ग्लोबल आइएमईका ग्राहकलाई मिनिसो र मिसियो स्टोरमा क्यासब्याक

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई मिनिसो र मिसियोका स्टोरबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने भएको छ । बैंकले अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी यो योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत ग्लोबल आइएमई बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर मार्फत भुक्तानी गर्दा प्रत्येक कारोबारमा १० प्रतशित (अधिकतम ३०० रुपैयाँसम्म ) क्यासब्याक पाउनेछन् । यो योजना जेठ १८ गते बुधबारदेखि काठमाडौं उपत्यकाभित्रका मिनिसो र मिसियोका सबै स्टोरहरूमा लागू हुनेछ । फ्रेन्चाइजमा आधारित अन्तर्राष्ट्रिय रिटेल चेन डिपार्टमेन्टल स्टोर मिनिसो र मिसियोका १२ भन्दा बढी स्टोरहरू रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *