काठमाडौँ क्षेत्र नं. ९ बाट स्वतन्त्र उम्मेदवारी दिदै : डा.ज्ञान बस्नेत
काठमाडौँ । मंसिर ४ गते हुन गएको प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावमा डा.ज्ञान बस्नेत स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले काठमाडौँ क्षेत्र नं ९ बाट स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । अब हाम्रो परिभाषा हामी आफै लेख्नु पर्छ, हाम्रो साझा सपनाहरु हामी आफै तय गर्नुपर्छ, भन्ने उदेश्यले उनि स्वतन्त्र उम्मेदवारी उठ्न लागेको उनले बताएका छन् ।
संस्कारको राजनीतिको वकालत र सूत्रपातको तथा राष्ट्रिय स्वाधीनताको रक्षा र वकातलको लागि उम्मेदवारी दिन लागेको उनले बताएका छन् । यसैगरी युवाहरुलाई राजनीतिमा आकर्षण गर्न, राजनीतिलाई सर्वसाधारण जनतासंग जोड्न, दण्डहीनता, कुशासन, भ्रष्टाचार, हरेक खालको अन्याय र अत्याचारको विरुद्ध उम्मेदवारी अघि सारेको समेत उनले उल्लेख गरेका छन् ।
उनले भने “यो उम्मेदवारी दलीय प्रणालीको विरुद्धमा पटक्कै हैन्, तर हाम्रोमा दलीयतन्त्रले उत्पादन गरेको भयावह राजनीतिक बिकृती र भागबण्डाको राजनीतिको विरुद्धमा छ ।” उनले मेरो उम्मेदवारी किन ? भन्दै केही एजेण्डाहरु प्रस्तुत गरेका छन् ।
एजेण्डाहरु यसप्रकार रहेका छन्
१. संघियता खारेजी
२. निर्वाचन प्रणालीमा ब्यापक सुधार
– समानुपातिक प्रणालिको खारेजी
– अश्विकारको अधिकार र आफुले निर्वाचित गरेर पठाएको जनप्रतीनिधी असफल भएमा कार्यकाल सकिनु अघिनै जनताले फिर्ता बोलाउँन पाउँने अधिकारको सुनिष्चितता
– अप्रबासी नेपालीहरुलाई मतदानको अधिकार
३. न्ययापालिका, संबैधानिक अङ्गहरु र सबै सार्बजनिक संस्थाहरुलाई राजनिती भन्दा माथी राखिने
४. बिदेशनिति, कर्मचारी प्रशासन, शिक्षा, स्वास्थ्य र जनतालाई जिउँनको लागी अत्याबश्यक कुराहरुलाई दलिय राजनिती भन्दा माथी राख्ने ।
५. शैक्षिक संस्थाहरु सान्तीक्षेत्र बनाउँने । त्यहाँबाट सबै राजनितिक संगठनहरु हटाउँने
६. कानुनको शासन, लिङ्ग र जातको आधारमा गरिने हरेक खालको सामाजिक बिभेदहरुको अन्त्य गर्दै समतामुलक समाजको निर्माण र मानब अधिकारको रक्षा गर्ने । संक्रमणकालीन न्यायलाई अन्तराष्ट्रीय मानब अधिकार अनुसार टुङ्गोमा पुर्याउँने ।
७. हरेक खालको भ्रष्ट्रचार, नितिगत लट र अनियमिततालाई जरैबाट उखेल्ने ।
– २०४६ पछी शक्ती र सत्तामा बसेका सबैको सम्पती छानबिन गर्ने
– प्रधान न्यायाधिस, न्यायाधिस र संबैधानिक अङ्गका पूर्व र बर्तमान सबै पदाधिकारीहरुको शक्तिसाली नागरिक आयोग बनाएर सम्पती छानबिन गर्ने
– ब्यापारीहरुलाई करको दायरामा ल्याउँने । सम्पती सुद्दिकरण सम्बन्धी कानुनलाई सशक्त बनाउँने
८ आर्थीकरुपमा देशलाई आत्मनिर्भर बनाउँने । बिदेशी ऋण कम गर्दै जाने ।
– कृषी उत्पादनलाई अधुनिकिकरण गर्ने । युबा जनशक्तीलाई उद्दमशिल बनाउँदै रोजगारिको बाताबरण तयार गर्ने
– २०४६ पछी बेचिएका, नष्ट भएका सबै उधोग र कलकारखानाहरु पुनस्थापना गरिने
– नेपाली समाजलाई पलायनबादी मानसिकता बाट माथी उठाउँने । बिदेसमा पसिना बगाउँन बाध्य बनाईएका हाम्रा लाखौं लाख नेपाली दाजुभाई र दिदिबहिनी हरुलाई स्वदेस फर्काएर यहिं काम गर्ने वाताबरणको निर्माण गर्ने
९. संसदहरुको संख्या घटाउँने । मन्त्री परिषद सानो आकारको बनाउँने
१०. पदाधिकारी र पुर्बपदाधिकारीहरुको सुबिधामा भारी कटौती गर्ने र बिकासमा प्रयोग गर्ने
११. राजनिती अब पेशा हैन, सेवामा बदल्नु पर्छ । राजनिती अब जनताको लागि, सामाजिक न्यायको लागि, आउँदो पुस्ताको लागी । हाम्रै पालामा परिवर्तन