चौधरी समुहले ल्याउने भयो ओला स्कुटर


भारतीय बजारमा लोकप्रिय ओला स्कुटर चौधरी समूहले नेपाली बजारमा भित्र्याउने भएको छ । चिनिया ब्रान्ड नेटा भि इलेक्ट्रिक गाडी सार्वजनिक गरेको केही समय भित्रै विद्युतीय स्कुटर ब्रान्ड ओला सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले आगामी असोजमा आयोजना हुने नाडा इभि अटो एक्स्पोमा ल्याउने जनाएको छ । चौधरी ग्रुपको एस १ र एस १ प्रो स्कुटर अटो शोमा पहिलो पटक सार्वजनिक हुँदै छ । जसमा ओला स्कुटरले एक पटकको चार्जमा १ सय ५० किलोमिटर माथि माइलेज दिन्छ ।
ओला बाहेक भारतीय ब्रान्ड कोमाकी ईभी पनि नेपाली बजारमा केहि समय अघि भित्रिएको थियो । सिजीले भित्र्याउन लागेको ओला स्कुटरको टप स्पीड प्रतिघण्टा ८५ किलोमिटर रहेको कम्पनीले जनाएको छ । हालसम्म कम्पनीले २ लाख ५० हजारदेखि ४ लाख रुपैयाँसम्म पर्ने कम्पनीको दाबी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *