महिन्द्राको नयाँ स्कर्पियो–एन अनावरण

काठमाडौँ । महिन्द्रा एन्ड महिन्द्राले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित एसयुभी ’अल–न्यू स्कर्पियो–एन’ को अनावरण गरेको छ । कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कारको संयोजन रहेको नयाँ स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयुभी हो । नयाँ स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र भित्री डिजाइन पुनर्परिभाषित गरी डी–सेगमेन्ट एसयुभी श्रेणीमा डिजाइन गरिएको छ । यसको प्रदर्शनी र क्षमता पनि उच्चस्तरीय छ ।

नयाँ स्पर्पियो–एनमा कम्पनीको पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको छ । ‘ट्विन पिक’ लोगो रहेको यसले साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्छ । नयाँ स्कर्पियो–एनको अनावरण नेपालसँगै भारत र दक्षिण अफ्रिकामा एकै पटक भएको हो । नेपालको लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुप रहेको छ । द स्कर्पियो–एन ठूलो, बलवान, शक्तिशाली, अत्याधुनिक सुरक्षा र प्रविधिले भरिपूर्ण छ । नयाँ युगको प्रामाणिक एसयुभी खोज्नेहरूका लागि नयाँ द स्कर्पियो–एनलाई इञ्जिनियरिङ गरिएको कम्पनीको दाबी छ ।

एसयुभीमा १४९.१४ किलोवाट (२०० पिएस) पावर र ३८० एनएम टर्क उत्पादन क्षमताको टिजिडिआई एमस्टालियन (पेट्रोल) इन्जिनद्वारा सञ्चालित छ । यो १२८.६ किलोवाट (१७५ पिएस) पावर र ४०० एनएम टर्कको एमहक (डिजेल) इन्जिन विकल्पमा पनि उपलब्ध छ । दुवै विकल्प म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरव्हिल ड्राइभ विकल्पसहित छ । द स्कर्पियो–एनमा सिग्नेचर ह्विल आर्चहरू छन् ।

यसमा बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणाली छ । यसको ह्यान्डलिङ पनि सहज छ भने गाडीको भित्री डिजाइन पनि आकर्षक छ । यो एसयुभीमा फर्स्ट–इन–क्लास इन्टेलिजेन्ट टेरेन म्यानेजमेन्ट प्रविधिको साथ सबै भू–भागहरूमा आधिपत्य कायम गर्ने गरी डिजाइन गरिएको महिन्द्राले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *