सुनपा ३ का गौतम परिवारले स्वर्गिय माताको २० औ वर्षको पुन्यतिथिमा ६३ जना बालबालिकाहरुलाई खानाको प्रबन्ध

भक्तपुर । सूर्यविनायक नगरपालिका ३ बालकोटबाट आदरणीय गणेशप्रसाद गौतमले आफ्नो स्वर्गिय माता आदरणीय भानु माया गौतमको २० औ वर्षको पुन्य तिथिमा द्धन्द पिडित तथा अपागं समाज नेपाल शलम्बुटार,शाँखु, काठमाडौका ६३ जना बालबालिकाहरुलाई बेलुकाको लागि पनीर खाना खुवाउनु भएको छ । खानाको लागी रु ११,००० सहयोग गरिदिनु भएको थियो ।

यस पवित्र कार्यमा मृतकको छोरा आदरणीय शिवप्रसाद गौतम, बुहारीहरु आदरणीय जानकी गौतम र देवीमाया गौतम र नाति सुमन गौतम, नातिनी बुहारी शर्मिला गौतम र पनाति शुबिज्ञा गौतमको उपस्थिति रहेको थियो ।

स्व.भानु माया गौतमको आत्मा चिरशान्ति को कामना सहित हार्दिक श्रध्दाञ्जलि ब्यक्त गरिएको थियो। संस्थाका अध्यक्ष युबराज थापा बैरागीले यस महान सहयोगको लागि हजुरहरुलाई धेरै धेरै धन्यबाद दिनु भएको थियो । आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा राख्ने अध्यक्ष थापाले बताउनु भयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *