प्रभु क्यापिटलको ग्राहकको लागि विशेष अफर


प्रभु क्यापिटलले आपना ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीचमा सम्झौता भएको छ । यस योजना अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट या बिल पेमेण्ट गर्दा प्रोमो कोडमा प्रभु क्याप टेन उल्लेख गर्नुपर्नेछ ।
यसै गरी यस क्यापिटलको हितग्राहीग्राहकले पाउने अर्को बिशेष अफर अन्र्तगत रोडहाउसपिजा बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बिल पेमेण्टगर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको क्यापिटलले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *