यमन थापाले गरिन् अमेरीकाको बिश्वबिद्यालय टप
काठमाडौँ । भक्तपुर जिल्ला सूर्यबिनायक नगरपालिका ३ बालकोटकी यमन थापाले अमेरिकाको बिश्वबिद्यालय टप गरेकी छन् । उनले ब्याचलर डिग्रीमा ३.९८ जीपिए ल्याएर केमेष्ट्री बिषयमा काल्डवेयल विश्वविद्यालय टप गरेकी छन् । हालै उनले कोल्ड स्प्रिङ हार्बर ल्याब्रोटरीबाट पूर्ण छात्रबृत्तिमा पिएचडी गर्न समेत पाउने भएकी छन् ।
उनले २०२१ का लागि स्टुडेन्ट लिडरशिप अवार्ड समेत जितेकी थिईन् । अमेरिकन केमिकल सोसार्ईटी एसीएसको छनोटमा उनले उक्त अवार्ड पाएकी थिईन्। सानै देखि लगनशिल मेहेनति यमनले यस भन्दा पहिले काठमाण्डुपोष्ट मा आर्टीकल समेत लेखेकी थिईन् । परिवारको मात्र नभई नेपालको सान उँचो बनाएकोमा गर्बले छाती फुलेको यमनका पिता बिमल थापाले बताउछन् ।