नैतिकताको प्रश्नलाई विवादित बनाइदैछ
नेपाली समाजमा यता केही कालदेखि नैतिकता, आदर्श, सिद्धान्त र मूल्य मान्यतालार्य आफु अनुकुल परिभाषित गर्ने रोग व्याप्त छ । त्यस्तो रोगले राजनीतिक क्षेत्रलाई मात्र होइन, मानव जीवनका यावत क्षेत्रलाई प्रभावित गरेको छ । आफु अनुकुल नैतिकताको व्याख्या गर्ने रोग त महामारी सरी फैलिएको छ । त्यसले मुलुकको शासनसत्ता, राज्यब्यवस्था र साधारण दिनचर्यमा विश्वास राख्ने सर्वसाधारणलाई पनि आक्रान्त पारेको छ ।
राजनीतिक पार्टी, कर्मचारीतन्त्र, उद्योगी व्यवसायी, किसान मजदुर सबै आफु अनुकुलको कुरालाई नैतिक मान्छन र आफ्नो प्रतिकुलकोलाई अनैतिक । नैतिकताको कुनै मान्य आधार तय नहुनु मात्र यसकोे कारण भने होइन । स्वार्थप्रेरित परिभाषालाई सामाजिक सञ्जालले विदु्रप बनाएर प्रचार गर्दा यो समस्या झन जटिल बन्न गएको हो । अहिले राजनीतिलाई इंगित गरेर आफु सोशल मिडिया को दुरुपयोगबाट खडा भएका प्रचारका बादशाहहरुले राष्ट्रलाई गंभिर खतरामा पुर्याएका छन । त्यसमा सत्ताको दुरुपयोगले पनि केही भुमिका अवश्यनै खेलेको छ तर यथार्थलाई स्वीकार गर्न तत्पर नहुँदा समस्या दिनानुदिन गंभिर बन्दै गएको छ । समस्या कहाँ छ, किन यसरी समाज नैतिकहिन मार्गतर्फ तीब्र गतिले अघि बढ्दै छ भन्ने कुराको सम्बन्धमा विचार गर्ने फुर्सद कसैलाई छैन । गलत प्रचार, गैर जिम्मेवार व्यवहार र अमर्यादित प्रस्तुतिले समाजलाई पतनको दिशातर्फ लादै छ । यसमा हाम्रा क्रियाकलापलाई अलग गरेर हेरिनु अझ घातक हुन्छ । समाज सुशित हुँदैछ, आधुनिकता र प्रगतिको शिखरतर्फ अघि बढेको छ भनेर गर्व गर्ने ठाउँ बाँकि छैन । ठुलो स्वरले गाली गर्ने, आफुलाई दुधले नुहाएको र बाँकि सबै फोहोरको पोखरीमा डुबेका भनेर गरिने प्रचारबाट समाजलाई बाहिर ननिकालिकन अवको प्रगकिमार्थ सम्भव छैन । दोहोरो मापदण्डमा विश्वास राख्ने पुराना र नयाँ कलेवरमा सजिएका दलहरु एकले अर्कालाई दोषी देखाउने होडमा तल्लिन छन । आफ्नो स्वार्थपुरा हुने भए तिनले एक अर्काेका सात खुन भाफ गरिदिन्छन ।
जनताको आम तहको त के कुरा भयो र बुद्धिजीवी भनिनेहरु समेत यसको समुचित ज्ञान राख्दैनन् । प्रसँग पुर्वगृहमन्त्री रवि लामीछानेको हो । अहिले उनको विरुद्ध पाचवटा अदालतमा मुद्धा चलिरहेको छ । नेपाल बाहेक उनको अमेरिकामा समेत आपराधिक संलग्नताको सम्वन्धमा तीनवटा अदालतमा मुद्धा चल्दै छ । उनी गृहमन्त्री हुँदै प्रहरी प्रशासन प्रयोग गरेर फाइल नै गायव गर्ने लामीछानेमाथि अहिले सरकार बढी नै पुर्वाग्रही भयो कि भन्ने कारणबाट पनि प्रश्न उठेको छ । लोकतान्त्रिक प्रणालीमा चेकएण्ड व्यालेन्स का लागी यसरी कुरा उठनुलाई स्वभाविक मानिुपर्छ । तर प्रचलित कानुन, मान्य सिद्धान्त, परम्परा र नैतिकतालाई तिलाञ्जलि दिएर त्यसो गरिनु हुँदैन । अहिले कास्की जिल्ला अदालतमा रविको पक्षमा भएको सुनुवाइको सम्बन्धमा गंभिर प्रश्न उठेको छ । बरिष्ठ अधिबक्ता शुशील पन्तको ल फर्ममा कुनैबेला काम गरेका नितिस राईको इजलासमा पन्तले बहस पैरवी गरे । त्यो न्या प्रणालीको अन्तराष्ट्रिय परम्परा र नैतिकताको विरुद्ध थियो । त्यस बारेमा लामीछाने समर्थक र बुद्धिजीवी भनिने तप्का मौन छ, किन ? लामीछानेलाई पाचवटा अदालतमा मुद्धा तलाएको, उनका विरुद्ध भएका प्रमाणको उपेक्षा गर्ने र उनको ठगी धन्धालाई उन्मुक्ति दिनुपर्छ भन्ने पक्षले यसका बारेमा बोल्न जरुरी छ ।
कांग्रेस उपसभापति धनराज गुरुङ र प्रतिनिधिसभाका लेखा समिति संयोजक ऋषिकेश पोख्रेलकी श्रीमतिको मुद्धा उठाएर रविमाथि ज्यादति भयो भन्नेले रविले शक्तिको दुरुपयोग गरी राज्य संयन्त्रलाई विगतमा पंगु बनाएका घटना पनि सम्झनुपर्छ । र अन्य सहकारी ठगीमा संलग्नमाथि भइरहेको अनदेखालाई पनि प्रचारको मसला बनाईनु हुदैन । रवि लामीछानेले न्याय पाउनुपर्छ तर उनले न्याय पाउने नाममा हजारौँ पीडित अन्यायमा पर्नुहुदैँन । त्यसको ख्याल राखौँ ।