संसदीय समिति बनाउन अध्यक्ष ओलीको माग


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण प्रक्रियामा अर्थ मन्त्रालयमा भएको सिसीटिभी फुटेज उपलब्ध नभएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले सो प्रकरणबारे सरकारले छानबिन गराउन सक्नुपर्ने र यसमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्धलगायतका सवालमा सरकारका कार्य उचित नभएको दावी गरेका छन् । अध्यक्ष ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कहिले के के भएको हो ? सोबारेमा पनि स्पष्ट पार्न माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *