अपवादलाई लिएर पार्टीहरू असफल भए भन्न मिल्दैन : प्रवक्ता डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशका केही ठूला सहरमा स्वतन्त्र उम्मेदवार अघि बढेको कुरालाई लिएर पार्टीहरू असफल भए भन्ने निस्कर्ष निकाल्न नसकिने बताएका छन् । ‘केही अपवाद जहिले पनि हुन्छ निर्वाचनमा । यतिधेरै स्थानीय तहहरु छन् । केही अपवादलाई लिएर पार्टीहरु असफल भए, नेपाली कांग्रेस असफल भयो भन्ने निस्कर्षमा पुग्न सकिदैन,’ सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता महतले भने । 

अपवाद काठमाडौं महानगरपालिकामा पनि देखिएको उनले जनाए । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाह नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारभन्दा निकै अगाडी रहेका छन् । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी बनिसकेका छन् । धनगढी उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । जनकपुर उपमहानगरपालिकामा पार्टीका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार निकै अगाडि रहेका छन् । 

‘के काराणले दलहरुसीत असन्तुष्ट छन्, खासगरी युवापुस्ता किन असन्तुष्ट छन् । उहाँहरुको भावनाहरु कसरी पार्टीले सम्बोधन गर्नुपर्छ । के कुराले उहाँहरुलाई बिझाइरहेको छ । कांग्रेस गतिशिल पार्टी हो, हामीले अनुभवबाट सिक्छौं । सिक्न र पाठ लिन कांग्रेस कहिल्यै चुक्दैन,’ प्रवक्ता महतले भने । स्वतन्त्र उम्मेदवार अघि बढेको कुरालाई नेपाली कांग्रेसले नोटिसमा लिएको उनले जनाए । कहाँ कहाँ कमजोरी भए निर्वाचनको सम्पूर्ण परिणाम आएपछि समिक्षा गरिने उनले बताए । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *