हिमालयन बैंकले सञ्चालनमा ल्यायो ‘एचबीएल एमेक्स डलर कार्ड’


काठमाडौं । हिमालयन बैंकले एचबीएल एमेक्स डलर कार्ड सञ्चालनमा ल्याएको छ । बुधबार बैंकले एचबीएल एमेक्स डलर कार्ड सेवा शुभारम्भ गरेको हो
यस बैंकले हालै प्रदान गर्न शुरु गरेको अमेरिकन एक्सप्रेस व्राण्डको प्रीपेड तथा क्रेडिट कार्ड एमेक्स प्रिपेड एण्ड क्रेडिट डलर कार्ड सेवाको शुभारम्भ गरेको हो । ‘हिमालयन अमेरिकन एक्सप्रेस क्रेडिट र हिमालयन अमेरिकन प्रिपेड कीप कार्ड गरि दुई वटा कार्ड संचालन गरेको हो, जुन विश्वव्यापी उच्च स्तरको कार्ड हो, बैंकका महाप्रबन्धक उज्वलराज भण्डारीले भने ।
कम्पनीका अनुसार यो कार्डको विभिन्न विशेषताहरु छन् । जसमध्ये बुकिङ डटकमा प्रयोग गर्दा २० प्रतिशत छुट र हिमालयन बैंकको कार्ड होल्डिङ भएकालाई विशेष छुट हुने बैंकका सीईओ अशोक शम्सेर राणाले जानकारी गराए । कार्यक्रममा बोल्दै सीईओ राणाले हिमालयन बैंकले नेपालमा पहिलो पटक एटीएम कार्ड भित्र्याएको बताउँदै सो बैंक वित्तीय क्षेत्रमा पायोनियर बैंकका रुपमा उदाएको दावी गरेका छन् । बैंकको कार्ड भएका ग्राहकले तीर्थ यात्रा गर्न विदेश जाने, स्वास्थ उपचार गर्न विदेश जाने, स्टडी भिसामा विदेश जाने र घुम्न जानेका लागि यो उपयुक्त हुने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *