कुमारी बैंकका ग्राहकले सुदुरपश्चिमको लाल रत्न अस्पतालमा छुट

काठमाडौँ । कुमारी बैंक र सुदुरपश्चिम प्रदेश लम्की चुहा नगरपालिकास्थित लालरत्न अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *