कामना सेवा बैंकको कार्डमा इकर्मश सुविधा


काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीहरुलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले डेबिट तथा क्रेडिट कार्डमा इकर्मश सुविधा समावेश गरेको छ । बैंकका कार्ड सेवाग्राहीहरुले अनलाईन मार्फत सामान खरिद गर्दा आफ्नो इकर्मश सक्रिय डेबिट वा क्रेडिट कार्ड मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले असोज १० गते सोमबार देखि यो सुविधा लागू गरेको हो ।
बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो कार्ड मार्फत यो सुविधा लिन आफ्नो नजिकैको शाखामा गई सजिलै सुविधा सुचारु गराउन सक्नेछन् । साथै, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले चाडपर्वको अवसरमा इकर्मशसक्रिय कार्ड मार्फत सस्तोडिलमा अनलाईन किनमेल गर्दा २० प्रतिशत वा २ हजारसम्मको नगद छुटको लाभ लिन सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले यो सुविधा ल्याएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *