कामना सेवाको शौचालय अब ‘पब्लिक ट्वाइलेट’

काठमाडौँ । कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिकाभित्र रहेका शाखाहरु शौचालय ‘पब्लिक ट्वाइलेट’ बनाउने निर्णय गरेको छ । बैंकले महानगरभित्रको ८ वटा शाखा कार्यालयका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने गरी काठमाडौँ महानगरपालिकासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेतले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नितीअनुरुप बैंकले पनि एक्यबद्धता जनाएको बताए ।

काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो । बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्ने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *