अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन् । शनिबार बिहान प्रथम महिला जिल बाइडेनसँग साइकल चलाउने क्रममा उनी लडेका हुन् ।

ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा बाइडेन लडेको देख्न सकिन्छ।

डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका ७९ वर्षीय राष्ट्रपति लड्ने वित्तिकै उठेका थिए । उनलाई चोटपटक भने लागेको छैन।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *