रन सुजको २६ नयाँ मोडलका जुत्ताहरु बजारमा
काठमाडौं । रन सुज इन्ड्रष्ट्रिजले २६ नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । कम्पनीले चाडपर्वहरुलाई लक्षित गरी नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको हो ।
रन सुजको स्पोर्टस्, फेन्सी तथा पार्टि, क्याजुयल र लोफर मोडलका जुत्ताहरु बजारमा उपलब्ध छन् । रन सुजका उत्पादनहरु फ्लेक्जिबल इनरसोल, नचिप्लिने रवर तथा पियुको सोलहरुमा बजारमा उपलब्ध छन् । रन ब्राण्डका जुत्ताहरुमा गुणस्तरीय सामाग्रीहरु प्रयोग भएकोले रन ब्राण्डका जुत्ताहरु लगाउँदा आरामदायी र बलियो हुनुको साथै रिजनेबल पनि भएको कम्पनी बताउँछ । रन सुजकोे १ हजारभन्दा बढी मोडलका जुत्ता चप्पलहरु बजारमा उपलब्ध छन् साथै, यसले ७७ वटै जिल्लाका मुख्य शहर तथा बजारहरुमा बिक्री वितरण गर्दै आएको छ ।