सिगों सरकार ,प्रधानमन्त्री र गृहमन्त्री मस्त निद्रामा

मनसुन पुर्णरुपले प्रवेश गरिनसक्दै मुलुकमा बाढी पैरो र ढुवानको आतंक फैलिएको छ । असार महिनाको आधाउधी वितिसक्दा सम्म देशका अधिकांश स्थानमा धुलो उडिरहेको छ । किसानहरुको धानको बिउ खेतमै सुकेर जान थालिसकेको छ । मनसुन भित्रने र बर्षा हुने आशमा रहेका किसानहरु निराश भैरहेका छन । तापक्रम बृद्धि यति चर्काे छ कि खाडीलाई नै बिर्साइदिने स्थिति छ ।

यस्तो बिषम परिस्थितिमा देशका आधाजसो भुभाग बाढी, पहिरो, डुवान, गड्याङगुडुङ, आधीहुरीको चपेटामा फसेको छ । असार लाग्दा नलाग्दै नेपालको पुर्वाेत्तर जिल्ला ताप्लेजुङमा अश्वभाविक रुपले भएको बर्षाले गर्दा जनजीवन नै प्रभावित भयो । ठुलो वर्षाका कारण त्यस क्षेत्रमा वाढी, पहिरोको प्रकोपको सामना गर्नुपर्ने भयो । ताप्लेजुङ, तेरथुम संखुवासभा र भोजपुरमा त्यसको प्रत्यक्ष असर देखियो । ठाउँठाउँमा वाढीको कारण बाटो भत्किने, पुल पुलेसा बिगार्ने , फडके बगाउने जस्ता घटना भए ।

एकदिन मुसलधारे पानी पर्ने, चट्याङ पर्ने, आधीहुरी आउने र फेरि एक हप्ता चर्काे घाम लाग्ने स्थितिले पुरा जनजीवन प्रभावित भएको छ । एकडेढ हप्ताअघि पुर्वी नेपालमा भित्रिएको भनिएको मनसुनको प्रभाव बिस्तार हुन नपाउँदै चर्काे घामले सम्पुर्ण नेपाललाई तवाहीतवाही बनाएको थियो । मंगलवार एक्कासी मध्ये नेपाल र पुर्वी नेपालमा भएको वर्षाले ठुलो जनधनको क्षती पुगेको छ । झापादेखि रुपन्देहीसम्म र सोलुखुम्बुदेखि कास्कीसम्म बर्षा , चटयाङ,आधीहुरीले गर्दा झण्डै डेढ दर्जनको ज्यान गएको छ । पहिरो र डुवानका कारण अर्वाैको सम्पती नष्ट भएको छ । मंगलवार मात्र झापा केचना, मोरङको हरैँचा र विराटनगर महानगरपालिका वडा नं. ५,६,१२,१६,१८ र १९ मा घर डुवानमा परेका हजारौँ छन् । सप्तरी जिल्लामा सय बढी घर डुवेका छन । मध्ये नेपालका लमजुङ र कास्की जिल्ला सबभन्दा वढी प्रभावित भएका छन । कास्कीमा पृथ्वीराजमार्ग नै भासिएको छ । पोखरामा डुवानका कारण सडक जलमग्न हुँदा यातायात नै प्रभावित हुन पुगेको छ । कास्की जिल्लामा पहिरोेले घर लाँदा २ वालवालिकाको मृत्यु भएको छ । लम्जुङ जिल्लामा झण्डै दर्जन स्थानमा पहिरो गएको छ । लमजुङको वगुमा पहिरोले ३ घर बगाएको छ । घर बगाउँदा ४ जनाको ज्यान गएको छ । मोरङको शहरी क्षेत्र र ग्रामीण क्षेत्र व्यापक रुपले डुवानमा परेका छन् । रतुवा माइमा घर नजिकै डुवान क्षेत्रमा एउटा बालक पानीमा खसेर मृत्यु भएको छ । लमजुङको वेसी शहर चितीमा पहिरोले घर भत्कंदा २ जना घाइते भएका छन । सोही जिल्लाका दोर्दी गाँउपालिका सुनारगाउँमा पहिरोमा परी एक किशोरको मृत्यु भएको छ । कास्कीको मादी गाउपालिका चितेपानीमा एक बालक र एक बालिकाको मृत्यु भएको छ । त्यसैगरी पुर्वी पहाडी जिल्ला ओखलढुंगाको चिशंखुगढी गाउँपालिका थुम्कीमा पहिरोले पुरेर १ जनाको मृत्यु । सुदुरपश्चिमातिर मनसुन पुगिनसक्दा नै एकै दिनमा यति ठुलो आतंक ल्याउने गरी बर्षाले यो वर्षको मध्य बर्षा ऋृतु कस्तो हुन्छ भन्ने कल्पना गर्न सकिने अवस्था देखिन्छ । मंगलवार नै विद्यालय जाँदै गरेका ३ जना वालवालिका चट्याङ लागेर कैलालीमा मृत्यु भएको छ । चट्याङ , पहिरो , बाढी र डुवानको यो शुरुवात मात्रै हो । अब यसले कस्तो रुप लिन्छ भन्ने यकिन गर्न सकिदैन । विश्वव्यापी रुपमा उत्पन्न भएको मौसम परिवर्तनको असर नेपालमा पनि स्वभाविक रुपमा देखिएको छ । उग्रगर्मी अति वर्षा , बाढी पैरो, आँधीहुरी चट्याङ जस्ता प्राकृतिक प्रकोपका घटनालाई नियन्त्रण गर्न नसके पनि सरकारले पुर्वसुचना दिने, सजग गराउने, पीडितलाई तत्काल उद्धार गर्ने, राहत र विस्थापीतलाई पुनःस्थापना गर्ने काम तदारुकताका साथ गर्नुपर्ने हो । तर नेपालमा त अहिले सरकारै नभए जस्तो छ । गृह मन्त्रालय , गृहप्रशासनको काम के हो भन्ने समेत थाहा नभएका गृहमन्त्री छन् । अहिले गृह मन्त्रालयको काम स्टन्टबाजी गर्ने, सोसल मिडियामा छाउने र काम देखाउने हो भन्ने बुझ्न थालिएको छ ।

चैत बैशाखमा देशभरि लागेको डढेलो नियन्त्रण गर्ने , डढेलो नियन्त्रणको क्रममा घाइते भएका खटिईदा मृत्यु भएका फौजी राष्ट्रसेवकप्रति श्रद्धाञ्जलि दिने , तिनका परिवारलाई सान्त्वना दिने राहत उपलब्ध गराउने दायित्व गृहको हो भन्ने सम्म मन्त्रीले महशुस गरेनन् । चैत बैशाखमा आधीहुरी आउँछ , जनताका घर गोठ उडाउदा क्षती पुर्याउछ, जगंल र बस्तीमा आगलागी हुन्छ , त्यसले धेरै ठुलो नोक्सानी पुर्याउँछ त्यसका सम्बन्धमा राज्यका तर्फबाट ठुलो भुमिका पुरा गर्नुपर्छ । आगलागी नियन्त्रण आँधीहुरी र आगलागी पीडितप्रति सरकार बढ्दै संवेदनशील बन्नुपर्छ भन्ने ज्ञान समेत गृहमन्त्रीमा देखिएन । अबको चार महिना प्राकृतिक विपत्तिले घेरेर पुरै समाजलाई आतंकित गराउने समय हो । बाढी पैरो र डुवानका कारण घरवारविहीन हुने, यातायात अबरुद्ध बन्ने , दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न पनि सक्छ । गृहमन्त्रालय र सिंगो सरकारले त्यस्तो प्रकोपलाइ सामना गर्न पुर्व तयारी यसअघि नै गरिसक्नुपर्ने हो । तर अहिले प्रधानमन्त्री आफ्नो सरकार पुरै अवधि टिक्छ भन्दै कसैको विहे, कसैको सराद्दे, कसैको जन्मदिनमा अतिथि बनेर समय कटाइरहेका छन । भने गृहमन्त्री स्ट्न्टवाजी गर्ने, पैसा आउने ठाउँ खोजेर त्यहाँको काम गराउने , प्रहरी र निजामति प्रशासनलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने मै व्यस्त छन् । यदि यस्तैगरी सरकार सञ्चालन गर्ने हो भने नेपाली जनताको हरिविजोग हुने निश्चित छ ।

जब स्ट्न्टवाजीमा पुरै पार्टी फस्छ , प्रहरी सशस्त्र गुप्तचर र गृहअन्तर्गत कार्यरत निजामतिलाई समयमा नै सही ढंगले परिचालन गरिदैन भने जनताले यस्ता प्रकोपलाई नियतिको रुपमा स्वीकार गरेर बस्नुपर्ने हुन्छ । यो अवस्थाबाट मुक्त हुन या त बर्तमान सरकार नै फेर्नूपर्छ । कमसेकम गृहमन्त्री परिवर्तन गरेर चुस्त रुपले गृहप्रशासन सञ्चालन गर्न सक्ने गतिशील , इमान्दार , निष्ठावान र योग्य व्यक्तिलाई जिम्मेवारी दिएर काम लगाउनु पर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *