलिजुलि आलोपालो गरेर सम्बन्धको फाइदा शास्त्रका सिद्धान्तको अवलम्बन गर्दै सत्तामा जाने आशयमा गफ हाँकेका हुन जस्ता जनताका जिज्ञाशाहरु सुनि सकिएको छ । जनमतमा पुग्दा त बरु कि एक दल नै होश वा निर्दल नै होश केही फरक पर्दैन भन्ने समेत ठोकुवा गर्छन जनताहरु । एमालेले उम्मेदबार छान्न परिक्षा लिने रे भन्दा अहा कति राम्रो पद्धतिमूलक कार्य गर्न लागेछन भनेर चित्त खुशि पार्नुको सट्टा–जनतामा हैट ! हिजो संस्थान बेच्दा आईएमएफ र वल्र्ड बैङ्कले अह«ाएर अनुभव हिन काँग्रेसले कुरै नबुझेर नीतिगत त्रुटी गरेपनि त्यसपछि यश्ता नीतिगत त्रुटीमा काँग्रेस पछि परेपछि अहिले संसदमा बामपन्थीको नाममा संसदीय राजनीति गर्ने रोहित र एमबीको दल बाहेक अरु सबै रहर लहडमा नीति तथा कार्यक्रम मिलाएर स्वार्थ पुरा गर्ने खेलमा माहिर भएका छन् । चुनावी परिक्षाको सन्दर्भले बुद्ध उपदेशका तीन बाँदर (गान्धीका तीन बाँदर हैनन् बुद्धका हुन,किनकि जापानमा गान्धी भन्दा हजारौँ बर्ष अगाडि नै तीन बाँदरका मूर्तिहरुलाई बुद्ध उपदेश–धर्मसँग आवद्ध गरिएका तथा उपहारमा समेत दिने गरिएका थिए भनेर भारतमा बहश पनि चलिसकेको छ) ले जस्तै कान आँखा र मुख थुन्नु नपरोश त्यो उम्मेदवार परिक्षाका चर्चाको सन्दर्भमा भनेर कुरा काट्दै यो परिक्षाका कुरा पनि भारतमा सम्मानीय मोदीजीको साशनकालका इलेटोरल वण्ड,पेपर लिक जस्तै र नेपालमा थप अरु सुन्नु नपर्ने कुराहरु सहितका विषयबस्तु चाहिँ नहुन भनेर शुभकामना दिन शुरु भै सकेको छ ।
जनताहरु नेताहरुका हरेक सकारात्मक कुराप्रति विश्वास नगरेर हरेक कुरामा निराशाका नकारात्मक सोच राख्न थालेका छन् । गूरु बरालका कुराहरु हुन वा झलनाथ खनालका कुरा हुन वा एमानलेका पर्यटन सम्बद्ध नयाँ पुस्तकका कुरा हुन राज्यका सार्वजनिक जग्गाहरु हडप्ने तिकडम हुन,भिउ टावर पार्क,ताल तलैयासँग सम्बन्ध राखेर फायदाको शास्त्र पढनेहरु आफुलाई टन्न पुगेपछि पर्यटन,कृषि र पशुसँग जोडेर जनतालाई अलमल्याउने सुत्रको खोजि गर्दैछन, नेता हुन कम्युनिष्ट शब्दबाट पर सरेर माक्र्श एङ्गेल्सका नाम लिनु नपर्ने गरी कम्युनिष्ट भनेपछि समाजबादको पुच्छर झुण्डाउनु कुनै आवश्यक नपर्ने भएपनि नेपालमा सत्ताको लागि अलग दल खोल्नेहरुले तथा आफ्ना परिवारलाई समेटन नसकेर आफ्ना भक्तको लागिमात्र एकलौटी स्वार्थ पुरागर्न दलभित्रका अरु जति अलग भइदिए हुन्थ्यो भनेर छुवाछुत गर्ने बामहरुले जनताको नाममा भनेर टिकाटिप्पणी सुन्नुपर्दा नेताहरुले राम्रो कुरा गरेको हो नकरात्मकता नफैलाउनुहोश न है भनेर दल इतरका र दलभित्रका नैतिवानहरुको सम्झाउन सक्ने आँट नपुग्दो रहेछ ।सम्बन्धको फायदा शास्त्रमा राजनीतिले वा राजनीतिमा लागेकाहरुले जनतालाई प्रोत्साहित,केन्द्रित,शामिल,जानकारी गराउनु पर्छ । नेपालमा जनताले जनप्रतिनिधिलाई मत दिएर विजयी गराई सार्वभौम अधिकार सम्पन्न बनाएपछि उनीहरुबाट ‘आयाराम–गयाराम’को जुन नैतिकता देखाइन्छ त्यसले लोकतन्त्रलाई परिणत गर्छ । भारतमा पूर्व प्रम इन्दिरा गान्धीको पाला देखि हरियाणका मुख्य मन्त्री भजनलालले शुरु गरेको सांसद खरिद प्रथाबाट फस्टाएको भनेर कतिपय विश्लेषकले भन्ने गरिएको यो आयाराम गयाराम नैतिकताले भारतमा त खेला होवे,खेला शूरु,पल्टुराम,स्वार्थी राम भाष्य निर्माण गरेर एक संसदको मूल्य ८० करोड सम्म पुर्याएको चर्चा गरिएपनि नेपालमा चाहिँ बि.सं २०३६ सालको जनमत संग्रहगर्ने कार्यक्रम भएदेखि राजा वीरेन्द्रलाई निरिह बनाएर दरवारका केही भारदारले भित्रीरुपमा केहीलाई एकता गराएर भारतको निर्देशनमा आयाराम गयाराम शुरु भएर एमालेको ५२ सालको सरकार गिराएपछि दुवौ मौलाएँ झैँ यो नैतिकता मौलाएको छ । अव त प्रदेशमात्र हैन स्थानीय तहमा पनि देखा परिसकेको छ । नयाँ दल नयाँ जोश वा नयाँ दलहरुको गठबन्धनीय वा एकल रुपमा गठन भएको नयाँ सरकारले विगतका पुराना दलहरुका सरकारले भन्दा अब राम्रो गर्ने भनेर जे जे नीति तथा कार्यक्रम ल्याएपनि लोकतान्त्रिक समाजबादमा राम्रो गर्न सकिनेगरी केही गर्न नै नसकिनेगरी विगतका सरकारले सबै क्षेत्रलाई भताभुङ्ग पारेका रहेछन भने सम्बन्धको फाइदाशास्त्र पल्टाउनुको कुनै अर्थ रहदैन । राजा र पञ्चहरुले त जाने बेलामा धेरै कुरा सार्थक एवं साबुत रुपमा छोडेका पो रहेछन । राजनीति विज्ञान पनि हो कला पनि हो । कला,मनोरञ्जन,धर्म शास्त्र,साहित्य शास्त्रमा आफैँले थुकेको थुक चाट्नु भनेको विकृत शास्त्र मानिएपनि राजनीति जव लुटतन्त्र र विकृत अभ्याशमा हावि हुन्छ तव त्यही थुकका कुरा सौन्दर्य शास्त्रको रुपमा बर्णन गरिदो रहेछ,नेपालमा विचार–सिद्धान्त,नैतिकताको तिलाञ्जलि दिएर गरिने गठवन्धनको अभ्याश नै आफ्नै थुक चाटनुको फाइदाशास्त्र भित्रको कुरुप शास्त्रको एक पाठ हो । सत्ताको अखवार गोरखापत्रको सम्बन्धको फाइदा शास्त्रको तय साशक–सरकारले गर्छ । आज काँग्रेस जिन्दाबाद,भोली बाम जिन्दाबाद,अर्कै भए छ भने हाम्रो राजा हाम्रो देश । गोरखापत्रलाई साँच्चै भ्रम चिर्ने तथा सबै नेपालीलाई एकताको सुत्रमा बाँध्ने सञ्चार माध्यम बनाउने हो भने यशले उठाउने गरेका चासोले प्राथमिकता पाउँनुपर्छ । यो लोक सेवा तयारी सामग्रीमात्र हैन भन्ने साशकले त बुझेनन् । यतीवेर मलाई ६ गते माघ बि.सं.२०५१ को नेपालीपत्र साप्ताहिक,पृष्ठ २ मा ‘गोरखापत्र’ शीर्षकमा प्रकाशित दिल साहनीको एक कविताको सम्झना हुन्छ–“गायथेँ धोको फेरि फेरि,जङ्ग बहादुर महाराजको गीत कुनै दिन,गायथेँ रमाइलो मानीमानी,मरीचमान माष्टर साहवको गीत कुनै दिन,गायथेँ तीन हात उफ्री उफ्री गिरिजा बावुको पनि त गीत कुनै दिन,बसिन चुपचाप एकछिन,कति हुरी बतास चल्यो,कति आँधी बेहरी आयो,लागे लाखौँ लाखा पाखा,तर परिन म कहिले अलपत्र,अहिले बनेको छु म हेर,मन मोहन कामरेडको प्यारो मुखपत्र,पुजनीय सर्वत्र,दैनिक गोरखापत्र ।”
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मृगौला रोगि हुनुभएकाले उहाँका खानपिन हेर्दा साधारण देखिएपनि अति मूल्यवान हुन्छन नै । उहाँको स्वास्थको लागि त्यो जरुरी हुनसक्छ । उहाँको पहिरन घर बस्दा मौसम अनुशार बिशुद्ध सुति वा शुद्ध कच्चा पदार्थ कै हुन्छन्–मूल्य सहज हुन्न । जनताले भरपर्दो तथा विश्वाशिलो नेताको रुपमा कुनै नेतालाई ठानेका छन भने त त्यस्ता नेताको रहन सहन विचार आचार सबै नै सादा तथा उच्च प्रकारको हुनुपर्छ नै । तर,सम्बन्धको फाइदा शास्त्रमा आफ्नो चित्त पुलकित भएपछि परिवारका शालीक,परिवारका नामका संस्था,बग्गि यात्रा र श्री पेचरुपी फेटाको शौख पनि सादा देखिन्छ अनि महाराज रुपी आचरण पनि उच्च विचार कै देखिन्छ । हामी मानव भएकाले सवैलाई नै त्यस्तै हुन्छ होला कि भन्ने लाग्छ । तर सादगीको कुरा गर्दा जव म माओलाई सम्झन्छु,लाल बहादुर शास्त्रीलाई,मनमोहन अधिकारीलाई,मोहन बैधलाई,सुशिल कोइरालालाई,वीपीलाई सम्झन्छु अनि वीपीको–“ चिल्लो सुकिलो हुने शौख हुनु मानवीय स्वभाव हो । तर,पार्टी कार्यकर्ताहरु यदी सर्व साधारण जनता,गरिव,किसान,मजदुरको माझमा जाँदा शोख देखाउने हैन ,सर्वसाधारण भएर जानुपर्छ । जनताको विश्वास जित्नु नै कार्यकर्ता र नेताहरुको धर्म हो” भन्ने लगायत माओका “सही बिचार त सामाजिक व्यवहारबाट मात्र पैदा हुन्छ ।

..मान्छेको सामाजिक अस्तित्वले नै उसको विचारको निर्धारण गर्छ” भन्ने बिचारको पनि सम्झना आउदा देश तथा जनताको फाइदाको लागि सेवाप्रति सर्मपण साशन होस भन्ने नेताहरु शौख हैन सरल र सर्वसाधारणन्मुख व्यवहार गर्छन भन्ने प्रष्ट हुन्छ । रायबरेलीको सामान्य सैलुनमा दाहि« काटने भारतीय राहूल,सबैले चिया खाने खाजा पशलमा गएर चिया खाने भारतीय प्रम सम्मानीय मोदीज्यू,बिहारको तातो बाटोमा खालि खुट्टा बालबच्चा च्यापेर काममा हिँडेकी गरीव महिला मध्ये को को सादगी हुन अलमलिन सकिन्छ । जे खाएपनि हुने गरीवलाई माया गर्ने महादेव सादगी हुन कि अर्थतन्त्र धान्ने कुशल वीत्तीय व्यवस्थापकलाई समेत जतिसुकै काममा व्यस्त भएपनि फुर्शद निकालेर गोडाकै छेउमा बश्न लगाउने बिष्णु सादगी हुन कि कलियुगको लैपटप डिजीटल प्रविधिको कल्पना गर्ने श्री कृष्ण पो सादगी हुन कि भन्ने कुरा सत्यसँगको समिप्यतासँग गासिन्छ । उहाँ भगवानहरुले सत्यको पक्षमा उभिएर सेवा दिनु भएकाले सवै सादगी हुन । पूर्व प्रम माधव कुमार नेपाल,बाबुराम भट्टराई पनि साधारण शौखमा रमाउने हुन तर,जस्तो सुकै सत्ताको आशक्ति,तृष्णा,बन्धनबाट उहाँहरु मुक्त हुन सक्नु भएन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदनले महङ्गो कुकुर पालेको र प्रचण्डको महङ्गो रोलेक्श घडी लाएको तस्वीर सामाजिक सञ्जालमा साझा भएको थियो । “..सिर्जनात्मक सेवाको आनन्द पाउनु पनि ठूलो कुरा हो”(जगदीशचन्द्र बोस,भारतीय वैज्ञानिक । मार्फत–श्री श्री परमहंस योगानन्द,ई.सं.१९४६ । योगीको आत्मकथा,योगदा सत्सङ्ग सोसाइटी अफ इण्डिया । नेपाली संस्करण ई.सं.२००६) । साहित्य लेखक,दार्शनिक र वैज्ञानिकहरु तथा सिद्धान्त तथा नैतिक आचरण भएका राजनीतिज्ञहरुका सिर्जनाहरुको सत्यसँग समिप्यता हुने भएकाले ती सिर्जनाहरुले देश विदेश तथा समाजमा आफ्नै तवरले सेवा पु¥याई रहेका हुन्छन् । सम्बन्धले फाइदा पुग्नु स्वभाविक हो । फाइदाको लागि भएको सम्बन्ध नैतिक हो वा अनैतिक भन्ने प्रश्न रहन्छ । नैतिक मूल्यको मापन नै जीवन हो । यो राम्रो भए अशल हुन्छ नराम्रो भए अभिशाप । त्यसैले जीवनको नैतिक मूल्य व्यक्ति सम्बद्ध हुन्छ । कशैलाई हानी नपु¥याएर पनि आफ्नो हितको लागि तिकडम अपनाउन मानिश स्वतन्त्र छ । तापनि समुदायमा बस्दा राम्रो हुने र राम्रो गर्ने कुरा महत्वपूर्ण हो । व्यक्तिगत,पारस्परिक वा आम रुपमा अशल वा राम्रोको लागि आफ्नो हित वा स्वार्थपनि खराव हैन । तर क्रुर व्यवहार,अति निच कर्म,अरुलाई हानी पु¥याउने जस्ता कार्यहरु गरेर फाइदा लिने कुरामा भने निजीस्वार्थ खराव हो । अर्थात निजी स्वार्थी ब्यक्तिपनि नैतिकवान हुन्छ तर अरुलाई कुनै हानी नोक्शानी नपुगोश । बर्नाड विलियम्श ई.सं.१९७२ मा क्यामब्रिज यूनिभर्सिटी प्रेश द्वारा प्रकाशित आफ्नो पुस्तक ‘मोरालिटी ःएन इन्ट्रोडक्शन टू इथिक्श’ मा ‘नैतिकता इश्वरबाट आउने कुरा हो । ईश्वर सही हुनुहुन्छ र ईश्वरको आदेश नमाने सजाय हुन्छ । मानिशले ईश्वर जे चाहनुहुन्छ त्यही गर्नुपर्छ,यशले ईश्वरसँगको मानिसको सम्बन्ध कायम रहिरहन्छ’ भन्नु हुन्छ । जोसेफ राज ई.स.२००२ मा अक्शफोर्ड यूनिभर्सिटी प्रेशद्वारा प्रकाशित आफ्नो किताव ‘ईङ्गेजिङ्ग रिजन ः अन द थ्योरि अफ भ्यालु एण्ड एक्शन’ मा मानवीय सोच र व्यवहारमा प्रकाशपार्दै भन्नु हुन्छ ‘आवेग,आशा,इच्छा,नियत र कर्महरु कारणद्वारा निर्देशित हुने हाम्रो जीवन सही रुपमा हाम्रो आफ्नो हो ।’ जीवनको नैतिक मूल्य व्यक्ति सम्बद्ध हुन्छ । कशैलाई हानी नपु¥याएर पनि आफ्नो हितको लागि तिकडम अपनाउन मानिश स्वतन्त्र छ । तापनि समुदायमा बस्दा राम्रो हुने र राम्रो गर्ने कुरा महत्वपूर्ण हो । व्यक्तिगत,पारस्परिक वा आम रुपमा अशल वा राम्रोको लागि आफ्नो हित वा स्वार्थपनि खराव हैन । तर क्रुर व्यवहार,अति निच कर्म,अरुलाई हानी पु¥याउने जस्ता कार्यहरु गरेर फाइदा लिने कुरामा भने निजीस्वार्थ खराव हो । अर्थात निजी स्वार्थी ब्यक्तिपनि नैतिकवान हुन्छ तर अरुलाई कुनै हानी नोक्शानी नपुगोश । बर्नाड विलियम्श ई.सं.१९७२ मा क्यामब्रिज यूनिभर्सिटी प्रेश द्वारा प्रकाशित आफ्नो पुस्तक ‘मोरालिटी ःएन इन्ट्रोडक्शन टू इथिक्श’ मा ‘नैतिकता इश्वरबाट आउने कुरा हो । ईश्वर सही हुनुहुन्छ र ईश्वरको आदेश नमाने सजाय हुन्छ । मानिशले ईश्वर जे चाहनुहुन्छ त्यही गर्नुपर्छ,यशले ईश्वरसँगको मानिसको सम्बन्ध कायम रहिरहन्छ’ भन्नु हुन्छ । जोसेफ राज ई.स.२००२ मा अक्शफोर्ड यूनिभर्सिटी प्रेशद्वारा प्रकाशित आफ्नो किताव ‘ईङ्गेजिङ्ग रिजन ः अन द थ्योरि अफ भ्यालु एण्ड एक्शन’ मा मानवीय सोच र व्यवहारमा प्रकाशपार्दै भन्नु हुन्छ ‘आवेग,आशा,इच्छा,नियत र कर्महरु कारणद्वारा निर्देशित हुने हाम्रो जीवन सही रुपमा हाम्रो आफ्नो हो ।’ कारणको मूल्य र सिद्धान्तको विश्वव्यापिकरण एकातिर र अर्कोतिर सामाजिक व्यवहार र परिवर्तन तथा सुधारको लागि तिनिहरुको संवेदनशीलताको अध्ययन गर्नुभएको सन्र्दभमा मानिशले बढाउने सम्बन्धको फाइदा कारणहरुद्वारा निर्देशित हुने रहेछन । समाप्त ।
(छविचित्र श्रेय ः वीपी र माओ एनपी डट चाइना एम्ब्यासी डट गभ डट सीएनबाट,०४ जुन ई. सं.२०२४ । चार्ट लेखकबाट । बाँकी अरु सबै भिक्टीजी तथा सामाजिक सञ्जालबाट मार्फत गुगल इन्टरनेट मे– ८ जुन ई.सं.२०२४ नेपाली समय दिनको ३.५७ । सबै बिम्वहरुको कलात्मकरुपमा सन्धिगरेर सहयोग गर्नुहुने–श्री अरुण भण्डारी,अंग्रेजी शिक्षक,श्रम राष्ट्रिय मावि,काठमाडौँ वार्ड नं.७) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *