कांग्रेसको बहुमत हुन्छ, कम्तिमा १०० सिट लिनु पर्छ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको एकल बहुमत पुग्ने गरी तालमेल गर्नुपर्ने बताएका छन् । बिहीबार वीपी जयन्तीका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले धनुषाको जनकपुरधाममा आयोजना गरेको विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

नेता कोइरालाले कांग्रेसको केन्द्रीय समितिमा गरेको निर्णयमा एकल बहुमत ल्याउनका लागि चुनावी तालमेल गर्ने भन्ने उल्लेख रहेको पनि बताए । उनले भने, ‘त्यसअनुसार कांग्रेसले कम्तिमा १०० सिट लिनु पर्छ ।’ तालमेल मात्रै नभएर कांग्रेसको बहुमत हुने कुरा महत्वपूर्ण हुने उनको भनाइ छ ।

कांग्रेसलाई चुनाव जिताउनुपर्ने भएकाले नेतालाई बिना भेदभाव टिकट दिनुपर्ने पनि उनले बताए । नेकपा एमालेले संविधान असफल बनाउन खोजेकाले विचार नमिल्ने दलहरुसँग गठबन्धन गर्नुपर्ने बाध्यता आइपरेको बताउँदै नेता कोइरालाले भने, ‘सिद्धान्त नमिल्ने दलसँगको गठबन्धन पवित्र हो कि अपवित्र हो म अहिले भन्दिन, चुनावपछि मात्रै भन्न सकिन्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *