आइएमई जनरल र चिरायु अस्पतालबीच सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । इन्स्योरेन्स र अस्पतालबीच एक कार्यक्रमबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सकिने छ ।