आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने
काठमाडौँ । आइएमईपे र फोनपेबीच समझदारी भएको छ । सम्झौतापत्रमा आइएमई पेकातर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराँइ फोनपेकातर्फबाट बिजनेस डेव्लपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरे ।
समझदारी अनुसार क्युआर स्क्यानमा १ लाखसम्म जित्न सकिने अवसर हुनेछ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ ।
नेपालको महान चाडपर्वको अवसर पारी फोनपेले दशैँमा १० दिनको र तिहारमा ५दिनको अफर सार्वजनिक गरेको छ । जस मार्फत प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा १लाख जित्ने मौका पाउनु हुनेछ । साथै असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिक्तममा रु. १००) पनि प्राप्त गर्न सक्नुहुनेछ । समझदारीले प्रयोगकर्ताहरुलाई चाडपर्वको किनमेल गर्न सहजता पु¥याउनुका साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले विश्वास राखेको छ ।