प्रभु क्यापिटलका ग्राहकलाई टिथ्रि थकालीमा विशेष छुट
काठमाडौं । प्रभु क्यापिटल र टिथ्रि थकाली ग्रुपका बीचमा सम्झौता भएको छ । क्यापिटल र ग्रुपबीच ग्राहकलाई छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार प्रभु क्यापिटलका हितग्राही ग्राहकले टिथ्रि थकालीबाट सेवा लिँदा १२ प्रतिशत छूट पाउने छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेकवाउट या बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनु पर्नेछ ।
सम्झौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टिथ्रि थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।