कुमारी बैंक र बाराही पोलीक्लिनिकबीच सम्झौता


काठमाडौं । कुमारी बैंक र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रा.लि.बीच सम्झौता भएको छ । दुई कम्पनीबीच बैंकका ग्राहकलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।
यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २० प्रतिशत, प्रयोगशाला शुल्कहरूमा १५ प्रतिशत, एक्स–रेमा १० प्रतिशत, र औषधी शुल्कहरूमा ५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *