कांग्रेस पदाधिकारी बैठक बस्दै, निर्णय पुस्तिकाको गृहकार्यमा जाेड

कामठाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार अपरान्ह ३ बजे बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएकाे छ ।

केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवाश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बुझिएको छ । शनिबार नै केन्द्रीय समितिकाे बैठक सक्ने तयारी भए‍ पनि नेताहरूले बाेल्ने पालाे नसकिएकाले लम्बिएकाे हाे ।

यसपटककाे कांग्रेस बैठकमा संस्थापन र इतर पक्षका नेताहरूबीच आराेप-प्रत्याराेप सुरु भएकाे छ । खासगरी महामन्त्रीद्वय गगन थापा र‍ विश्वप्रकाश शर्मामाथि देउवा निकट नेताहरू बढी नै आक्रमक देखिएका छन् । प्रत्युत्तरमा थापा र शर्माले पनि देउवाले कार्यशैली नसुधारे चुप नबस्ने चेतावनी दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *