विदेशी मुद्राको विनिमय दर आज कस्तो छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५२ पैसा र बिक्री दर १२२ रुपैयाँ १२ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ नौ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ६ पैसा र बिक्री दर १५८ रुपैयाँ ८४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २३ पैसा र बिक्री दर १३० रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३४ पैसा र बिक्री दर ९० रुपैयाँ ७८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ एक पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४८ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ६८ पैसा र बिक्री दर नौ रुपैयाँ ७२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ आठ पैसा र बिक्री दर १९ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २९ पैसा र बिक्री दर ३३ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ८७ पैसा र बिक्री दर नौ रुपैयाँ ९२ पैसा कायम भएको छ ।