रामचन्द्र पौडेलको अपिल– सुरक्षित भविष्यको निम्ति मतको सदुपयोग गरौं
काठमाडौं । नेपाली कांग्रेसका नेताले सुरक्षित र राम्रो भविष्यका लागि आफ्नो मतको सदुपयोग गर्न अपिल गरेका छन् । शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधि कायम रहेका बेला बिहीबार दिउँसो १२ बजेर ४१ मिनेटमा आफ्नो आधिकारिक पेसबुक पेजमार्फत नेता पौडेलले मतको सदुपयोग गर्न अपिल गरेका हुन् ।
‘निर्वाचन लोकतन्त्रको सुनौलो अवसर पनि हो । राम्रो र सुरक्षित भविष्यको निम्ति आफ्नो मतको सदुपयोग गरौं,’ उनले अपिलमा भनेका छन् । स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ जेसम्म मतदानको समय तोकिएको छ । मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ ।