हिमालयन बैंक एक्सिलेन्स इन पीओएस एक्वायरिंगद्वारा सम्मानित


काठमाडौं । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रे’ जेसीबी, मास्टर्ड एवं भिजा स्विकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले एक्सिलेन्स इन पीओएस एक्वायरिंग बिजनेश २०२२ अवार्ड प्राप्त गरेको छ । भिजाद्वारा आयोजित एक समारोहकाबीच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेकी थिइन् । बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्वीकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटीएम, पीओएस तथा इकमर्श गेटवेमार्फत् स्विकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुँदै आइरहेको छ । बैंकले प्रदान गरेको विशिष्टिकृत सेवामा आवद्द भई कार्ड एक्वायरिंग बिजनेश गरिरहेका ग्राहकमा यो सम्मान समर्पित गर्दै यसै महिनाभित्र डिनर्स डिस्कोभर ब्राण्डको स्वीकार्य थप गरिने व्यहोरा बैंकले जनाइएकोे छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *