साथी ! न तिम्रो सरकार न मेरो सरकार
“कसैको गल्तीलाई खण्डन नगरि त्यसै छोडदिनु बौद्धिक बेइमानी हो”( कार्ल माक्र्श) भन्ने भनाई सम्झेपछि मैले आफुले चलाई रहेको सामाजिक सञ्जाललाई विघटन गरेर अर्को सामाजिक सञ्जाल सञ्चालन गर्ने सोचलाई १ हप्ताको लागि तामेलीमा राखेर केही लेख्ने विचार गरेँ । र,मेरा मित्र नेपाल सरकारका पूर्व उपसचिव बज्रमोहन कोईराललाले केही दिन अगाडि डिजिटल कुराकानी हुँदा जनतामा यति निराशा छ कि सार्थक लेखहरु कशैले पढ्दैनन भन्नु भएको कुराको पनि सम्झना गर्दै आफ्नै लागि भएपनि देहायको एउटा काव्य कथा सहित केही लेख्न रहर गरेँ–
साथी ! तिमि कुन दलको,म कुन दलको
न गठबन्धन सरकार तिम्रो,न एकलौटी सरकार मेरो
सबै हुन आवरणले ढाकिएका, रिमोट कन्ट्रोल छ छैन खोजि गर्नु
सर्कश मात्र हैन चलाउछन जात्रा ।
आखिर कशैको लहड रहरमा बीचैमा पनि
नभए पाँच वर्षमा एक पटक
औलामा बैगनी रङ्ग पोतेर व्यक्तिबादी हुँदै
मत खसाल्ने नाटक खेल्न गएका थियौँ हैन त हामी दुवै पात्र ।
जब तपाई सत्ताको क्षणिक सुखमा रमाउनु हुन्छ ,तपाईलाई त्यो क्षणिक सुख दिनको लागि हात बढाउने चतुर सहकर्मीले प्रयोग गरेर आफ्नो स्वार्थ पुरा गरेको र अरु थप स्वार्थ पुरा गर्न भित्र भित्र्रै अन्यसँग पनि हातेमालो गरिरहेको थाहा नै पाउनु हुन्न । सत्तामा पुकुर पुकुर भएर जे ल्यायो त्यही सही गर्नु हुन्छ,कुनै विवेकको प्रयोग नगरी आफ्ना भनाउँदा स्वार्थी समूहको लहै लहैमा लागेर देश जनता पर्यावरण विरोधी नीति कानून सवै भताभुङ्ग पार्नु हुन्छ । “गाइले पानी खान्छ,तर दुधमा पानी मिसाऊदैन”(पुण्य बराल,साहित्य लेख,झापा,मिति १८ आषाढ साल २०८१ को सामाजिक सञ्जालको भित्ताबाट) । कस्ता कस्तासँग हिमचिम बढाउनु हुन्छ । दुखमा साथ दिएका आफ्नाले दुख पाएमा कुटिल हाँसोमा उडाईदिनु हुन्छ । भौतिकबाद उही छ,भौतिकताबाद परिवर्तन भएकाले अलकति सोचलाई बदल्नुस तर नैतिकता,आचरण,मूल्यमान्यतालाई पतित नै बनाउनु पर्छ र ? कशैसँग हात नपसारी पनि त मोहन बैध बाँचेका छन, मोहनचन्द्र अधिकारी पनि त बाँचे कै छन्,लेखनाथ न्यौपाने,माया आश्रितको जीवन गुज्रेको नै छ,ढुण्डिराज शास्त्रीको साइकल पनि थिएन । गोलाञ्जोर गाँऊपालिकाका केही पदाधिकारी र काँग्रेसका तर्फबाट रामेछाप नपाका नगर प्रमुख लवश्री न्यौपाने पनि त त जनताको नजरमा उच्च आदर्शवादी बादी महसुश गरिएका छन,काठमाण्डौंका महानगर प्रमुख पनि केही राम्रो गर्न सकिन्छ कि भनेर लाग्नु भएको भन्ने गरिन्छ । स्व.वीपी कोइराला,पुष्पलाल श्रेष्ठ, नारायण कोइराला,गणेशमान,मनमोहन अधिकारी,सुशिल कोइरालालाई कृषि मलको कमिशन लिन नमान्ने तत्कालीन कृषि मन्त्री शैलजा आचार्यलाई पनि सम्झनु त ? ‘भ्रष्ट पञ्च’( यो शव्द सर्वप्रथम शैलजा आचार्यले प्रयोग गर्नु भएको थियो,र धेरै पञ्चहरु इमान्दार पनि थिए भनेर सङ्केत दिनु भएको थियो) र सत्ताको लाथि बहुदलीय नेताहरुसँग हिमचिम बढाउने अवशर बादी राप्रपाका नेता बाहेकका अरु इमान्दार पञ्चको हालत के छ ? यी सवै तपाईहरुले बुझ्नु भएका बहशका विषय मात्रै होइनन् गहिरा कुरा हुन सक्छन् ।म एउटा सर्वसाधारण नागरिक हूँ,निवृतिभरणमा गुजारा गरिरहेको ।
कुनै पनि दलमा नलागि निवृत कर्मचारीको आचरणमा रहेर विगतमा स्वस्थ्य खवरदारी गरेकोमा मलाई कुनै पश्चताप छैन । स्वस्थ आलोचनाले धेरै कुरा उजागर गर्छ र विचलनलाई सहि मार्गमा हिडाउन बत्ति बालिदिन्छ । गरीव बिधार्थीले विधालय शुल्कको व्यवस्था गर्न घास दाउरा ओशारे,डाँफे चोरिसिकारी भएर मासिए,ठेकेदारले काम छोडेर गयो यी समाचार सोसल मेडीयाका समाचार हैनन् गोरखापत्रले खवरदारी गरेका समाचार हुन,ठूला घरे मेडीयाले आफ्नो अनुकुलका समाचारमात्र प्रतिबेदन गर्छन भनेर जनताले टिकाटिप्प्णी गरिरहेका अवस्थामा साप्ताहिक पत्रिकाहरु पनि खोजेर पढ्न थालिएको छ ,गर्लफ्रेण्डका कुराहरु अनौपचारिक रुपमा जनताले चिया पशलमा आफैँले समाचार बनाउन थालेका छन् । कमशेकम खवरदारी त त्यहाँ पनि गरिएको हुन्छ । स्व.श्री ५ महेन्द्रका सवै नीति र कार्यक्रम धेरै वीपीबाट,थोरै माओबाट र अलिकति नेहरुको समाजबादबाट प्रभावित भएको पनि भन्ने गरिन्छ भनेर विगतमा मैले थोरै चर्चा गरेको थिए । ‘गर्छिन पुकार आमा रोई कराई जोड्ले’ भनेर नेपाल आमाको सम्झना राजा महेन्द्रले गर्दथिए,बुझेर वीपीले जन्म भूमि स्वदेश त्यसै फर्केका थिएनन् ।
भारतीय साहित्य लेखिका वन्दना यादवको अदविक पव्लिकेशन द्वारा अप्रिल ई.सं.२०२३ मा प्रकाशित उपन्यास ‘कितने मोर्चे’मा –“आमाको आफ्नै अदालत हुन्छ,आफैँ अधिवक्ता हुनुहुन्छ ,आफैँ न्यायधीस भएर फैशला पनि आफैँ सुनाउनु हुन्छ ,आमाको अगाडि विपक्षको कुने वकिलको बहश टिक्न सक्दैन” भनेर लेखिकाले सैनिक पत्नी अर्थात आमाले अनेक सङ्घर्षको मोर्चामा अनेक त्याग बलिदान गरेर एक्लै सङ्घर्षरत हुनु परेको कुराको लेखा–जोखा गर्नु भएको जस्तै गरी अहिले नेपाल आमा आफैँ वकिल,आफ्नै अदालत, आफैँ फैशला गर्दै एक्लै सङ्घर्ष गरिरहेकी होलीन भन्ने महसुश गर्न सकिन्छ । तपाई जनताको माया गर्नुहुन्छ,देशभक्त हुनुहुन्छ भनेँ सत्ताको आशक्ति त्याग गर्नुहोस,सव कुरा ओकलिदिनुहोस रिमोट कन्ट्रोलका कुराहरु, मदन भण्डारीका डायरीका रहस्यहरु बाहिर आउन नपाउँदै हराए जस्तै समय छँदै भनि हाल्नोस आफ्ना कुराहरु । विश्वको परिस्थितिले धर्म,नागरिकता,नश्ल,के के हुन भन्ने कुराको अर्थ प्रष्ट पार्दैछ । १,४७,१८१बर्ग किमिको जन्मभूमिको सार्वभौमिकतालाई खण्डिकरण गर्दा जनता सुखि हुन्छन ? जनताले नरुचाएको कुरामा कशको लागि ठेक्क लिनु भएको छ र यत्रो आशक्ति । बुझ पचाउनु भनेको माक्र्शले भने जस्तै बेईमानी हो । धेरैलाई धेरै अवसर प्रदान गरिसकेपछि अब जनताको भित्र मन बुझेर कदम चाल्नुहोस । शनिदेव हुनुहोस न्यायको लागि । अन्यथा तपाईको इतिहास सकिन्छ । चेतना भया !
(विम्ब श्रेय ः सामाजिक सञ्जाल,वि.सं.२०८१) ।