माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकारमा छुट

काठमाडौँ । माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने भएको छ । बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने उद्देश्यले अन्नपुर्ण केबुलकार प्रा.लिसँग उक्त व्यवसायिक सम्झौता गरेको हो ।

सो सम्झौतापत्रमा अन्नपुर्ण केबुलकारको तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा बैंकको तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।सम्झौता अनुसार बैंकका ग्राहकले अन्नपुर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त केबुलकार सुविधा पोखराको सेदीबगरदेखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *