एमालेलाई किन भोट नदिने ? किन दिने ?

काठमाडौ । गत २०७४ सालको आमनिर्बाचन ताका नेकपाका नाममा खड्गप्रसाद शर्मा ओलीले एउटा डरलाग्दो विषयलाई कज्यांए । त्यो डरलाग्दो विष्ययको नाम थियो ’राष्ट्रबाद’ । हेक्का रहोस्, राष्ट्रबाद शब्दलाई ईन्भटेड कमा भित्र राखिएको छ । त्यो भयानक विषयको पिठ्युँमा चढेर ओलीले निक्कै शिकार गरे । मांस भक्षण त गरे नै, सत्ताको नशायुक्त मदिराको मदमत्त पान पनि गरे । बाहन पनि मदिराको नशामा जस्तै र बाहक त झनै मस्त थियो । नेपाली जनता र तिनका कमलो भावना माथि मासु र हड्डी जसरी क्षतबिक्षत बनाएर छुट्याइयो, टुक्रा टुक्रा पारियो । एक जत्था नेपाली जनता मदहोस अवस्थामा ’खुकुरी’ नचाउन थाले र परिणामतः चिच्याउन थाले – धोती मूर्दाबाद भनेर । ’राष्ट्रबाद’ को मदले लठ्ठिएको नेपाली जनताले त्यो डरलाग्दो विषयलाई ’मालिक’ ठान्यो र बाहकलाई ’धर्मावतार भगवान’ ।

शारीरिक अस्वस्थताले हो वा मानसिक बिक्षिप्तताका बाहक ओली त्यो डरलाग्दो बाहनको पिठ्युँबाट ओर्लिनु पार्योओ । उनी भुईँमा झरेका छन् अहिले । तर त्यो राष्ट्रबाद नाम गरेको विषय अझै मदमस्त छ । उसलाई सिकार नभै हुन्न । फेरि त्यो डरलाग्दो विषयले अहिलेपनी सबैभन्दा नजिकको पात्र ओलीलाई नै देखेको छ । त्यो ’राष्ट्रबाद’ नाम गरेको विषयले आफ्नो पिठ्युँबाट झरेका पुराना मालिकलाई खान उद्यत छ यसपालिको निर्वाचनमा पनि ।

अस्ति भीम रावलको पत्रकार सम्मेलन सुन्नु भयो होला । ओलीजीको होस खुल्यो कि खुलेन होला ? अहिले त्यो हिंसक पशु मदिराबाट मस्त मात्र छैन, महान चीनबाट यथेष्ट तालिम प्राप्त पनि छ । नयाँ र असली मालिकले ’भुक र टोक’ भन्ने आदेश प्राप्त भएको जस्तो छ ।

राष्ट्रबादको खोल ओडेर नेकपाका अध्यक्ष ओलीले गत निर्वाचनमा भलाकेका नाराहरु आम मतदाताले आझसम्म त के ? कहिल्यै बिर्सने छैनन । यसपटक पनि पहिलेका जस्तै र अरु थप हावादारी नाराका लिस्ट थपिदैछन । ओली र एमाले भन्ने पार्टी यसपटक पनि किन मत दिने भनेर आम जनता ससंकित्त छन । एमालेलाई भोट किन दिने भन्दा पनि किन नदिने भन्ने निर्क्यौल गर्न सजिलो हुनेछ । एमाले र केपी ओलीका विगत नारा सुनेर ।

२०७४ मा एमालेले जनता लाई यसरी बेकुफ बनाएर भोट् लिएको थियोे । त्यसैले आगामी मंसीर ४ मा हुने चुनावमा एमालेलाई मत दिनु अघि सोध्नैपर्ने ३८ प्रश्नहरू छन । यी प्रश्नको उत्तर खोज्न आम जनता लालयित छन । हेरौं सोध्नै पर्ने ३८ वटा प्रश्नको फेहरिस्त ।
१. पानीजहाज आयो कि आएन ?
२. काठमाडौंमा मेट्रो चल्यो ?
३. कुश्मामा रेल स्टेशन बन्यो ?
४. स्मार्ट सिटी कस्तो बन्यो ?
५. चुल्होमा ग्याँसको पाइप आयो ?
६. जनतालाई बिस्तारामै खाना आयो ?
७. सर्टिफिकेट राखेर ऋण पाइयो ?
८. एक घर एक रोजगारी दिइयो ?
९. भ्रष्टाचारीको अनुहार हेरिएन ?
१०. देशमा सुशासन आयो त ?
११. कतिवटा बन्द उद्योग खुले ?
१२. राष्ट्रिय पुँजीको विकास गर्नुभयो ?
१३. सबैले रोजगारी पाए त ?
१४. राजनीतिक स्थिरता दिनुभयो ?
१५. संविधानको रक्षा गर्नुभयो ?
१६. लोकतन्त्रप्रति इमान्दार हुनुभयो ?
१७. भ्युटावरको नाटक रोक्नुभयो ?
१८. प्रतिव्यक्ति आय ५००० बनाउनुभयो ?
१९. पार्टी एकता जोगाउनुभयो ?
२०. चुच्चे नक्शा किन गायव पार्नुभयो ?
२१. गोयलसामु किन झुक्नुभयो ?
२२. मोदीलाई अभिनन्दन किन गर्नुभयो ?
२३. एसपीपि किन भित्राउनु भयो ?
२४. बालुवाटार किन बेच्नुभयो ?
२५. दरबारमार्गको जग्गा कहाँ गयो ?
२६. गोकर्णेश्वर किन लुट्नुभयो ?
२७. यती–ओम्नीलाई किन पोस्नुभयो ?
२८. चोलेन्द्रलाई किन बोक्नुभयो ?
२९. संसद किन ९ महिना रोक्नुभयो ?
३०. रेल किन त्रिपालले छोप्नुभयो ?
३१. दलालहरू जति किन बोक्नुभयो ?
३२. ट्रस्टमा नक्कली जग्गा किन दिनुभयो ?
३३. सांसद अपहरण किन गर्नुभयो ?
३४.दुई दुई पटक संसद भङ्ग किन गर्नु भयो?
३५. फेरि संसद भंग नगर्ने आधार के ?
३६.दुई तिहाई मत भएको सरकार चलाउन किन नसकेको?
३७.कमल थापा लाई चुनाव चिन्ह सुर्य बेच्नु को रहस्य के?
३८. तपाईलाई फेरि भोट किन दिने ?

भोट माग्न आउने एमालेका उम्मेदवारहरूलाई यी प्रश्न सोध्न नभुलौँ । अब फेरि पनि २०७४ सालमा गरेको गल्ती दोहोरिन नदिन आम मतदाता चनाखो हुन जरुरी छ । खेर गएको ५ बर्षलाई हेरेर अबको ५ बर्षका लागि सबल रुपमा नेतृत्व दिन शक्तिलाई रोजौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *