सुनपा जेष्ठ नागरिक समन्वय समितिद्वारा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा ज्याकेट बितरण
भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ मा रहेको जेष्ठ नागरिक समन्वय समितिले नेपाल टेलिकम केन्द्रीय कार्यालयको सहयोगमा प्राप्त ८० वर्ष उमेर पूरा भएका, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिकहरुका लागि न्यानो कपडा ज्याकेट बितरण गरीएको थियो ।

उक्त कार्यक्रमका संयोजक बिश्वनाथ ढुङ्गेल लगायत सञ्चालक समितिका साथिहरु,सल्लाहकारहरुको उपस्थित रहेको थियो । साथै वडा जनप्रतिनिधि घनश्याम भट्टराईको पनि उपस्थिती रहेको थियो ।

आज ३७ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा ज्याकेट बितरण गरीएको थियो । अरु लिन आउँन बाँकि हुने सामाजिक सुरक्षा भत्ता प्राप्त गरी ८० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई भोलिदेखि पुन बितरण गरिने कुरा पनि यहाँहरु सबैलाई जानकारी गराईएको छ ।


















