माओवादीले टुंग्याएन पदाधिकारी चयन, शनिबार फेरि बैठक बस्ने


काठमाडौं । माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छै्रन । शुक्रबार बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विनानिष्कर्ष टुंगिएको छ । पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रुप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रुपले छलफल गर्‍यौँ,’ महराले भने।

पदाधिकारी चयनका विषयमा लगभग टुंगो पुगेको र शनिबार बस्ने बैठकले यसबारे निर्णय लिने महराले जानकारी दिए । भ्रातृ संगठन वाईसीएसलको भेलासहितका विभिन्न्न कार्यक्रममा सहभागी हुन नेताहरु जानुपर्ने भएकाले शुक्रबार पदाधिकारीका विषयलाई थाती राखिएको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *