साईनिङ नेपाल फाउन्डेसनद्वारा उत्कृष्ट विद्यार्थीलाई ल्याप्टप वितरण
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख अतिथ्यतामा आज गौशाला स्थित अनुपम फुडलेण्डमा भएको साईनिङ नेपाल फाउन्डेसन द्वारा आयोजित कार्यक्रममा कामपा वडा नं ९ को तिन वटा सामुदायीक विद्यालयका एस.ई.ई परिक्षामा उच्च अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा ल्याप्टप वितरण कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा विभिन्न पार्टीका नेताहरुको उपस्तिथि थियो । कार्यक्रम फाउन्डेसनका अध्यक्ष सुनिल आमात्यको सभापतित्व सम्पन्न भएको थियो ।


नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उच्च अंक ल्याउने विद्यार्थीलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन । सामुदायिक विद्यालका विद्यार्थिले स्रोत र साधनको अभावमा रहेर पनि मेहनतका साथ उच्च अंक ल्याएकोमा अभिभावक र विद्यार्थी दुवैलाइ बधाई दिएका छन । फाउन्डेसनका अध्यक्ष सुनिल आमात्यको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रममा विभिन्न पार्टीका नेताहरूले आफ्नो मन्त्वय राख्ने क्रममा राप्रपाको केन्द्रिय सदस्य तथा नेत्री कुन्ती पोखरेलले आफ्नो भनाई राखेकी थिईन ।

आफ्नो भनाई राख्ने क्रममा पोखरेलले उत्कृष्ट विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदैँ भनिन- राप्रपा पार्टीमा रहेर पनि विद्यार्थीसँग काम गरेको र विद्यार्थीको हरेक समस्याको समाधान गरेको बताएकी छन् । सरकारले गर्नुपर्ने काम फाउन्डेसनले गरेको मा खुसी व्यक्त गरेकी छन् । नेपालको शिक्षामा धनि र गरिबमा भेदभाव आयकोमा आफुलाई चित्त नबुझेको बताएकी छन् । विद्यार्थीले अङ्ग्रेजी भाषालाई मात्र प्राथमिकता दिएको र विदेश जानुपर्छ भन्ने मानसिकता रहेकोमा उनि चिन्ति छिन् । यस्तो मानसिकता हटाउन आग्रह गरेकी छन् । नेपालि भाषा र धर्म संस्कृतिलाई बिकास गरी नेपाल मै केहि गर्न सकिन्छ भन्ने कुरालाई जोड दिन आवश्यक रहेको उनको भनाइ छ । “धर्म सांस्कृतिक नै नेपालको पहिचान हो, त्यसैले नेपालीमा शुहाँउदो शिक्षा दिन सकियो भने हाम्रो बाल बच्चालाई विदेश पठाउनु पर्ने आवश्यकता पर्दैन” उनले भनिन्,

तपाईहरु डाक्टर, इन्जिनियर के बन्न चाहानु हुन्छ मिलेर सहयोग गरेर अगाडी बढ्नु पर्छ भनेकि छन । शिक्षा क्षेत्रलाइ ब्यवस्थापन र परिवर्तन ल्याउन आफु सधै अग्रसर र पुर्न रूपमा साथ रहेको बताएकि छन ।


उक्त कार्यक्रम विभिन्न पार्टी अन्य नेताहरुको पनि उपस्तिथि रहेको थियो । राप्रपा केन्द्रिय सदस्य , नेकपा माओवादी केन्द्रका सदस्य र वडा नं ९ र १० का वडा अध्यक्ष, र विद्यालयका प्रधानाध्यापकहरुको उपस्थित रहेको थियो । गौशाला स्थित श्री मङगलादेबि मा. वि. का छात्र राम अयोध्या पण्डित ३.२० जी.पी.ए, तिलगंगा स्थित श्री शारदा मा. वि. का छात्र उज्ज्वल सिग्देल ३.७ जी.पी.ए र सिनामंगल स्थित श्री गुहेश्वरि मा.वि. विद्यालयकी छात्रा प्रकृति फुयालले ३.७५ जी.पी.ए ल्याएर उच्च अंक हासिल गरेका छन । उनिहरुलाइ साइनिङ नेपाल फाउन्डेसनले ल्यापटप वितरण गरेको छ ।

उक्त कार्यक्रममा साईनिङ नेपाल फाउन्डेसनले विभिन्न कार्यक्रमहरुमा सहयोग गर्दै आएका सत्याग्रह साप्ताहिक तथा काठमाडौंन्युज डट कमका अध्यक्ष तथा प्रधान सम्पादक सीताराम ढुंगेललाई प्रसंसा पत्र प्रदान गरिएको थियो ।
